धरान/धरानको भानुचौकमा सवारी साधनको अत्यन्तै चाप बढेपछि त्यस स्थानबाट रात्रीकालीन बस पार्क असोज २२ गतेदेखि धरान १५ सदन उच्च मावि छेउमा सारिएको भए पनि त्यस स्थानमा रात्रीकालीन बसहरु त्यस जान छाडेका छन् ।
दिनप्रतिदिन थपिदै गएको सवारी चापका कारण अन्यन्तै साघुरो ठाउमा रहेको रात्रीकालीन बसपार्कलाई सार्नका लागि धेरै अगाडिदेखि प्रयास भएपनि सार्न नसकिरहेको अवस्थामा यहाका स्थानीयबासिन्दा, धरान उपमहानगरपालिका तथा सरोकारवाला पक्षको प्रयासमा त्यस स्थानमा सारिएको भएपनि पूर्ण रुपमा कार्यान्वयन नहुदा भानुचौकको भीड दशैमा समेत उस्तै रहयो ।
पहाडी इलाका चल्ने सवारी साधन, पूर्व पश्चिम चल्ने सवारी साधन र
रात्रीकालीन बस सेवा एकै स्थानमा हुदा यात्रु लगायत सर्वसाधारणलाई अत्यन्तै असजिलो महसुस भएपछि रात्री बसलाई सार्नको लागि २०६८ सालमा यहाका प्रवुद्ध व्यक्तित्वहरुले धरान उपमहानगरपालिकामा निवेदन नै दिएको भएपनि
राजनीतिक खिचातानी, अनेकन बाधा अड्चनका कारण सर्न सकेको थिएन ।
१६ लाख ३१ ह्जारमा
रात्रीकालीन बस काउन्टर सहितको बनेको बसपार्कको क्षेत्रफल ७ कठ्ठा रहेको छ । यसको सञ्चालकको जिम्ममा भने धरान उपमहानगरपालिका र नेपाल यातायात राष्ट्रिय व्यवसाय महासंघ कोशी अञ्चलले लिने भएको छ । बसपार्कलाई व्यवस्थित बनाउन अइन्द्राविक्रम बेघाको संयोजकत्वमा धरान रात्री बसपार्क व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
विगतमा यातायात व्यवसायीहरुले यस स्थानमा रात्रीकालीन बस पार्क सार्न असहयोग गरे पनि अहिले भने उहाहरुकै सहयोगमा सार्न सफल भएकोमा व्यवस्थापन समितिका संयोजक वेघाले धन्यवाद व्यक्त गर्नुभयो । उहाले यस बसपार्कलाई अझै सुधार गरेर लाने जानकारी दिनुभयो ।
लामो समयदेखिको प्रयासपछि बसपार्क सार्न सकिएको र यसलाई व्यवस्थित गर्दै लाने धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो । उहाले अहिले अस्थायी रुपमा टहरा बनाई सारिएको भएपनि भानुचौकको चापलाई हेरेर धरानको बसपार्कलाई दीर्घकालीन रुपमा निर्माण गर्ने बताउनुभयो । उहाले यात्रुहरुको असुविधालाई लिएर धरानका विभिन्न स्थानबाट नया बसपार्कसम्म आउने यात्रुहरुलाई सहज होस् भनेर टेम्पो, रिक्सा, सिटी सवारीको भाडा तय गर्ने योजना रहेको समेत जानकारी दिनुभयो ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले भानुचौकको सवारी चापलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे परेको बेला रात्रीकालीन बसपार्क छुट्टै निर्माण भएर सञ्चालनमा आएपछि अझ सहजता भएको छ । कार्यालयका निमित्त प्रमुख सई राजकुमार कार्कीले
रात्रीकालीन बसपार्क सार्दा ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताउनुभयो । उहाले यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
धरानबाट पोखरा, काठमाण्डौका स्थानमा ४० वटा रात्री बस चल्ने गरेको यातायात व्यवसायीले जानकारी दिएका छन् । भानुचौकको अस्तव्यस्त बसपार्कबाट ४० वटा बसपार्क सार्दा केही सहजता महसुस हुने धरानका स्थानीयहरुको भनाई छ । रात्रीकालीनमात्र हैन भानुचौकमा
रहेको सम्पूर्ण बसपार्क तत्काल सार्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
