सुनियोजित होस्, नियोजित वा षड्यन्त्रपूर्ण ढंगले होस यस पटक धर्म निरपेक्षता सहितको कथित संविधान घोषणा भएपछि नेपालीहरुको महान पर्व विजयादशमी इतिहासमै सबैभन्दा निरस र खल्लो बन्न पुग्यो ।
राष्ट्रिय चाडपर्वको समयमा समेत नेपालीहरुले आफ्ना आवश्यकताहरु बजारबाट किन्न सकेनन् । सत्ताधारीले नागरिकका भावनामाथि यसपटक नराम्रोसाग खेलवाड गरेका छन् । नागरिकको आस्था र भावनामाथि कुठाराघात गर्नु राज्यकै चरम अराजकता हो । वास्तवमा भन्ने हो भने यसपटकको दशैलाई नेपालीहरुले परम्परा धान्ने काम मात्र रे । टाढा भएका आपन्तहरुसागको भेटघाटको शिलशिला यसपटक टुटेको छ ।
यसपटक हरेक कुराको अभाव खट्कियो । बजारमा खाना पकाउने ग्याास पाइएन, इन्धन अभावले यातायातका साधन चलेनन्, खाद्यान्न लगायतका सामानहरुमा दोब्बर मूल्य बृद्धिका कारण उपभोक्ताले खरिद गर्न दशपटक सोच्नुपर्यो । बजार अनुगमन राज्यका कुनै पनि निकायहरुबाट भएनन् । समग्रमा भन्नुपर्दा यसपटकको दशै निरश बन्न पुग्यो । देशको यस्तो कहालीलाग्दो अवस्थामा समेत यहााका
राजनेतिक दलहरु सरकार बनाउने घिनलाग्दो खेलमा मात्र अल्झिए । यसलाई दुर्भाग्य नै मान्नुपर्छ ।
यहाा जो सकुनै सत्तामा आएपनि नेपाली जनतालाई वास्तवमै कुनै सरोकार छैन । चाहे सुशिल कोइराला सत्तामा होउन, चाहे खड्गप्रसाद ओली सत्तामा आउन्, चाहे ऐरे गैरे सत्तामा पुगुन । आम नागरिकको एउटै चाहना हुन्छ बजार सहज होस, गरिखान पाइयोस, शान्ति सुरक्षाको प्रत्याभूति होस् । तर सत्ताधारीहरुल्े यस कुरालाई कहिल्यै मनन गरेनन् । अनेकौ तिकडम गर्यो, करोडौ खर्च गरेर अन्य दलका सभासद खरिद गर्यो बहुमत पुर्यायो अनि सरकार बनायो । यो भन्दा बाहेक मुलुकमा अरु कुनै काम हुन सकेको छैन । नेपालको संधिवान २०७२ जारी भएपछि मुलुकमा शान्ति सुव्यवस्था कायम होला, रोजगारीका अवसरहरु सिर्जना होलान्, मुलुक समृद्धिको बाटोतिर अग्रसर होला भन्ने जुन अपेक्षा आम सर्वसाधारणमा थियो त्यसमा तुसारापात भइसकेको छ ।
हुने विरुवाको चिल्लो पात भनेझौ प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ केपी ओलीले म सिंदहरबारमा फोटोमात्र झुण्ड्याउन गएको हैन,
मेरा कामले सबैलाई बाडुली लाग्छ भनेर जुन फुइा हााकेका थिए यतिबेला उनका ती भनाई हास्यास्पद लाग्न थालेका छन् , ओली उही सिंहदरबारमा फोटो झुण्ड्याउनेको एउटा निरन्तता मात्र हुन् । रहयो उनको बाडुली लाग्ने कुरा यिनले कुनै जनहितका काम गर्न नसकेको भन्दै लाखौ नेपालीले दैनिक सक्तो सराफ गर्दा ओलीलाई नै बाडुली लाग्छ । सत्ता भन्दा बाहिर बस्दा जसरी ओली उखान तुक्का हालेर हसाउथे अब त्यो उखान तुक्काले मुलुक चल्दैन । १६ दलका नन्दीभृंगी राखेर सरकार बनाएका ओली विस्तरौ अक्षम बन्दै गएका छन् । ओली प्रधानमन्त्री बन्दा उनका कार्यकर्ताहरुले घर घरमा दिपावली गरेका थिए । तर केही दिन बित्न नपाउदै ओलीप्रतिको जन विश्वास घटेर शून्यमा झरेको छ । आजसम्म यिनले आपूर्ति सहज बनाउन कुनै काम गर्न सकेका छैनन् । यति अस्तव्यस्त र कहालीलाग्दो अवस्था हुादा पनि यतिबेला फेरि राष्ट्रपतिको निर्वाचनमा सरकार र बााकी दल दौडन थालेका छन् । मुलुकका लागि जनताका लागि सोच्ने व्यक्ति कोही देखिएन । दलबाट मुलुक चल्छ भन्ने विश्वास हराउदै गएको छ ।
