धरान/आर्थिक बर्ष ०७१/०७२ को दशैको तुलनामा यस बर्ष अर्थात आर्थिक बर्ष ०७२/०७३ को दशैमा आपराधिक घट्ना घटेको इलाका प्रहरी कार्यालयको तथ्यांकमा देखाएको छ ।
गत बर्षका असोज ९ गतेदेखि २१ गतेको सम्मको तथ्यांकमा लागू औषध, सार्वजनिक अपराध, सवारी ज्यान, ज्यान मार्ने उद्योग शीर्षकमा २३ जना
अपराधीलाई प्रक्राउ गरी सार्वजनिक गरेको इलाका प्रहरी कार्यालय धरानले यस बर्ष यही प्रकृतिका ५ वटा मुद्धामा ५ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
दशै अगाडिदेखि नै सुरक्षा मजबुत बनाउदै आएको दाबी गर्दै आएको धरान प्रहरीले यस बर्ष असोज २६ गतेदेखि कार्तिक ८ गतेसम्ममा लागू औषधमा १, कर्तव्य ज्यान १, सवारी दुर्घटना १, ज्यान मार्ने उद्योगमा १, सार्वजनिक अपराधमा १ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।
दशैमा आपराधिक घट्नामा कमी आओस् भन्ने उद्देश्यले सादा पोसाकमामा समेत सुरक्षाकर्मी परिचालित गरिएकोले घट्नामा कमी आएको डिएसपी सिजपतिको दाबी रहेको छ ।
उहाले विगतमा अपराध गरेर फरार हुनेको संख्यामा समेत अत्याधिक संख्या
रहेको भएपनि यसपटक भने अपराधी भाग्न नपाओस् भन्ने अभिप्रायले प्रहरीलाई सक्रिय बनाएकै कारण जति पनि घट्नाहरु घटे सबै अपराधीलाई पक्राउ गर्न सकिएको समेत दाबी गर्नुभयो ।
यतिमात्र हैन आर्थिक बर्ष गत बर्षको दशैका समयमा होटलमा यौन व्यवसाय सञ्चालन गर्ने तीनजनालाई पक्राउ गरेपनि यसपटक भने दशैको समयमा नै यौन व्यवसाय गर्ने १२ जनालाई पक्राउ गरी कारबाही समेत अगाडि बढाएको छ ।
तिहारमा अझ मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झगडा गर्नेको संख्या अत्याधिक हुने गरेकोले यस बर्षको तिहारलाई सौहाद्र्ध बनाउन प्रहरीले सुरक्षा नीतिमा अझ कडाई गर्ने समेत डिएसपी सिजपतिले जानकारी दिनुभयो ।
