खुकुरी उद्योग संकटमा

गोविन्द बस्नेत
धरान/ नेपाललाई चिनाउदै आएको खुकुरी उद्योग संकटमा परेको छ ।
गोर्खालीहरुको पहिचानको रुपमा विश्वमै प्रख्यात यस उद्योग राज्यले समेत उपेक्षा गरेपछि संकटमा पर्दै गएको व्यवसायीहरुको गुनासो छ ।
नेपालमै सबैभन्दा बढी खुकुरी उत्पादन हुने धरानमा खुकुरीको माग घट्दै गएपछि खुकुरी उद्योगहरु विस्थापित हुने अवस्था आइसकेको उद्योगीहरुले समेत बताएका छन् ।
धरानबाट मात्र देश तथा विदेशमा ७० प्रतिशत खुकुरी निर्यात गर्ने भएपनि अहिले १० देखि १५ प्रतिशतमात्र खुकुरी विक्री हुने गरेको नेपाल खुकुरी उद्योग व्यवसायी संघका अध्यक्ष दिपक विश्वकर्माले जानकारी दिनुभयो । उहाले यहा उत्पादन भएको खुकुरी हङकङ,
अमेरिका, बेलायत, सिंगापुर, रसिया, चीनमा खपत हुने गरे तापनि देशको विषम परिस्थिति र नेपालमा गएको महाभकुम्पका कारण खुकुरीको माग ह्वात्तै घटेको उहाको भनाई छ ।
खुकुरी उत्पादन गर्ने कच्चा पदार्थ समेत पाउन अत्यन्तै कठिन हुदै गएको, मजदुरहरुको ज्यालासमेत अत्यन्तै महंगो भए पनि विक्री कम हुदा व्यवसाय धान्नै नै कठिन हुदै गएको व्यवसायीहरुको भनाई छ ।
विगतमा बजार राम्रो हुदा उद्योगले मनग्य नाफा कमाउनुका साथै यहा काम गर्ने मजदुरले मासिक ३० हजारदेखि ७० हजारसम्म पाउने गरेको बताउदै अहिले यस व्यवसायबाट मजदुरहरुसमेत विस्थापित हुने अवस्था आएको अध्यक्ष विश्वकर्माको भनाई छ ।
विशेष गरेर धरानमा उत्पादन भएका खुकुरी छिमेकी मुलुक चीन र भारत लगायत अफ्रिकी मुलुकमा
गोरखालीको चीनोको रुपमा विदेशी पर्यटकहरुले सजावट र साथीहरुलाई उपहारको सामाग्रीमो रुपमा दिने प्रचलनले नै खुकुरीको माग अत्यन्तै
रहेको थियो । पछिल्लो समयमा विदेशी पर्यटकको आगमनमा समेत कम हुदै यवसायीहरुले गुनासो गरेका छन् ।
यसका लागि राज्यले उचित पहल गरी नेपालको गहनाको रुपमा
रहेको खुकुरी उद्योगलाई विस्थापित हुन नदिन गम्भीर भएर सोच्नुपर्ने बेला भएको व्यवसायीहरुको भनाई । राज्यले गम्भीरतापूर्वक यसतर्फ सोचे मुलुकको अर्थतन्त्रमा समेत उल्लेखनीय टेवा पुग्ने देखिन्छ ।
त्र

तपाईको प्रतिक्रिया