नव निर्वाचित प्रधानमन्त्री खड्गप्रसाद ओलीको संक्षिप्त जीवनी

एमाले अध्यक्ष केपी ओलीका लागि सात र दुई ‘लक्की नम्बर’ ठहरिएको छ । ओलीले वि.सं. ०२७ सालमा राजनीति सुरु गरेका हुन् । ०७२ सालमा उनी प्रधानमन्त्री बनेका छन् ।
राजनीतिक परिवर्तनका लागि ०५२ सालमा हतियार उठाएका प्रचण्ड र बाबुराम भट्टराई त्यसको १३ वर्षपछि नै पालैपालो प्रधानमन्त्री बने । तर, ०२७ सालमा राजनीतिमा प्रवेश गरेर झापा आन्दोलनमा हतियार उठाएका केपी ओलीका लागि प्रधानमन्त्री बन्ने अवसर ४६ वर्षपछिमात्रै जुर्रुयो ।
राजनीतिमा धैर्यता र निरन्तरताको कुनै अवधि हुादैन भन्ने कुरा ओलीको राजनीतिक जीवन एउटा जीवित साक्षी बनेको छ । ओली गरीब परिवारमा हुर्केका हुन् ।
युवा संघको संस्थापक अध्यक्ष हुने र झापामा ४ महिना पार्टी सचिव हुनेबाहेक पार्टी्भित्र र बाहिर कहिल्यै पनि फस्ट म्यान हुन नपाएका ओलीले एक(डेढ वर्षको बीचमा जीवनका सबै सपना पूरा गरे ।
यसवीचमा ओली संसदीय दलको नेता निर्वा्चित भए । त्यसलगत्तै पार्टीको अध्यक्ष निर्वा्चित भए । र, अहिले आएर मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा निर्वा्चित भए ।
संयोग नै मान्नुपर्छ, ओलीले यी तीनै निर्वाचनमा मुलुकको प्रधानमन्त्री भइसकेका नेताहरुलाई पराजित गरे । डेढ वर्षअघि संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उनले पराजित गरे ।
त्यसलगत्तै पार्टीको महाधिवेशनमा अर्का पूर्वप्रधानमन्त्री तथा १४ वर्षसम्म पार्टी प्रमुख बनेका माधव नेपाललाई पराजित गरे । पछिल्लोपटक मुलुकको प्रधानमन्त्री बन्ने क्रममा उनले देशका बहालवाला प्रधानमन्त्री तथा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गरे ।
अन्तिम युद्धमा ओलीका सारथी बनेका छन् अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
दु:खपूर्ण वाल्यकाल
ओली वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । उनी डेढ वर्षको हुादा आमाको निधन भएको समकालीन एमाले नेताहरु बताउाछन् । उनी ४र५ वर्षको हुादा उनका पिता मोहनप्रसाद बालबच्चा दिएर झापाको सुरुङ्गा गाविसमा झरे ।
पछि कन्काइको बाढीले ओली
परिवारको घर बगाइदिएपछि उनीहरु सुकुम्बासीमा परिणत भए । ओलीलाई केही समय बडाबा र हजुरबाहरुले पाले । किशोरावस्थामा ओली रामनाथ दाहालका घरमा काम
गरेर विद्यालय जान थाले । उनको दश कक्षासम्मको औपचारिक शिक्षा झापामै
भयो ।
झापा झरेका र वाल्यकालमै आमाको मातृ वात्सल्यबाट विमुख बनेका ओली रामनाथ दाहालका घरमा बसेर पढ्ने क्रममा रामनाथकै प्रेरणाले कलिलो उमेरमै कम्युनिष्ट बने । रामनाथ दाहाल ०२९ सालमा सुखानीमा शहीद भए ।गरिवीका कारण अरुको काम गरेर बस्न बस्न बाध्य बनेका ओली ०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका हुन् ।
पाटन निवासी राधिका शाक्यसाग अन्तरजातीय विवाह गरेका ओलीका आफ्ना छोराछोरी छैनन् । भक्तपुरको बालकोट र झापाको दमकमा घर भएका ओलीले जीवनको उत्तरार्धमा परिवारका सदस्यका लागि पैसा र पदको दायित्व बोक्नुपर्ने स्थिति छैन ।
सुरुङ्गामा बाढीले घरजग्गा बगाएपछि झापाको पृथ्वीनगरमा बसाइा सरेका ओलीका पिताले सामान्य किसानले जस्तै अनेक भुक्तमान भोग्नुपरेको थियो ।
ओली गृहमन्त्री भएका बेला उनका पिताको घरमा आगलागी भयो । आगलागीपछि सरकारबाट क्षतिपूर्ति पाएको पैसाले उनका पिताले सामान्य बस्न लायकको घर बनाएको छिमेकीहरु बताउाछन् ।
गरीबी अवस्थामा वाल्यकाल बिताए पनि ओलीले राजनीतिक यात्राकै क्रममा दमक र भक्तपुरको बालकोटस्थित अनन्तलिङ्गेश्वरमा घर बनाएर आफ्नो आवासलाई व्यवस्थित गरेका छन् । प्रचण्ड वा सुशीलले जस्तो डेरा भाडा तिरेर बस्नुपर्ने अवस्था उनको छैन ।

तपाईको प्रतिक्रिया