तीन दलका नेता प्रति गच्छदार आक्रोसित

धरान/नेपालको संविधान २०७२ को निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तीन दलका नेताहरुले मुलुकै अस्तित्व समाप्त पार्न लागेको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ ।
विगत आठ बर्षदेखि सविधान निर्माणमा असफल रहादै आएका मात्र हैनन् ती दल तीनतिर मुख फर्काएर बसेका कााग्रेस, एमाले र माओवादीका नेताहरुलाई एकै ठाउामा उभ्याई जेठ २५ गते १६ बुादे सहमति गराउन सफल पूर्व गृहमन्त्री समेत रहनु भएका गच्छदारले तराई मधेशका जनताका माग तत्लकाल सम्बोधन नगरिए दुर्भाग्य हुने चेतावनी समेत दिनुभएको छ ।
सोमबार राजधानीमा आयोजित तिजिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले भन्नुभयो तराई मधेशको समस्याको सम्बोधन गरी तीन दललाई आफूले लगाएको ऋण चुक्त गर्न समेत आग्रह गर्नुभयो । साउन २२ गतेदेखि तराईमा जारी आन्दोलनप्रति तीन दलका नेताहरु उदासीन बनेको आरोप लगाउादै गच्छदारले भन्नुभयो यति लामो समयसम्म तराई मधेश आन्दोलित छ । आन्दोलनका कारण तराई मधेशमात्र हैन मुलुक नै विकराल अवस्थामा पुगिसकेको छ । उहााले भन्नुभयो तीन दलका नेताहरुमा सम्वेदनहीनता देखियो । चाडै माग सम्बोधन होस उहााले पटक पटक दोहोर्‍याउनु भयो । उहााले भन्नुभयो आफ्ना जायज माग राखेर आन्दोलनमा उत्रिएका थारुहरुलाई विभिन्न बहानामा थुनामा राखिएको छ । कैयौलाई कर्तव्य ज्यान मुद्दा दर्ता गराइएको छ । उनीहरुलाई अविलम्ब रिहा गरेर वार्ताको वातवरण बनाइयोस् । उहााले हिमाल, पहाड र तराई बिना नेपालको पहिचान नै नरहने समेत प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया