किशन पोद्दार एक सच्चा मित्र

किशन पोद्धार एक हिन्दु, मारवाडी, व्यापारी, आÏनो उपचार सम्बन्धमा दिएको सल्लाहबारे आश्वासन
र प्रतिज्ञामा विरलै अडी रहने र सााझपख अलि अलि खाइरहने व्यक्ति मेरो रहनसहन र सिद्धान्तसाग एकदमै विपरित चरित्रका व्यक्ति मेरा मित्रहरुको बीचमा मलाई अत्यन्तै प्रिय थिए ।
कुरा २०४० सालको हो जब म एम.बी.बी.एस. पास गरेर छाताचौक स्थित धरान अस्पतालमा मेडीकल अधिकृतको जागीर खान कैयौ वर्षपछि आÏनै नगरमा नै रहने गरी अठोटका साथ प्रवेश गरे । त्यसबेला हाम्रा मित्र मण्डलीमा छाताचौक स्थित केहि महिना अघि मात्रै क्लिनिक सञ्चालन गरेका डा. तपन तरÏदार, वस्त्र भण्डारका नरेश श्रेष्ठ, भारतीय पेन्सन पेइगं कार्यालयका प्रथम मेडीकल अधिकृत क्याप्टेन डा. एस.एस. मिश्रा थिए र हामी बीच नै एकजना साथी किशन पोद्धार पनि थिए । क्लिनिक खासै नचलेको अस्पतालमा ट जना अन्य चिकित्सक पनि कार्यरत रहेकोले इमर्जेन्सी डुयूटीको पालोमा ट दिन विराउन पाउने भएकोले मसंग पनि फुर्सदका क्षणहरु धेरै थिए र प्राय:सााझमा हाम्रो जमघट भईनै रहन्थ्यो । किशन पोद्धार आÏनो रमाईलो गफले हामी बीच निकै लोकप्रिय थिए । उनी हाम्रो हरेक तर्क कुतर्कमा कुनै प्रतीवाद गर्दैनथिए र हामीलाई आÏनो जस्तोसुकै कुरामा समर्थन हुदा एउटा असल साथीको साथ जहिले पनि प्राप्त भईरहन्थ्यो । उनको अर्को सबल पक्ष उनकी श्रीमति किरण भाउजु थिइन् । दुईवटा सानो नानीकी आमा हसिली, विरलै रिसाउने उनको चरित्र थियो । कुनै पनि बेला उनको घरमा पुग्दा आधा घण्टा देखी एक घण्टा गफ गर्दाको समय भित्र उनले पूरी तरकारी देखी लिएर पुलाव सम्म तयार पारी सक्ने अचम्मको कला हिजो थियो र आज पनि छ । शरीर मोटो भएपनि उनमा कामको फूर्ति गजबको छ ।
२०४२ सालमा धरान अस्पतालबाट लोकसेवाको स्थायी जागीरे भई रंगेली अस्पतालमा सरुवा भएर जाादा मैले लिएको धरान १२ स्थित स्व.लाल बहादुर ताम्राकारको घर डेरा उहाालाई नै डेराका रुपमा जिम्मा लगाए । लगभग ३ वर्षको कार्यकाल र २०४५ सालको भूकम्प पछि फेरी मंसीर २०४५ मा धरान अस्पतालमा सरुवा भएर आउ्रदा अस्पतालमा क्वार्टर (त्तगबचतभच) खाली नभएको र तीनजना नानी समेत हुदा बस्ने व्यवस्था समेत नभएकोले सपरिवार त्यही किशन पोद्दारको घरमा राती ९ बजे तिर प्रवेश गरेर बस्न वाध्य भएा । लगभग महिना दिनसम्म पोद्दारको डेरामा उनकै खाना खाएर अस्पतालमा बस्ने व्यवस्था नहुञ्जेल सम्म म परिवार समेत बस्न वाध्य भएा । त्यतिका दिन सम्म बस्दा कुनै प्रकारको झर्को नमानी किशन र किरण भाउजुले हामे रेखदेख गरे र अंग्रेजी उखान ब् ाचष्भलम ष्ल लभभम ष्क ब ाचष्भलम ष्लमभभमü पूर्णत: चरितार्थ गरे र मलाई आजीवन कृतज्ञ गरे । धरान अस्पतालमा छ महिना अझ काम गरेपछि म आÏनै अठोट र विश्वासका साथ स्नाकोत्तर अध्ययनका लागि वंगलादेश प्रस्थान गरे र आÏनो परिवारलाई धरान…४ का स्व. सुरेन्द् श्रेष्ठ र कर्ण श्रेष्ठको घरमा डेरामा राखे । मेरो अनुपस्थितिमा मेरा मित्र डा.तपन तरÏदार, किशन पाद्दारका परिवार र सानुकाजी शाक्यका परिवारजन र दानबहादुर शाक्यका परिवारजनले आÏनो नातेदार भन्दा पनि बढी माया र हेरचाह गरे ।
२०५० सालको कात्तिक देखी धरानमा पुर्णत: निजी क्लिनिक सञ्चालन गरेर म बस्दा यसै बीचमा किशन पाद्दारले व्यापारको कैयौ आरोह अवरोहहरु पार गर्दै आज वी.पी.को. स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्व. भागवत श्रेष्ठको स्मृतिमा निर्मित धर्मशालाको क्यान्टीन सफलता पूर्वक सञ्चालन गर्दै आÏनो छोरीको विवाह समेत सम्पन्न गरे । उनको हौसला र मीठो व्यवहारले अस्पतालका उपकुलपति डा. वी.पी. दास, अस्पताल निर्देशक डा. अरविन्द सिन्हा, रेक्टर डा. विक्म श्रेष्ठ सबैले उनलाई सघाएका थिए । उनका अन्य कैयौ हितैषी होलान् जुन मेरो जानकारीमा छैन ।
कामको बोझले दिक्क लाग्दा क्लिनिकको काम सकेर राती ९ बजे पछि उनको क्यान्टीनमा गएर म गफ गर्थे कफी … चिया खान्थे । आफूलाई मन नपरेको मान्छेलाई उनको सामुन्ने गाली गर्थे, मनपर्नेको तारिफ गर्थे । किनकी मलाई विश्वास थियो उनले मेरो कुरा कै समर्थन गर्नेछन् , म गलत भएता पनि । उनले राजनीतिका उट्पट्याङ प्रश्न गर्थे र म उनलाई मेरो तर्क कुतर्क सुनाउने गर्थे र राती ९–९:३० बजेतिर घर फर्कदा भेज चाउमिनर भेज म:म र उनका क्यान्टीनमा केही मीठो परिकार भएको भए त्यो पनि उनले मलाई जबरजस्ती बोक्न लगाउथे र त्यो नलिई आएमा वा उनको क्यान्टीन सम्म गएको र घर खाली हात आएमा मलाई मेरो श्रीमति मात्र होइन बालबच्चा समेतको पनि गुनासो सुन्नुपर्ने अवस्था हुन्थ्यो ।
उनी स्वास्थ्यको मामलामा लापरवाह थिए । मधुमेहको बिरामी र उच्चरक्त चापका साथै उनी निकै मोटा (इखभचधभष्नजत) थिए । मटुको एंजियोप्लास्टी भइसकेको र हिड्दा दम बढ्ने भई नै रहन्थ्यो । बढी वजन भएकै कारणले होला उनको खुट्टाको लामो हडी भााच्चिएको थियो पहिले एकातिर र पछि दुवैतिरको, उनको शल्यक्यिा हड्तालबन्दको कारण उपकरणहरु नआइपुगेको कारण निकै ढिलो हुन पुग्यो । डा. पशुपति चौधरीले शल्यक्यिा गरे तर अप्रेशनको चौथोदिनमा अचानक दम बढेर ४ घण्टाको छटपछिपछि आई.सी.यू. र सी.सी.यू. बेड अभावका कारणले पेइङ्ग वार्डमा नै उनको निधन भयो ।
राती लगभग ११ बजे उनको
छोरा प्रतीक (जुग्नु) ले हामीलाई खबर गर्दा हामी स्तब्ध भएर श्रीमति सहित अस्पताल पुग्यौं । हाम्रा मित्र डा.तपनलाई पनि खबर गर्‍यौ र उहाा पनि राति नै पुगे तर हामीबीच ती साथी रहेनन् । भोली पल्ट शनिबार सााझ चतरा घाटमा हामीले हाम्रो साथीको त्यो ठूलो शरीर अग्नीको माध्यमबाट खरानीमा परिणत भईरहेको दृश्य पनि हेर्‍यौ । हामीलाई अझ विश्वास लाग्दैन उनी हामीमाझ छैनन्, कैयौ राती उनको सम्झनामा हाम्रो निन्द्रा पनि हरायो । डा.तपन त निन्द्राको एक दुई चक्की औषधी पनि खान समेतको अवस्थामा पुगे । प्रत्येक वर्ष दीपावलीको सााझमा हामी उनको घरमै खाना खान पुग्ने गथ्र्यौ, यस वर्ष त न हाम्रो दीपावली हुनेछ न त त्यो मीठो परिकार । अन्तमा उनको एकमात्र छोरा प्रतीक पोद्दार (जुग्नु) शिक्षाले त्भभिअयmmगलष्अबतष्यल को इन्जिनियर भएतापनि बाबुआमाको ख्याल गर्दै उनकै काममा सघाई रहेका थिए । विदेशमा काम पाउदा पनि बाबुको शारिरीक अवस्था ठीक नभएकोले विदेश नगएका एउटा सच्चा सुपुत्र आजको युगमा श्रवण कुमार नै भएर जन्मेका छन् । आज किशनबीच रहेनन् यही नै यर्थात हो र यसैलाई मनन् गर्दै हामी सबैलाई बााच्नुपर्नेछ । अल्लाह
( ईश्वर) ले उनको आत्मालाई शान्ती र परिवारलाई धैर्य दिउन् ।
डा. खालिद हुसैन हक

तपाईको प्रतिक्रिया