धरान/झण्डै आठ बर्षको किचलो, खिचातानी, दलहरुबीचकै अन्तरद्वन्द्व आदि जस्ता कारणले असफल हुादै आएको संविधानसभबाट संविधान निर्माणको प्रक्रिया अब लगभग टुगंोमा पुगेको छ । नेपालको संविधान २०७२ असोज ३ गते आइतबार सााझ ५ बजे जारी हुने पक्का पक्की भएको छ ।
तीनतिर मुख फर्काएर बसेका तीन ठूला दलका नेतालाई मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एकै ठाउामा उभ्याई जेठ २५गते १६ बुादे सहमति गराएपछि सविधान निर्माणको प्रक्रियाले गति लिएपनि १६ बुादे सहमतिका सुत्रधार गच्छदार स्वयम् यतिबेला असन्तुष्ट व्यक्त गर्दै संविधान निर्माण प्रक्रियाबाट अलग्निु भएको छ ।
यद्यपि त्यही १६ बुादे सहमतिलाई टेकेर तीन दलका शीर्ष नेताहरु सविधान निर्माणमा सफल भएका छन् । मधेशसागै देशका विभिन्न भागमा आन्दोलन जारी रहेकै अवस्थामा जारी गरिने संविधानलाई स्वागत गर्न प्रधानमन्त्री सुशिल कोइराला लगायत एमाले र माओवादीका शीर्ष नेताहरुले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । उनीहरुले आइतबार सााझ संविधानसभा भवनमा संविधान जारी समारोहमा विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवम् प्रतिनिधि, छिमेकी लगायत केही देशका राजनेताहरुलाई समेत आमन्त्रण गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री सहित प्रमुख तीन दलका शीर्ष नेताहरुको सहमतिमा संविधान जारी गर्ने मिति तय गरेपछि अहिले संविधानप्रति सबैको कौतुहलता जागेको छ भने आन्दोलनरत पक्षलाई थप आक्रोसित समेत बनाएको छ । यद्यपि, संविधानसभाका सभामुख सुभाषचन्द्र नेम्बाङ्गसहित नेपाली कााग्रेसस, एमाले र माओवादीका नेताहरुले जारी हुने संविधानले सबैका भावना, हक, अधिकार समेट्न तत्काललाई नसकेतापनि त्यसलाई पछि परिमार्जित गद्ै लैजाने बताएका छन् ।हालसम्म सविधानसभबाट नयाा बन्ने संविानधका धारा १, २, ६, १२, १३, २१, २३, ३७, ४६, ४७, ४९, ५२, ५३, ५४ लाई सर्वसम्मतले पारित गरको छ । संयुक्त संशोधन सहित पारित धाराहरुमा धारा ३, ४, ५, १८, ४०, ४२, ४८, ५१ र ५६ रहेका छन् भने दुई तिहाई बहुमतबाट पारित धाराहरुमा ३, ४, ५ ७, ८, ९, १०, ११, १४, १५, १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २९, ३०, ३१, ३२, ३३, ३४, ३५,, ३६, ३८, ३९, ४१, ४४, ४५ र ५५ रहेका छन् । नयाा बन्ने संविधानमा ३ सय २ वटा धारा रहेका छन् । पारित संविधानको धारा एकमा संविधानको मूल कानुन, सार्वभौमसत्ता र राजकीय सत्ता, राष्ट्र, नेपाल राज्य,, राष्ट्रिय हित, राष्ट्र भाषा, सरकारी कामकाजको भाषा, राष्ट्रिय झण्डा, राष्ट्रिय गान लगायतका प्रावधानहरु समेटिएका छन्, २ मा नागरिकता सम्बन्धी, ३ मा स्वतन्त्रताको हक, ४ मा राज्यको निर्देशक सिद्धान्तहरु, ५ मा राज्यको
संरचना, ६ मा राष्ट्र भाषा, ७ मा सरकारी कामकाजको भाषा, ८ मा राष्ट्रिय झण्डा, ९ मा राष्ट्रिय गान, १० मा नागरिकताबाट बञ्चित नगरिने व्यवस्था, ११ मा नेपालको नागरिक ठहरिने व्यवस्था, १२ मा वंशको आधारमा लैंगिक पहिचान सम्बन्धी व्यवस्था, १३ मा नागरिकता प्राप्ति तथा पुन प्राप्ति व्यवस्था, १४ मा गैर आवासीय नागरिकता सम्बन्धी व्यवस्था, १५ मा नेपाली नागरिकता सम्बन्धी अन्य व्यवस्था, १६ मा मौलिक र कर्तव्य सम्बन्धी व्यवस्था, १७ मा स्वतन्त्रता सम्बन्धी व्यवस्था, १८ मा समानताको हक सम्बन्धी व्यवस्था, १९ मा सञ्चार हक सम्बन्धी व्यवस्था, २० मा न्यायसम्बन्धी व्यवस्था, २१ मा अपराध पीडित सम्बन्धी व्यवस्था रहेको छ ।
यसैगरी धारा २२ र २३ मा यातना विरुद्धको हक, २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक, २५ मा सम्पत्तिको हक, २६ मा धार्मिक स्वतन्त्रता सम्बन्धी हक, २७ मा सूचना सम्बन्धी हक, २८ मा गोपनिता सम्बन्धी हक, २९ मा शोषण विरुद्धको हक, ३० मा स्वच्छ वातावरण सम्बन्धी व्यवस्था, ३१ मा शिक्षा सम्बन्धी व्यवस्था, ३२ मा संस्कृति सम्बन्धी व्यवस्थ, ३३ मा महिला हक सम्बन्धी, ३६ मा खाद्य सम्बन्धी, ३७ मा आवास सम्बन्धी, ३८ मा महिला हकसम्बन्धी, ३९ मा बालबालिका हक सम्बन्धी, ४० मा दलित हक सम्बन्धी, ४१ मा नागरिकता हक सम्बनधी, ४२ मा सामाजिक न्याय सम्बन्धी, ४३ मा सामाजिक सुरक्षा सम्बन्धी, ४४ मा सामाजिक
सुरक्षाको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोमबार सम्ममा ५७ वटा धाराहरु पारित भएपनि चार दिनभत्रमा अन्य सबै धाराहरु
पारित गर्ने तयारीमा संविधानसभाका सदस्यहरु लागेका छन् ।
