आजबाट सातौ डिआइजीपी कप शुरु : सामुदायिक विद्यालयतर्फ एकमात्र सहभागी

धरान । बुधबारदेखि शुरु हुने सातौ कोशी प्रदेश स्तरीय अन्तर विद्यालय प्रतियोगिता अन्तर्गतको डिआजिपी रनिङ फुटबल क्लबमा यस बर्ष सहभागीमध्ये एउटा विद्यालय भने सामुदायिक विद्यालय रहेको छ । विगतमा नीजि विद्यालयमात्र सहभागी हुने प्रतियोगिता यस बर्षदेखि सामुदायिक विद्यालय पनि सहभागी भएको आयोजकले जनाएको छ । विद्यालयस्तरमै लुकेका फुटबल प्रतिभा पहिचान र विकास गर्ने लक्ष्यका साथ नेपाल प्रहरी विद्यालय धरानले यस वर्ष सातौँ कोशी प्रदेश अन्तर–विद्यालय डिआइजीपी रनिङ फुटबल प्रतियोगिता(२०८२ पौष ९ गते बुधबारबाट शुरु हुदैछ । ‘खेलकुदमार्फत एकता’ भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यो प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट १६ वटा विद्यालयले प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन् । त्यसमध्ये धरानको ज्ञानेदय मावि एकमात्र सामुदायिक विद्यालय प्रतिष्पर्धामा रहेको विद्यालयका समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायुले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतिष्र्धामा आएका विद्यालयमध्ये ८ वटा सुनसरी र बाँकी आठवटा टिम बाहिरका रहेका छन् । ०५८ सालमा सुरुआत गरिएको यस प्रतियोगिताका यसअघिका छ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेकोले सातौँ संस्करणअन्तर्गत पुष ९ देखि १९ सम्म हुने प्रतियोगिता अझ व्यवस्थित बनाउन लागिएको आयोजको भनाई छ । प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् । अध्ययनसँगै खेलप्रति पनि विद्यार्थीलाई अभिरुची बढाई ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियागिताको आयोजना गर्न लागिएको विद्यालयकी प्राचार्य अम्बिाका सुब्बा राइले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टोलीले नगद ८१ हजार ५ सय रुपैयाँसहित टूफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४१ हजार ५ सय रुपैयाँसहित टूफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ ले नगद १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, टुर्नामेन्टको उत्कृष्ट खेलाडी तथा फेयर–प्ले टिम लाई नगद २ हजार ५ सय रुपैयाँ, टूफी र प्रमाणपत्र प्रदान गरिनेछ । यी विधागत उत्कृष्ट खेलाडीहरूले कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्ति समेत प्राप्त गर्नेछन ्। उत्कृष्ट रिपोर्टरलाई पनि नगद २ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया