मौरीपालन कृषकका लागि भरोसाको केन्द्र बन्यो रैथाने स्टोर

धरान । कृषकका उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान(१ लक्ष्मी सडकमा सञ्चालनमा रहेको सम्पदा मौरी तथा रैथाने कृषि स्रोत केन्द्रले कृषकका सामग्रीको बिक्री(वितरण मात्र नभई कृषकलाई मौरीपालनमा समेत आत्मनिर्भर बनाउँदै आएको छ। केन्द्रले कृषकले उत्पादन गरेका अर्गानिक कृषि सामग्रीको बिक्री(वितरणसँगै मौरी पालनमा इच्छुक किसानलाई तालिम तथा मौरीपालनका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ ।
धरान(१ मा सञ्चालनमा
रहेको उक्त केन्द्रले पूर्वी पहाडी जिल्लादेखि पश्चिमसम्मका अर्गानिक कृषि सामग्रीको बिक्री(वितरण गर्दै आइरहेको छ भने मौरी पालक कृषकका लागि यो केन्द्र भरोसाको आधार बन्दै गएको छ । धनकुटा नगरपालिका स्थायी घर भए पनि धरान–१ मा केही गर्ने सोचसहित सक्रिय रहेका दम्पत्ति शेरबहादुर पोख्रेल र दुर्गा नेपाल पोख्रेल आज धेरै कृषकका लागि विश्वासको केन्द्रबिन्दु बनेका छन् । श्रीमान् शेरबहादुर पोख्रेलले गाउँ–गाउँमा पुगेर मौरीपालनसम्बन्धी तालिम प्रदान गर्नुका साथै मौरीपालनमा आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउँदै मह उत्पादनमा कृषकलाई जोड दिँदै आउनुभएको छ । सानै उमेरदेखि घरमै मौरीपालन सुरु गर्नुभएका पोख्रेलले हाल पूर्वी पहाडी क्षेत्रका कृषकलाई मौरीपालनतर्फ उत्प्रेरित मात्र होइन, मौरीपालनका सामग्री उपलब्ध गराउने र कृषकले उत्पादन गरेको महसमेत बिक्री(वितरण गरिदिने कार्य गर्दै आउनुभएको छ ।

हाल केन्द्रमा पूर्वी पहाडी जिल्ला तेह्रथुम, संखुवासभा, धनकुटालगायतका स्थानबाट उत्पादित मह संकलन हुने गरेको छ । संकलित मह धरान–१ मा रहेको आफ्नै बिक्री केन्द्रबाट उपभोक्तासम्म पु¥याइँदै आएको छ । यस कार्यमा पोख्रेललाई उहाँकी धर्मपत्नी दुर्गा नेपाल पोख्रेलले निरन्तर साथ र सहयोग गर्दै आउनुभएको छ । मौरीको मह मात्र होइन, पूर्वी पहाडी जिल्लामा उत्पादन हुने सुन्तला, एभोकाडो, हलुवावेदलगायतका विभिन्न अर्गानिक फलफूल, साथै जुम्लामा उत्पादन हुने मार्सी चामल, स्याउलगायत विविध कृषि सामग्रीसमेत केन्द्रमार्फत उपभोक्तालाई बिक्री–वितरण गरिँदै आएको छ । यहाँबाट पाइने हरेक कृषि सामग्री स्वास्थ्यका लागि लाभदायक मानिन्छ । पछिल्लो समय दीर्घरोगी तथा क्यान्सरजस्ता घातक रोगका बिरामीको संख्या बढ्दै जाँदा केन्द्रबाट यस्ता वर्गका उपभोक्ताले बढी मात्रामा सामग्री खरिद गर्ने गरेका छन् । केन्द्रबाट बिक्री हुने सामग्री अर्गानिक र विषादीरहित हुने भएकाले सचेत उपभोक्ताको
रोजाइमा पर्दै आएको छ । स्वास्थ्यका हिसाबले अत्यन्तै फाइदाजनक भएकाले यहाँका सामग्री सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने उपभोक्ताहरू बताउँछन् । पहाडमा उत्पादन भएको अर्गानिक मह, मौरीपालनका लागि आवश्यक सामग्री तथा उपकरण, मौरीको परागसेचनबाट उत्पादन भएका खाद्यवस्तु, रैथाने कृषि उत्पादन, विषादीरहित ग्रीन टी, दुग्धजन्य सामग्री तथा मौरीपालन र रैथाने उत्पादनसम्बन्धी परामर्शसमेत उपलब्ध गराइने भएकाले यो केन्द्र कृषकका लागि बरदान सावित हुँदै गएको छ । उत्पादन भएका सबै सामग्री स्वास्थ्यवर्धक भएकै कारण हाल केन्द्रमा उपभोक्ताको चाप दिनानुदिन बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया