महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

धरान । नेपाली महिला फुटबल खेलाडीले विभिन्न प्रतियोगितामा विदेशी खेलाडीहरुसँग देखाएको प्रदर्शनबाट हौसिदै धरान(१६ स्थित जनपथ जागरण समाजले दोस्रो पटक पनि प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको छ । ग्रास रुटबाट महिला खेलाडी उत्पादन गरेर मुलुकलाई नै योगदान पु¥याउने उद्देश्यले आयोजना गर्न लागेको सो प्रतियोगिताको तयारी थालेको हो । ज्नपथ जागरण समाजले आयोजना गर्न लागेको दोस्रो वडा स्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता(२०८२ का तयारी कार्य तीव्र रूपमा अघि बढिरहेका हुन् । मंसिर १८ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि मैदान व्यवस्थापनदेखि टोली दर्तासम्मका तयारी अन्तिम चरणमा पुगेका आयोजकले जनाएका छन् ।

धरानलाई खेलकुदमैत्री शहरका रूपमा विकास गर्ने कोशी प्रदेश सरकारको लक्ष्यलाई आत्मसात गर्दै जनपथ जागरण समाजले यो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । समाजले आयोजना गर्ने सो प्रतियोगितालाई धरान उपमहानगरपालिका १६ नं. वडा समितिले संयोजनको भूमिका निर्वाह गरेको छ । सार्क गेममा नेपाली महिलाहरुले गरेको प्रदर्शनपछि वडास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गर्न समाजलाई निरन्तर सघाउदै आएको वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले यो प्रतियोगिताको निरन्तताका लागि वडाका तर्फबाट सधै सहयोग रहने बताउनुभयो ।
समाज महिला फुटबल खेलाडीहरूको प्रतिभा प्रस्फुटन, आर्थिक आत्मनिर्भरता र राष्ट्रिय पहिचान निर्माणमा योगदान पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । प्रतियोगिताका लाग महिला खेलाडीहरु पनि उत्साहित रहेका छन् । उनीहरुले कोचहरुले राम्रो प्रशिक्षण गराएकोले आफूहरु प्रतियोगितामा भाग लिन आतुर रहेको बताएका छन् । धरान–१६ वडा कार्यालयको संयोजनमा आयोजना हुने प्रतियोगितामा धरानका विभिन्न वडाका महिला फुटबल टिमहरूले प्रतिस्पर्धा गर्नेछन् । खेलाडी महिलाहरुलाई राम्रो प्रशिक्षण दिइरहेको प्रशिक्षक कुमार शाक्यले बताउनुभयो । पहिलो प्रतियोगिता भन्दा यसपटकको दोस्रो संस्करणलार्ई थप व्यवस्थित र आकर्षक बनाउन मैदान तयारी, मञ्च व्यवस्थापन, प्रचार(प्रसार, रेफ्री र खेलाडी आवास, साउण्ड सिस्टम, मेडिकल सेवा र यातायातजस्ता सबै पक्षमा विशेष ध्यान आयोजकले दिइएको छ । विजेता टोलीले रु ९० हजार नगदसहित टूफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले रु ४५ हजार पाउनेछन् । गत वर्षको पहिलो संस्करणले धरानका युवतीहरूमा खेलप्रतिको उत्साह बढाएको र यस वर्षको दोस्रो संस्करणले त्यसलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । सामाजिक कार्यमा सक्रिय जनपथ जागर समाजले महिला खेलाडी उत्पादनमा निरन्तर जोड दिने जनाएको छ । महिला फुटबल प्रतियोगिता हाल वडा स्तरीय रहेको भएपनि आगामी वर्षहरूमा जिल्लादेखि प्रदेश हुँदै राष्टिूय स्तरसम्म विस्तार गर्ने योजना संस्थाले अघि सारेको छ । महिला फुटबल खेलाडीका लागि यो प्रतियोगिता अवसरको रुपमा रहेको त छँदैछ विद्यालय स्तरबाट महिला खेलाडी उत्पादन गर्न यो प्रतियोगिता कोेशेढुंगा सावित हुनेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया