घण्टाघरबाट हेर्दा

ओल्बाको बहुरुपिया
गुण्डुतिर र राष्ट्रिय गुण्डाको शरण लिएर बसेका ओल्बा घरी घरी बौरिदै तथानाम फलाक्ने गरेका छन् । कहिले के फलाक्छन् कहिले के फलाक्छन् । हुन त विचराले किन नफलाकून ? शरीरको वनाटै मिश्रित भएपछि । अब हेरम न मान्छे पुलिङ्ग, किड्नी स्त्रीलिङ्ग, बोली तेस्रो लिंगी अनि सिद्धिएन त ? त्यसमाथि सत्ताबाट सडकमा पुगेको पीडा । धन्न ओल्बाले सहेका हुन् । धन्न जेनजी आन्दोलनका बेला कुले ठोक्न भ्याए । नत्र भकभके काजी र पुकुली मैयाको हविगत हुने थियो । विचरालाई हैरानै छ एक्लै कतै निस्कसक्नु छैन । जानै परे दाम, पेट्रोल दिएर मासुभातेहरुलाई अघिपछि लगाउनु परेको छ । क्या शानको जीन्दगी थियो । एक महिना अगाडिसम्म ओल्बालाई सलोट ठोेक्नहरु लाम लाग्थ्यो , अहिले ती दिन सम्झदा विचरालाई सपना जस्तो लाग्दो हो । बक्त बक्त कि बात है ।
गन्हाउने र हनाउने मिल्ने रे
पात्लेको लिंड जस्तै अनुहार परेका आँच्या गन्हाउने थुतुनो भएका माकुने र हान्ने अनि हनाउने कलामा पारंगत भएका प्रचण्डाउको पार्टी बीचमा एकीकरण गर्ने रे । अरुको बुई चढेर निर्वाचनमा जित्दै आएका यी दुईको पार्टी एकीकरण गर्दा नामचाहिँ के राख्ने भन्नेमै पाखुरा सुर्कासुर्की पर्दै आएको छ । धेरैवटा नाममा चर्चा परिचर्चा भयो तर सर्वसम्मत हुन सक्या थिएन । अबचाहिँ एउटा नाममा दृुवै सहमति नजिक पुग्या छन् रे । ‘नेखापा’ माने नेपाल खानपान पार्टी । घण्टाघरलाई पनि यो नामचाहिँ उपयुक्त लाग्यो । माउवादीका नाममा प्रचण्डाले खानपान गर्दै आएका थिए भने गन्हाउने मुख माकुनेले पनि समाजवादीको नाममा बाँकी राख्या थिएनन् । जे होस् नामचाहिँ गज्जबकै जुरेको हो ।
एआइले बनाइदिएको
भाद्र तेस्रो सातातिर लाउरेसका ल्यापल्यापे सभापति श्याल बहादुर र उनकी उनीलाई जेनजी युवाहरुले हनुमान धुलाई गरे । शेरबहादुर भन्या को हो चिन्या छ भनेर बडो फुई लगाउँथे हनुमान धुलाई पाएसी साइजमा आए । उनका घरबाट अरबौ रुपैया देखेपछि आगै लगाइयो । साह«ा जनताले रुपैया जलेको प्रत्यक्ष देखे । तर यतिबेला आएर त्यो एआइले बनाएको हो भन्दै ल्यापल्यापेका झोले चतुर बहादुर चन्द , अपूर्ण बहादुर खड्ेका, बेकमे दुई महामन्त्रीहरु प्रचार गर्दै हिड्या छन् । पैसा जलेको चाहिँ एआइले बनाइदिएको अरे अनि हनुमान धुलाई खाएकोचाहिँ सत्य रे । हैन हौ देखादेखी त्यसरी ढाँट्न सक्नेले यतिका बर्षसम्म ढाँट्ने बाहेक यिनले अर्थोक केही ग¥या रै’नछन् बरु हनुमान धुलाई खाको पनि, पैसा जलेको पनि, हस्पिटलमा उपचार गरेको पनि, कुपुत्र जन्मेको पनि एआइले बनाको भन्दै भैगयो नि । लण्ठै साफ ।
आमैको अग्रगामी छलाङ

जेनजी युवाको रगतको धाराबाट सिंहदरबार छिरेर बाल्वाटार बस्दै आएकी कर्किनी आमैले अग्रगामी छलाङ मार्न थाल्याछिन् । संविधानको धारा बाहेकबाट त्यतातिर छिरेकी आमैले यतिबेला जेनजीहरुलाई धमाधम पक्राउ गर्न थालेकी छन् । माइतीघर मण्डलामा भ्रष्टहरुलाई कारबाही गर भनेर युवाहरुले अस्तिका दिन नारा मात्र के लगाएका थिए भटाभट पक्राउ गरेर लगिएको छ । हैन हो यी कर्किनीको मति बिग्रेको हो कि सप्रेको हो ? खरबौ भ्रष्टाचार गर्नेलाई कारबाही गर भन्दा किन तिनीहरुलाई अँठ्याउनु ? बाल्वाटार छिर्नुभन्दा अगाडि त निक्कै लम्बेतानको आदर्श छाँड्थिइन् त । भ्रष्ट र ज्यानमारालाई त्यत्तिकै छाड्नु हुँदैन भन्थिन् । घिसारेर कालकोठरीमा थुन्नुपर्छ भन्थिन् । आखरी आमै पनि ज्यानमारा र भ्रष्टाचारीकै संरक्षक भएर निस्किइन् । ए † आमै बरु समय छँदै बहना बनाएर वाल्वाटार छाडिदेउ । जनता जाग्यादिन कहाँ जुठे, कहाँ जुठेकी आमा हुनुपर्ला । घण्टाघरले त सुझाउ दिएको मात्र हो । माने मान नमाने लुतो न कन्याई ।
लुसुक्क भागेर खुस्रुक्क आए
पूर्व ऊर्जा मन्न्तरी कलौटे दिपक खड्का जेनजी आन्दोलनपछि स–परिवार लुसुक्क भागेर अम्रिका पुगे । त्यहाँबाट पनि लखेटिने सुइँको पाएपछि सिंगापुर हान्निए । त्यता पनि बस्ने चँजोपाँजो नमिलेसी’ जहाँन परिवार त्यतै छाडेर अस्तिका दिन लुसुक्क नेपाल फर्केर जलेको घर अगाडि आफ्ना दुई चार जना नन्दीभृंगी राखेर आफू नभागेको सन्देश दिन न्वारानदेखिको बल लगाएछन् । तर कस्ले पत्याइदिने ? पदमा हुँदा तिनको सानो अहंकार थिएन । अख्तियारले आफूलाई केही लछार्न नसक्ने, अख्तियार भन्या हामीले नै नियुक्ति ग¥या मान्छे त हुन भन्दै लुट्नमै व्यस्त भए । तर जेनजीले तिनको पछुवारामा आगो झोसेपछि सुइँकुच्चा ठोकेर रातारात गायव भए । यतिबेला फेरि निकै ताउरमाउरको गफ हान्दैछन् । विनाशकाले विपरीत बुद्धि भन्या यही हो ।
बाख्रे काजीले निवेदन दिए रे
अरुको घरमा ढुंगा हानेर राजनीतिमा उदाएका लाउरेसका सचिव बाख्रेकाजीको घर जेन्जीले आगो लगाएर अधकल्चो बनाइदिएछन् । आफ्नो घर जलेपछि फलानोले जलायो भन्दै हारगुहार गर्दै आएका बाख्रे काजीलाई बाख्रे उपननमले कहिल्यै नछोडेपछि अस्तिका दिन बाख्रा काण्ड छानविनका लागि निवेदन दिएका छन् रे । आठ दश बर्ष अगाडि नुवाकोटको त्यो चर्चित बाख्रा काण्ड काजीका लागि यतिबेला राजनैतिक गलपासो भएको
छ । जता गए पनि बाख्रा उपनामले नछोड्ने भएसी’ तिनले छानविनका लागि निवेदन दिएका रे । बाख्राको नाममा
राज्यकोषबाट जति माल खसुरेका थिए थपक्क फिर्ता गर्दे भैगयोे । वित्थामा बाह्र वहत्तरको नौटंकीवाज किन गर्नु ? हुन त बाख्रे काजीका त्यस्ता काण्ड अरु पनि अनगिन्ती नै छन् । विस्तारै अरु पनि बाहिर आउलान् ।
आन्दोलन अगावै थुरथुर
दुर्गा प्रसाईले आन्दोलनको घोषणा गरेपछि फाउमा तर मार्न पुगेका घरेलु मन्तरी ओमप्रकाश अर्याल आन्दोलन अगावै काँप्न थाल्या छन् । अस्तिका दिन तिनले प्रहरीका अगुवा पछुवाको बीचमा बसेर बार्ताबाटै समस्याको समाधान गर्नुपर्छ आन्दोलनमा नगइदिनु भनेर हारगुहार गरेछन् । दुर्गा भन्या दुर्गा हुन् । आँट्यो कि बितायो । जेनजी आन्दोलनको माग तुहाउन सुकुनीको भूमिका खेल्दै आएका घरेलु मन्तरी अर्याललले यतिखेर के अलाव विलाप गर्नु ? वार्ताबाट समस्याको समाधान गर्ने औकात पनि त हुनुप¥यो नि † राष्ट्रपतिलाई भकुण्ड्याउनु, संविधान खारेज गर्न, अन्तरिम संविधान लागू गर्न, हिन्दु धर्म कायम गर्न, राजसंस्था स्थापना गर्न घरेलु मन्तरीको हैसियत भए पो दुगाले वार्ता गर्नु ? वात करता है ।
अन्तेमा
यसपटकको तिहार धेरैका लागि खल्लो भए पनि केहीका लागि उत्पातै रमाइलो भा’देखियो । अरुबेला त ए बलिराजाले पठाका, भनभन भाई हो भन्दै नाच्दै मादल ठोकेको थाहा थियो । यसपटक त भट्याउनेले पनि राम्रोसँग भट्याए । केपी चोर देउसीरे, सेरे डाका देउसिरे, प्रचण्ड चोर देउसिरे, मधेशवादी दल चोरै चौर देउसिरे, संघीयता खारेज गर देउसी रे, भ्रष्टलाई कारबाही गर देउसिरे, बाफरे वाफ के के हो के के ? भर्खरका २२–२५ बर्षका युवाहरुको देउसी खेलेर भट्याएको देख्दा राजनैतिक दलहरुको अव सबै इमोज सिद्धिएछ जस्तो लाग्यो । हुन त यो पनि समयकै माग होला ।

तपाईको प्रतिक्रिया