श्रमसंस्कृति पार्कमा बर्षाद्को समयमा जोखिम बढ्दै

धरान । धरान(१३ र २० को संगमस्थलमा निर्माण गरिएको श्रमसंस्कृति पार्क अहिले धरानको नयाँ पहिचान बनेको छ । जनसहयोग र श्रमदानबाट बनेको यो रमणीय पार्कले देश(विदेशका पर्यटक तानेको छ, तर जलाधार क्षेत्रमा अवस्थित भएकाले यसको दीर्घकालीन सुरक्षा भने चुनौतीपूर्ण देखिएको छ । पार्क परिसरमा एडिसी रक गार्डेन, धरानको सांस्कृतिक चिनारी झल्काउने आरा धरान, बालबालिकाका लागि चिल्डूेन्स पार्क, साथै एसएनएस गार्डेन, एसडिभी गुलाब÷रोज गार्डेन र गोरखा चौतारी लगायतका आकर्षक संरचना निर्माण भएका छन् । यिनै संरचनाका कारण अहिले भारतबाट समेत पर्यटकहरू घुम्न आउने
गरेका छन् ।

तर, यो क्षेत्र धरानको खानेपानीको मुहान रहेको जलाधार र चुरे पहाडसँग जोडिएको भू(भाग भएकाले वर्षात्को समयमा बाढी र पहिरोको जोखिम बढ्ने गरेको छ । पछिल्लो बाढीले पार्कभित्रको गोरखा चौतारी नजिकैको पहाडबाट ढिस्को झरेपछि खतरा अझ बढेको स्थानीयको भनाइ छ ।
जनसहयोग र श्रमदानको उदाहरणीय नमूना भए पनि, टिकाउ व्यवस्थापनमा ध्यान नदिँदा प्राकृतिक विपत्तिबाट हरेक वर्ष केही न केही क्षति हुने अवस्था छ । विगतमा परेको बाढीले चिल्डे«न्स पार्कको केही भाग बगाएको उदाहरण छ । अहिले अस्थायी रूपमा तारजाली र ग्याबियन जाल लगाएर संरक्षण गरिएको छ । सहयोग र जनश्रमदानबाट यो पार्कलाई दीर्घकालीन रुपमा बचाउने सोच नगरप्रमुख हर्कराज राईले तत्काल सोच्नुपर्ने आवश्यकता रहेको पार्कमा घुम्न आउनेहरुले बताएका छन् । पार्कमा कलाकार रोजन राईद्वारा तयार गरिएको मूर्तिकलाले स्थानीय र राष्टिूय पहिचान झल्काएको छ । साथै, यहाँ चौतारा, सिँढी, साना पुल, पैदलमार्ग, ढुंगेधारा, साउन्ड(बक्स, शौचालय, र कुर्सी(बेन्चजस्ता सुविधा पनि उपलब्ध छन् । यही स्थानमा विगतमा बीपी कोइरालाको शालिक पनि स्थापना गरिएको थियो । राणाकालमा उनलाई धनकुटाबाट काठमाण्डौ जेल लाँदाका ऐतिहासिक बाटोलाई सम्मान गर्दै सर्दुपुलदेखि साँगुरी पदमार्गसम्म करिब तीन किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ । रमणीयता र ऐतिहासिकता दुबै जोडिएको यो पार्क अहिले धरानको गौरव बनेको छ । तर, करोडौं रुपैयाँको लगानी र हजारौंको मेहनतले बनेको यो पार्कलाई जोगाउन अब दीर्घकालीन योजना अपरिहार्य भइसकेको छ ।

तपाईको प्रतिक्रिया