भारतमा अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा नेपालका नौ जना सम्मानित

धरान । भारतको नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालका नौ जना साहित्यकारहरू सम्मानित हुनुुभएको छ । हिन्दी, उर्दू, अरबी संगम दिल्लीद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा आइतबार नेपालका सुदूर पश्चिम, बाँके र बर्दियाका नौ जना साहित्यकार एवम् कलाकारहरू सम्मानित हुनुुभएको हो । कार्यक्रममा नेपालसहित श्रीलंका, मोरिसस, पाकिस्तान, बंगलादेश, अमेरिकाका साहित्यकारहरूको सहभागिता रहेको भारतका विभिन्न समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । नेपालबाट सम्मानित हुनेमा बाँके (नेपालगञ्ज) का ८ जना साहित्यकार र बर्दियाका एक जना कलाकार
रहेका छन् ।

सम्मानित हुनेहरूमा भेरी साहित्य समाजका केन्द्रीय सल्लाहकार डा. हरि प्रसाद तिम्सिना, उपाध्यक्ष इश्वरी प्रसाद रिजाल, कोषाध्यक्ष डा. राजकुमार थारुसँगै सदस्यहरू मिना बराल, कल्पना पौडेल, पूर्ण तारा फाउण्डेशन बाँकेका अध्यक्ष तारा रोकाया, विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष ऋषिराम सापकोटा, ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपाल र शारिक रब्बानी हुनुहुन्छ । कार्यक्रममा विभिन्न देशबाट सहभागी साहित्यकारहरूले वर्तमान साहित्य र साहित्यको अवस्थाका बारेमा आफ्ना धारणा राख्नुुभएको थियो । उहाँहरूले साहित्यले भूगोल र सीमाको पर्वाह नगरी नागरिकलाई एक अर्कासँग जोड्ने काम गर्ने उल्लेख गर्दै त्यसमा जोड दिनुुभएको थियो । सो अवसरमा भारतीय राजभाषा आयोगकी सदस्य मनिषा शर्मा, अमेरिकाका समाजसेवी इन्द्रजित शर्मा, भारतीय शिक्षाविद् प्रा.डा. भरत सिंह, हिन्दी, उर्दू, अरबी संगम दिल्लीका अध्यक्ष डा. सैयद अलीले सम्मानित हुनेहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुुभयो ।

तपाईको प्रतिक्रिया