घण्टाघरबाट हेर्दा

लुटेराका छौडा बेरोजगार
अक्टोपस जस्तै जताबाट भेटिन्छ त्यतैबाट बजाउँदै आएका लुटेराका छौडाहरु बेरोजगार भएछन् । केही दिन अगाडि थुतुनो भत्केका लाउरेसका ल्यापल्यापे लुटेरा र दशदिनसम्म भागेर बेपत्ता भएर गुण्डुतिर गुण्डाहरुको संरक्षणमा गुजुल्टिएर बसेका कथित बाका छौडाहरु बेरोजगार भएसी’ देशैभरि खुशियाली मनाइएको छ । जस्केलाबाट सिंहदरबार छिरेकी ककैनीको सरकारले दलाली अड्डा भूमि आयोग खारेज गर्दिएछन् । भूमि आयोगमा लुटेराका एक हजार चार सय ४ जना छौडाहरुले मस्ति मारेर बसेका थिए । तिनको भरण पोषणका लागि जनताले तिरेको करबाट मासिक ६ करोड तलब भत्ताको नाममा बाँडिदो
रहेछ । छौडाहरुको बेलुकाको दारुपानीको राम्रो व्यवस्था भा’थ्यो । भूमि आयोगको नाममा सार्वजनिक जग्गा जमिन बेचविखन गरेर आफ्नो अर्थतन्त्र मजबुत बनाउदै आएका थिए । चाडपर्वको बेला विचराहरुले गन्हाउने मुख लगाएर भौतारिनु प¥यो ।
गाँजा सेवन गर्नेलाई सुधार केन्द्र
सडकमा अवोध विद्यार्थीले मृत्यु वरण गरे त्यसको भरपुर फाइदा सुशिला ककैनीले उठाइन् । विद्यार्थीको सडकमा रगत बगाउनेलाई अँठ्याएर कारबाही गर्लिन् भन्या त न्याय माग्दै सडकमा उफ्रने विद्यार्थीलाई पो अँठ्याएर गाँजा सेवन गरेको भन्दै सुधार केन्द्रतिर पठाइन् । हुन त तिनको औकात पनि त्यति नै हो । जनताले बाइडबडी सेवन गर्ने, क्विन्टलका क्विन्टल सुन सेवन गर्ने, शेरा दरबार सेवन गर्ने, टेरामक्स सेवन गर्ने, क्यान्टोमेन्ट सेवन गर्ने, ललिता निवास सेवन गर्ने, गिरिबन्धु टि स्टेट सेवन गर्ने, भिजिट भिषा सेवा गर्ने, एनसेल सेवन गर्ने, भुटानी शरणार्थी सेवन गर्ने, पतञ्जलीको नाममा जग्गा सेवन गर्ने, सुडा घोटला काण्ड सवन गर्ने, चेज एयर काण्ड सेवन गर्नेलाई अँठ्याएर सुधार केन्द्रमा जाक्लिन् भन्या त ककैनी आमैले गाँजा सेवन गर्नेलाई पो जाकिछन् । उनी पनि तिनै लाउरेस र झालेमालेको नस्ल न परिन् ।
लाउरेस र झालेमाले चिन्ने तरिका
पहिला पहिला त लाउरेस र झालेमाले चिन्नै मुस्किल पुथ्र्यो । ०४६ साल भन्दा अगाडि सबैले हवाई छाप चप्पल लगाएका हुन्थे, घुँडा फाटेको पाइन्ट र पाइजामा लगाका हुन्थे, मैलो मैलो फित्तावाल झोला भिरेका हुन्थे, कसैको लुट्नु् हुँदैन भनेर उपदेश दिन्थे । हिजो आजचाहिँ एक सय रुपैया दिएर समान किन्न पठायो भने ८० रुपैया खल्तीमा हालेर २० रुपैयाको मात्र सामान ल्यायो भने त्यो लाउरेस झालेकालेको कार्जेकर्ता हो भनेर ठोक्वै गर्दिए हुन्छ । हुन त उनीहरुले यो कला आफ्नै मालिकबाट त सिकेका हुन् । तर चिन्नचाहिँ सबैलाई सजिलो भा’छ ।
घ्याम्पोमा छिरेको मुसाको धम्की

लखेटिँदा लखेटिँदा जाँडको घ्याम्पोमा छिरेको मुसो निस्किएर विरालोलाई थर्काएझै जेनजीबाट सिंहदरबार बाट लखेटिएर १० दिन पछि गुण्डु पुगेका झालेमालेका मुखिया पर्धानमन्तनरी सुस्ला कर्केनीलाई थर्काउन थाल्या छन् । अस्तिका दिन गुण्डुमा गुण्डा (मुसा) हरुको घेरामा बसेर तिन्ले भनेछन् म डराउँदिन, म डराईन, म डराएर भागिन, म डराएर भाग्दिन, सुस्ला कार्कीको डरले म भाग्छु ? के सोच्या छ यो सरकारले ? खप्रओ धोती न टो्पी हुँदै हस्याङ फस्याङ हेलिकोप्टर चढेर भागेको र शिवपुरीमा १० दिन सम्म घ्याम्पोमा लुकेर बस्या बिर्सिएछन् । हुन त सर्पको टाउको किचे पनि पुच्छरचाहिँ हल्लाइरहन्छ । कहाँ जुठे कहाँ जुठेकी आमाको अवस्था हुँदा पनि तिनको अझै चेत किन नखुलेको होला ? अब तो सुधार जा । कि कसो हौ ?
कुत्ता डराएपछि जोरले भुक्छ
कुकुरहरु सबैभन्दा बढी डराएको बेलामा जोड जोडले भुक्छन् भन्थे हो रै’छ । आमालाई नसोधी खप्रओलाई बा भन्दै आएका गुण्डुका गुण्डा, भोगटे उर्फ गोटिया महेश बस्नेत हिजो आज छर छिमेकीलाई समेत नपच्ने गरी जोड जोडले भुक्न थाल्या छन् । सुस्ला काकीको बाउका तागत छ भने आफूलाई र खप्रओलाई पक्राउ गर्न चुनौति दिँदै हिड्या छन् । खप्रओको मुख्य भजनमण्डलीका नाइके भोगटे साह«ै डराएको अवस्था छ । अस्तिका दिन आफ्ना भजन मण्डलीहरुको भेला बोलाउँदा मुस्किलले सक्कली ५० जना र सात सय रुपैया गोटाका १५० जना भेला गरेछ । जेनजी पुस्ता संयमित भएर बस्या छन् तिनको संयमता टुट्यो भने भोगटेले गुण्डुबाट गुन्टा चोरेर भाग्नुपर्ने हुन्छ । बरु समय छँदै थुतुनो कम चलाएको बेस ।
राइटरले आदेश द्या थे्नन् रे
एक महिना अगाडि कुले ठोकेका भिघजिट भिषका सुत्राधार, चैत्र २४ गते कोटेश्वरमा वितण्डता मच्चाउने र भाद्र २२ गते ७६ जना अवोध विद्यार्थीहरुको हत्या गर्ने नेपालमा महंगा लेखक राइटर बाजेले एक महिनापछि दुलाबाट निस्केर अस्तिका दिन पत्रकार सम्मे्लन गरे्छन् । ७६ जना विद्यार्थीको हत्या गर्न मैले आदेश दिएको थिइन भनेर बोलेछन् । गोली चलाउने आदेश तिनले नदिएर तिनका बाजेले दिएको थियो त ? गोली चलाउन आदेश दिने मन्त्रालयमा तिनै थिए त । हैन झुट पनि कति बोल्न सक्या हौ ? तिनले दिएको सफाइ कस्ले पत्याइदिने ? सुलीमा जाक्नुपर्नेले पत्रकार सम्मेलन गर्दै हिँड्दा पनि सुस्ला कार्कीनी आमै के हेरेर बस्या होलिन् ?
सुरक्षाकर्मी खोसिएपछि गाह«ो हुने भयो
खप्रओ, माकुने, ल्यापल्यापे, मने लगायत सौ लुटेरा, हत्यारा, व्यभिचारी हरुको सरकारले सुविधासँगै सुरक्षाकर्मी खोसेपछि विचराहरुलाई साह«ै गाह«ो परेको् छ । नागरिकको सुरक्षामा खटिनुपर्ने सुरक्षाकर्मी नीजि नोकर सरह खटाइएका थिए । सुस्ला कार्कीले यो चाहिँ नकामै गरिन् । विचराहरुले अब कसरी हिडडुल गर्ने ? कहीँ एक्लै हिडसिक्नु छैन । जहाँ देख्यो त्यही ढुंगामुढा गर्छन्, नानाथरिका गाली गर्छन् । आफ्ना नन्दीभृंगीहरु लिएर सिधै हिड्ने कुरा पनि भएन । अर्थाेक खोसिदिए पनि सुरक्षेकर्मीचाहिँ नखोस्याद्या भए हुने थियो । के गर्ने जीवनमा कहिल्यै सुकर्म गरेनन् । सदैव कुकर्म मात्र गरिरहे ।
अन्तेमा
कस्लाई के को धन्दा कस्लाई के को धन्दा घरज्वाइँलाईचाहिँ खानकै धन्दा भन्ने उखान यतिबेला लारेसका महामन्त्री मटन काजी र ल्यापल्यापे काजीकोे पुकुली मैयाँका विश्वास पात्र भ्यागुते शर्मालाई पार्टीको महाधिवेशन चाहियो रे । देश जलिरहेको छ । नागरिक त्राहिमाम छन्, सडकमा मारिएका युवाहरुको
रगत सुकेको छैन तर यी दुई धुन्कुकारी लाई विशेष महाशिवेशन चाहियो रे । यी दुईले यतिबेला विशेष महाधिवेशनका लागि जिल्ला जिल्लामा हस्ताक्षर अभियान संचालन ग¥या छन् । न जिल्ला अधिवेशन ग¥या छ, न नगर अधिवेशन ग¥या छ, न महाधिवेशन प्रतिनिधि छनौट भा’छन् । अधिकांशले लाउरेस छोडिसकेका छन्, ३० प्रतिशतले पनि सक्रिय सदस्यता नविकरण गरेका छैनन् । तर ती दुईलाई पदको हुटहुटी छ । देश रुहेको बेला यिनका देखिएको पदको हुटहुटीले यी पनि कालान्तरमा काजी कजिनीकै कित्तामा उभिने देखयो । बाँकी आफै मिलाएर बुझ्दा वेस ।

तपाईको प्रतिक्रिया