धरान । जेनजी पुस्ताको आन्दोलनबाट एक महिना अगाडि बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले जनभावना अनुरुपको कुनै काम गर्न नसकेपछि चौतर्फी तीब्र आलोचना भएको छ । जेनजी पुस्ताले सत्ताको चरम दुरुपयोग गरी राज्य दोहनमा संलग्न पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री महेश बस्नेत, पूर्व मन्त्री पृथ्वी सुब्बा गुरुङ, पूर्व मन्त्री योगेश भट्टराई, पूर्व मन्त्री प्रकाश शरण महत, पूर्व राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, पूर्व मन्त्री प्रकाशमान सिंह , पूर्व मन्त्री पूर्णबहादुर खड्का, पूर्व मन्त्री उपेन्द्र यादव लगायतका नेताको सम्पत्ति जफत गरी पक्राउ गर्न चेतावनी दिएपछि कार्की नेतृत्वको अन्तरिम सरकार संकटमा परेको छ । संविधान बाहिरबाट प्रधानमन्त्री बनेकी कार्कीले आफू संविधान बाहिर गएर काम नगर्ने अभिव्यक्ति केही दिन अगाडि दिएपछि कार्कीको कार्यशैलीबाट जेनजी पुस्तामात्र नभएर आम नागरिक ससंकित भएका छन् ।
बालुवाटारमा उच्च स्तरीय सुरक्षा बैठक


भाद्र २३ गते र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७६ जना युवाको सुनियोजित ढंगले हत्या र सैयौ घाइते भएपछि बनेको वर्तमान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले सोमबार राति आकस्मिक रुपमा सुरक्षा संयन्त्रको बैठक बालुवाटारमा गरेकी छन् । भरपर्दो सुरक्षा स्रोतले दिएको् जानकारी अनुसार राजनैतिक दलका भ्रष्ट शीर्ष नेताहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न जेनजी पुस्ताले चेतावनी दिएको र कारबाही नगरे चाडपर्व पछि गरिने आन्दोलनबाट निकास निकाल्ने सम्मको चर्को चेतावनी पश्चात आकस्मिक रुपमा सुरक्षा संयन्त्रको बैठक बोलाइएको हो । प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका महानिरिक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायत सहभागी रहेको स्रोतले जानकारी दिएको छ । वैठकमा पूर्व प्रधानमन्त्रीहरु, निवर्तमान गृहमन्त्रीसँगै अन्य भ्रष्ट मन्त्रीहरुलाई कानूनी दायराभित्र रही पक्राउ गर्ने सम्बन्धमा छलफल भएको थियो । जेनजी पुस्ताले ्ह्यासट्यागसहित अल्टिमेटम दिएपछि बैठक आकस्मिक रुपमा बोलाइएको स्रोतको दाबी छ । बैठकमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा विशेष आयोग बनेको र छानविन भइरहेको अवस्थामा तत्काल गिराÏतार गर्दा आयोगको कार्यमा अवरोध पुग्न सक्ने तर्क पनि उठेको थियो । जेनजी आन्दोलनसँग सम्बद्ध केहीले भने तत्काल कारबाही गर्न दबाब दिएको, ७६ जनाको हत्या भएकोले राज्यले राजनैतिक संवेदनशीलता भन्दा माथि उठेर जिम्मेवारी बहन गर्नुपर्ने कुरामा जोड दिएका थिए । जेनजी पुस्ताले सोमबार ७ दिनको अल्टिमेटम दिएको थियो । उनीहरुले ७ दिनभित्रमा पूर्व प्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीहरुलाई गिराÏतार गरी कारबाही नगरिएमा पुन ः सशक्त आन्दोलनमा जाने सरकारलाई अल्टिमेटम दिएका छन् ।
राजालाई भेट्न ठूला दलका प्रतिनिधि
मुलुकको अवस्था थप जटिलतातर्फ उन्मुख हुँदै गएको र राजनैतिक दल, त्यसका शीर्ष भनिने नेताहरुप्रति घृणा र आलोचना बढ्दै गएपछि सोमबार राति ठूला दलका केही प्रतिनिधिहरु राजा ज्ञानेन्द्र शाहको महाराजगञ्जस्थित निर्मल निवासमा पुगेका थिए । स्रोतका अनुसार दलका शीर्ष नेताहरुकै निर्देशनमा उनीहरु निर्मल निवास गएका थिए । वि.सं. २०६३ साल वैसाख ११ गते दल र राजाबीचमा ५ बुँदे सहमति भएको थियो । सहमतिलाई अब उप्रान्त अक्षरस पालना गर्ने, शीर्ष भनिएका नेताहरुलाई जेल हालेर भएपनि पार्टी र राजनैतिक जीवन बँचाइदिन उनीहरुले आग्रह गरेको् बताइएको छ । वि.सं. २०६३ साल वैसाख ११ गते तत्कालीन सात दल र श्री ५ ज्ञानेन्द्र शाहबीच ५ बुँदे सहमति भएको थियो । परिवर्तन वि.सं. २०४७ सालको संविधानलाई टेकेर गर्ने, विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्ने, बहुदलीय व्यवस्था कायम राख्ने, संवैधानिक राजतन्त्र युगयुगसम्म कायम रहने यी सबै सहमति एक अर्कामा कायम रहने र इमान्दारिताका साथ कार्यान्वयन गर्ने ।
राजधानीमा उच्च सुरक्षा सतर्कता
राजधानी लगायत देशका विभिन्न सहरहरुमा हिजो मंगलबारदेखि सुरक्षा अवस्थालाई कडा बनाइएको प्रहरी स्रोतले जानकारी दिइएको छ । जेनजी समूहले उच्च सरकारी निकायहरुमा प्रत्यक्ष उपस्थित भएर दबाब दिने चेतावनी दिएपछि अन्तरिम सरकारले प्रमुख संवेदनशील स्थानहरुमा विहानैदेखि विशेष प्रहरी काठमाण्डौमा परिचालन गरेको छ । प्रहरी स्रोतका अनुसार संवेदनशील क्षेत्रमा कुनैपनि भीड जम्मा भएमा वा सुरक्षालाई चुनौति दिने गतिविधि भए तत्काल चेतावनी दिने, आश्यक परे बल प्रयोग गर्ने रहेको छ । प्रधानमन्त्री शुशिला कार्कीको निर्देशनमा हिजो मंगलबार विहानैदेखि सुरक्षा निगरानी शुरु गरिएको हो । कमाण्डो टोलीसँगै प्रहरीको मोबाइल ¥यापिड एक्सन युनिट पनि तयारी अवस्थामा राखिएको छ । यसैगरि जेनजी प्रमुख नेताहरुको गतिविधि र डिजिटल सञ्चार समेत निगरानीमा राखेको प्रहरीले जनाएको छ ।


