राजनीतिक प्रतिशोध भयो रे
कांग्रेसका बुख्याँचा ¥याल बहादुरलाई जेनजी पुस्ताका युवाहरूले हनुमान धुलाई दिँदा पनि अझ चेत नखुलेको देख्दा घण्टाघरलाई आठौँ आश्चर्य लागेको छ । अघिपछि पनि तिनको राम्रोसँग बोली नबुझिने, झन् धुलाई खाएपछि त बुझिए त मरिजाऊँ । तिनको बोली पैसा नै रहेछ । सामान्य मान्छेले एक सौंको घर चुवा खायो भने त हम्मेसी बोली बुझिँदैन, ¥याल बहादुरले लाखौँ–करोडौँ पर्ने रक्सी धोकेर रहेछन् । अनि फुइयाँ बुझियोस् त ? खैर कुरा जे भए पनि ¥याल बहादुर र तिनकी मैच्याङले पैसा चाहिँ धेरै जम्मा गरेका रहेछन् । तीन दिनसम्म जल्दा पनि नसिद्धिने । यतिबेला देशैभरि ¥याल बहादुर र तिनकी मैच्याङले बिगारेका थोपरालाई कारबाही गर्न धनिभूत आवाज उठेको छ । कारबाही प्रक्रिया अघि बढ्न थालेपछि थाइल्याण्डतिर सुइँकुच्चा ठोक्न लागेका थिए । विचरा सफल हुन सकेनन् । ढिलो चाँडो हो, जाकिन त जाकिन्छन् । तैपनि बाँच्न सकिन्छ कि भनेर अन्तिम तुरुप छोडेका छन्– राजनीतिक प्रतिशोध । “हामीलाई कारबाही भए राजनीतिक प्रतिशोध हुन्छ” रे, ¥याल बहादुरले भनेका ।
पुन : मान्छे बन्दै बन्दैनन्

मान्छे एकपटक एमाले बनेपछि पुनः त्यसलाई मान्छे बनाउन भागवत पुराण लगाएर पनि सकिँदैन भन्थे हो कि क्या हो ? अब हेरौँ न, जेनजीको आन्दोलन पश्चात् बालुवाटारबाट लघारिएर पनि खप्रओ अझसम्म मान्छे बन्न सकेका छैनन् । खप्रओ मात्र नभई आमालाई नसोधी बा भन्ने झोले, झ्याम्टे, अगुवा, पछुवा समेत मान्छे बन्न सकेका छैनन् । ७६ जनाको हत्या गर्ने, पाँच सयभन्दा बढीलाई घाइते बनाउने, आफ्नै झोले–झ्याम्टे, अगुवा–पछुवालाई आन्दोलनमा घुसपैठ
गराएर सार्वजनिक सम्पत्तिमा आगजनी गर्न आदेश दिने खप्रओ हिजोआज गुण्डुमा गुण्डाहरूको सहारामा फेरि बौरिने प्रयास गर्दैछन् रे । पिण्ड खाने बेलामा अब त मान्छे बन्ने प्रयास त गर नत्र जेनजीले बालुवाटारबाट लघारेजस्तै गुण्डुबाट गाउँलेले लघार्लान् है ।
विचरो जयबीरले के गरी खाला ?
संसारकै भ्रष्ट महिला, नेपालकी भ्रष्टाचारकी कूलदेवी, कुकुर र आफूमा कुनै फरक नदेख्ने थुतुनो फुले देउवालाई यतिबेला सबैभन्दा ठूलो चिन्ता पुत्र जयबीरको छ । पहिला पहिला पनि “मेरो छोरोले के गरेर खान्छ होला ?” भनेर थुतुनो फुलेले घोर चिन्ता व्यक्त गर्दै आएकी थिइन् । यतिबेला विचरीलाई थप चिन्ता भएको छ । छोराकै लागि भनेर घरका चारवटा कोठामा ठुँसेर रकम जोहो गर्दिएकी थिइन्, खाँडाल खनेर हीरा–मोती, सुन–चाँदी राख्दिएकी थिइन्, खरबौँको युलेन्स स्कुल खोलिदिएकी थिइन्, खरबौँ हालेर हिल्टन होटल खरिद गरिदिएकी थिइन्, काठमाडौँ, धनगढी, नारायणघाट लगायतका स्थानमा हजारौँ रोपनी जग्गा जोडिदिएकी थिइन् । विदेशमा समेत अकूत सम्पत्ति जोहो गरिदिएकी थिइन् । सबै सत्यनाश ! घुस–भ्रष्टाचारबाट आर्जन गरेको त्यतिका रुपैयाँ, पैसा, धन–दौलत सबै स्वाहाँ भए पछि विचरीको मन कटक्क खाएको होला । के गर्नु, जस्तो करम गरेका छन् भगवानले त्यस्तै फल दिने त हुन् ।
कार्कीलाई जेनजीको चेतावनी
घुस्याहाँ, भ्रष्टाचारी, ज्यानमाराका विरुद्धमा जेनजी आन्दोलन अगाडि आगो खाएर अंगार विष्ट्याउँला झै गरेकी प्रधानमन्तरी सुशिला कार्की मूल मुद्धाबाट भाग्न खोज्दैछिन् । संविधानको दायराभन्दा बाहिर गएर काम नगर्ने भनेर भुक्न थालेकी छन् । हैन हौ तिनलाई यो सविधानले पर्धामन्तरी बनाएको हो र ? यो संविधानले त सुशिला कार्कीलाई चिन्दा पनि चिन्दैन । जसले तिनलाई चिन्दैन अनि त्यही अनुसार काम गर्छु भनेर बोल्दा तिनलाई कुरीकुरी लागेन ? जेनजी आन्दोलनको आँडमा बालुवाटार छिराएकी तिनलाई सविधान खारेज गरी अन्तरिम संविधान अनुसार काम गर्न, भ्रष्टहरुको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्न, तिनलाई पक्राउ गरी जेल हाल्न, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाउ गर्न, राजसंस्था पुनस्र्थापना गर्न पो बाल्वाटार छिराएको हो । तिनै भ्रष्टलाई सरक्षण गर्न, सुरक्षा दिन, यही संंविधान अन्तर्गत चल्न त पठाएका थिएनन् । आमैले आफ्नो जिम्मेवारी बिर्सेर मजगुनमा रमाउन थालिन् । यस्तै चाल हो भने आमैको बालुवाटार बासको टुंगो नहोला जस्तो पो छ ।
निर्लज्ज यादव औकातमा आए
राज्यको ढुकुटीमा र्याल चुहाएर ऐøयासी जीवनयापन गर्दै आएका पूर्व राष्ट्रपति रामबरण जादव यतिबेला आफ्नो औकातमा आएका छन् । जनकपुर र काठमाण्डौमा पुस्तौलाई पुग्ने पैतृक सम्पत्ति हुँदाहुँदै पनि निर्लज्जतापूर्वक राज्यको ढुकुटीबाट पालिदै आएका जादवको अनुहार अस्तिका दिन मलिन देखिन्थ्यो । कथित कठपुतली अन्तरिम सरकारले पूर्व भिआइपीहरुको सबै सुविधा घर भाडा, गाडी,सुरक्षा, इन्धन, भान्से लगायत खोसेपछि विचराको अनुहार मलिन देखिएको हो । आफैसँग सम्पूर्ण कुराहरु हुँदाहुँदै पनि राज्यको ढुकुटी दोहन गर्न तिनलाई कहिल्यै सरम लागेन । आखिरी ती पनि वर्तमान लुटेराहरुकै जातभाई न परे ।
सँगुरमुखे थापा र यादव गायव
पाडाको पिँध र संगुरको थुतुनोसँग ठ्याक्कै र दुरुस्तै मिल्ने झालेमालेका सांसद सूर्य थपा र पैसाको बिटो बुझाएर तनुवा सांसद भाकी नगिना यादव जेनजी आन्दोलनपछि पूरै गायव भा’छन् । अरुले जतिसुकै नानाथरि भनेपनि आफ्ना मालिकप्रति बफादार थिए । नगिना जादवले् त लाउरेसका साहुजीको प्रशंसा गरेर कहिल्यै थाकेको देखिएन । उता सूर्य थापा समेत खप्रआको प्रशंसा गर्न कहिल्यै थाक्दैनन् थिए । पाडाको पिँध जस्तो थुतुनो भएपनि तिनी खप्रओका प्रिय पात्र थिए । आफ्ना मालिकले जतिसुकै भ्रष्टाचार गरे पनि, घुस खाएपनि, बलात्कारीलाई सरक्षण गरेपनि, हत्यारालाई अदालतको सेटिङमा छुटाए पनि ती दुईको प्रशंसा गर्ने शैलीमा कहिल्यै कमी आएन । तर जेनजी आन्दोलन पश्चात अकास्मात गायव हुँदाचाहिँ आश्चर्य लाग्या छ ।
भ्रष्ट लाजशरणको आवहान
जीवनमा कहिल्यै चुनाव जित्न नसकेका तर सधै सांसद र मन्त्री बनि लाभार्जन गर्दै आएका भ्रष्ट लाजशरण महतले अस्तिका दिन सामाजिक सञ्जालमा खोकेछन् अब सबै दल एकीकृत भएर लोकतन्त्र बँचाउन अघि सर्नुपर्छ रे । जेनजीको रामधुलाईबाट जोगिएका लाजशरण अज्ञात स्थानमा अँध्यारो कोठामा बसेर डुक्रिएको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । तिनले कुनचाहिँ लोकतन्त्रको गफ ग¥या होलान् ? बरु कुरो नचपाइकन लुटतन्त्रको पक्षमा ४६ साल यताका सबै लुटेराहरु एक हुनुपर्छ भनेर आवहान ग¥या भएचाहिँ सुहाउने थियो । सडकमा हिँड्ने औकात छैन कुराचाहिँ आकाश पातालको भन्या यही हो ।
अन्त्येमा
धरानका मेयर हर्कुले अस्तिका दिन बडो गज्जबको गफ हान्देछन् । कहिलेकाँही त तिनको गफ गतिलै हुन्छ । तिनले चुनौति दिएछन् । यो एनजिओको सरकारले कार्यकारी प्रमुखको चुनाव गराओस् । दम छ भन लु गराएर देखाओस् । नत्र छोडिदिए हुन्छ, राजीनामा दिए हुन्छ । जाबो एकथान मध्यवधि चुनाव
गराउनकै लागि ७४ जना मारिएका र खरबौको नोक्सान भएको हो त ? कुरा त सही हो । सुशिलाले गराउने जस्तो चुनाव त अरुले नि गरिहाल्थे नि । त्यत्रा युवाका रगत जाबो यही संविधानलाई मानेर गर्नुको कुनै तुक छैन । खै ती सुशिला आमै पनि साह«ै काम लाग्लिन् जस्तो छैन । मृतक जेनजीको फोटोमा फूल चढाएर किन स्वाङ्ग पारर बालुवाटारमा पल्टिनु ?
