धरान । धरान उपमहानगरपालिका वडा नं. ४ मा रहेको पर्यटकीय क्षेत्र क्षिजित डाँडामा गएको पहिरोका कारण स्थानीयको धरानको मुख्य बजारसँग सम्बन्ध विच्छेद भएको छ भने त्यहाँ होटल व्यवसायीहरु व्यवसाय नचल्दा निराश बनेका छन । विगत केही दिनदेखि आएको लगातार बर्षाका कारण क्षितिज डाँडासम्म पुग्ने सडक ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि यहाँका सर्वसाधारणले सास्ती भोग्नु परेको छ भने होटल व्यवसाय ठप्प हुदा व्यवसायीहरु चिन्तित बनेका छन् । धरान उपमहानगरपालिका वडा नं. ४ मा पर्ने सारंगा छेउमा रहेको क्षितिज डांडाको सडक पहिरोले भत्काएपछि स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ भने होटल सञ्चालकहरु होटल व्यवसाय नचल्दा निराश बनेका हुन् । गर्मीको मौसममा अधिकत्तम होटल व्यवसाय चल्ने यो ठाउँमा अहिले सडककै कारण ग्राहक नै पुग्दैनन् । तीन चार दिन अगाडि आएको अविरल बर्षाले क्षति डाँडाको सडकमाथि आएको पहिरो र मुख्य सडक नै भत्काएपछि सवारी साधन त्यहाँसम्म पुग्दैनन । ५० घर परिवार बस्दै आएको यो क्षेत्रमा सवारी साधन नपुग्दा धरानको मुख्य बजारसँग सम्बन्ध विच्छेद भएको स्थानीयहरु बताउँछन् ।

स्थानीय रामबहादुर राईले माथिबाट आएको पहिरो र सडक भत्किदा सवारी साधन ठप्प भएको बताउनुभयो । उहाँले स्थानीय अल्कालीन रुपमा गोरेटो बाटोसम्म बनाएर पारपार गर्न सकिने बनाए पनि धरानसम्म पुगेर कृषि सामाग्री पु¥याउने र धरानबाट खाद्यान्न लगायतका सामाग्री ल्याउन भने कठिन भएको बताउनुभयो । सडक अवरुद्ध भएपछि सवारी साधन त जाँदैन नै गाउँले आफैले बनाएको गोरेटो बाटो समेत हिड्दा जोखिम हुने स्थानीय बताउँछन् । यस्तो अवस्था हुदा पनि स्थानीय सरकारले वास्तै नगरेको स्थानीय धनबहादुर राईको आरोप छ । यो सडककबाट सर्वसाधारण दैनिक ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । स्थानीयले सडक अवरुद्ध भएपछि सास्ती भोग्नुपरेको छ । यता यहाँ सञ्चालन भएका होटलहरु समेत सुनसान रहेका छन् । सवारी साधन लिएर होटलसम्मकै पुग्ने ग्राहकहरु सडकका कारण जानै छाडेका छन् । विशेष गरी धरान बजारमा अत्याधिक गर्मी हुदा क्षिजित डाँडामा शितल हुने गरेको छ । शितलतासँगै होटलमा रमाउनेको संख्या यो समयमा अत्याधिक हुने गथ्र्यो । क्षितिज डाँडामा मात्र पाँच वटा होटल सञ्चालनमा छन् । यो समस्या अहिलेको भने होइन, बर्षौदेखिको समस्या हो । स्थानीय एवम् होटल सञ्चालक समेत रहनु भएका धनबहादुर राईले सवारी साधन क्षितिज डाँडासम्म आउनै नसक्ने भएकोले व्यवसाय चौपट्ट भएको बताउनुभयो । बर्षेनी यो समस्या आउँदा समेत स्थानीय सरकार धरान उपमहानगरपालिकाले दीर्घकालीन समस्या समाधानमा कुनै चासो नदिएको उहाँको भनाई छ । चुरे क्षेत्रमा पर्ने यो यो क्षितिज डाँडाको सडक बर्षेनी बर्षाद्को समयमा अवरुद्ध हुने गरेको छ । पहिरोको जोखिमसँगै कच्ची सडक बगाएर लादा स्थानीयबासीले सास्ती भोग्दै आएका छन् । धरान उपमहानगरपालिकाभित्रको पर्यटकीय स्थलको रुपमा परिचित यहाँको दीर्घकालीन समस्या समाधानमा स्थानीय सरकारले चासो देखाएको छैन । जसले गर्दा बर्षेनी जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था ज्युका त्यु रहेको छ ।
