कुख्यात सलिम पिस्तोल पक्राउ

धरान । भारतको सर्वाधिक खोजीमा रहेका मष्ट वाण्टेड कुख्यात हतियार तस्कर शेख सलिम उर्फ सलिम पिस्तौल नेपालबाट पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ । भारतीय अनलाइन टिभी एनडिटीका अनुसार सलिमलाई नेपाली सुरक्षाकर्मीहरुको सहयोगमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाए पनि नेपाल प्रहरीले भने यस बारेमा अनविज्ञता जनाएको छ । सलिम लामो समयदेखि आफ्नो वास्तविक परिचय लुकाएर नेपाल भारत सीमावर्ती क्षेत्रहरुमा बस्दै आएको सुराकीका आधारमा भारतीय प्रहरीले नेपाल प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको जनाएको छ । नेपाल प्रहरीले सलिमको गिराÏतारीलाई लिएर अनविज्ञता मात्र प्रकट गरेको छैन आफूहरुले उनी पक्राउ परेको भारतीय सञ्चार माध्यमबाट नै जानकारी पाएको जनाएको छ ।

सलिम लामो समयदेखि पास्कितानबाट भारत अवैध हतियार तस्करी गर्दै आएको भारतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीले सलिम पाकिस्तानी गुप्तचर संस्था आइएसआइ (इन्टर सर्भिसेज इन्टेलिजेन्स) सँग आवद्ध रहेकोमात्र नभएर दाउद इब्राहिमको डि कम्पनीसँग समेत आवद्ध रहेको भारतीय प्रहरीको हवला दिँदै उक्त सञ्चारमाध्यमहरुले जनाएको छ । भारतीय प्रहरीले सलिममाथि भारतीय ग्याङ लरेन्स विश्रोई र हासिम बाबाको समूहलाई हतियार सप्लाई गरेको आरोप समेत लागेको छ । यसभन्दा अगाडि भारतीय प्रहरीले सन २०१८ मा फक्राउ गरेपनि केही समयपछि उनी भाग्न सफल भएका थिए ।

तपाईको प्रतिक्रिया