धरान । भर्खरै सम्पन्न निर्वाचनबाट सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले उहाँका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठलाई पराजित गर्नुभएको हो ।
यसैगरी उद्योग सदस्य तर्फ कृष्ण प्रसाद पाठक, प्रभाव खतिवडाले, विष्णु बराल, महेन्द्र प्रधान विजयी हुनु भएको छ यस्तै वाणिज्यतर्फको महिला उमेद्वारमा वर्षा अग्रवाल श्रेष्ठ विजयी हुनु भएको छ ।

एसोसिएट तर्फ राजु साह, राजेश अग्रवाल र ललित अग्रवाल विजयी बन्नु भएको छ यस्तै उद्योग महिला तर्फ मिना राई(मगर) र बस्तुगततर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्वाचन अगाडि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले सबै मतदाताहरुलाई धन्यवाद दिँदै्र उद्योगी तथा व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
