व्यापारीलाई धम्क्याउने तीन जना पक्राउ

धरान/पछिल्लो समयमा राजनीतिक अस्थिरताको फाइदा उठाउदै व्यवसायीमाथि त्रासको वातावरण सिर्जन गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
पछिल्लो समय धरानमा प्रहरीले व्यापारीलाई धम्क्याउने तीन जना युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ७ बस्ने बर्ष २९ को प्रवीन ठकुरी, बर्ष ३६ को कमल अग्रवाल र बर्ष १७ का शिव शाक्य रहेका छन् ।
धरान २ का सुन व्यापारी मनोज अग्रवाललाई विभिन्न प्रकारको धाक, धम्की दिदै आएको भन्ने पीडितको उजुरीको आधारमा उनीहरुलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने प्रवीन
ठकुरीको साथबाट २१ थान नाइट्रोसन ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।
साउन २० गते पीडित अग्रवालले इलाका प्रहरी कार्यालय धरानमा सुरक्षाको माग सहित दिएको निवेदनपछि उनीहरुको खोजतालासका लागि प्रहरी परिचालन गरेका थियो । प्रहरीले साउन २७ गते उनीहरुलाई प्रक्राउ गरी हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको इलाका प्रहरी कायालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिनुभयो ।
उनीहरुले व्यापारी अग्रवाललाई घरको अगाडि चेनगेटमा मानिसको डेमो बनाई निधारमा गोलीको दूलो बनाएर धम्क्याउने गरेको पाइएको प्रहरीको भनाई छ । उनीहरुले अग्रवालको गेट अगााडि १ थान गोली राखी धम्क्याउने गरेको पीडित अग्रवालको भनाई छ ।
उनीहरुले व्यापारी अग्रवाललाई फोन तथा म्यासेजमार्फत पटक पटक ज्यान मार्ने धम्की दिने गरेको समेत अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सिजापतिले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई हातहतियार,
खरखजाना अन्तर्गत मुद्दा चलाइने समेत डिएसपी सिजापतिले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया