कम्युनिष्टलाई अमेरिकामा निषेध

धरान । विश्वशक्ति राष्ट्र अमेरिकाले नेपाल सहित कुनै पनि देशका कम्युनिस्टहरुलाई अमेरिका प्रवेशमा निषेध गरेको छ । अब कुनै पनि कम्युनिष्ट पार्टीका नेता तथा सदस्यहरुले अमेरिका जानु परेमा आफू कम्युनिस्ट पार्टीको सदस्य नरहेको निव्ेदन सम्बन्धित देशमा रहेका राजदुतावासमा दिनुपर्नेछ । दुतावासले सम्बन्धित व्यक्तिको बारेमा छानविन पश्चात कम्युनिस्ट नरहेको प्रमाणित भएमा भिषा उपलब्ध गराउने भएको छ । सो क्रममा सम्बन्धित व्यक्तिको विरुद्धमा कही कतैबाट कम्युनिस्ट सदस्य रहेको उजुरी परेमा तत्कालै उसको भिषा रद्ध हुने्
अमेरिकी नागरिक इमिग्रेशन सेवाले जनाएको छ ।

अमेरिकाले यो प्रावधान सन् २०२० देखि लागू गरेको हो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ट ट्रम विजयी भएपछि आप्रवासी नीतिमा कडाई गर्दै आएको र हालै मात्र अमेरिकी सर्वोच्च अदालतले ५ लाख आप्राबासीलाई देश निकाला गर्न आदेश समेत जारी गरिसकेको अवस्थामा अमेरिकाको पछिल्लो निर्णयले नेपाल लगायत संसारका कम्युनिस्टहरुका लागि अमेरिका प्रवेश मार्ग बन्द भएको छ ।

तपाईको प्रतिक्रिया