घण्टाघरबाट हेर्दा

बाउराम लखेटिए
नेपालको राजनीतमा किनुवा सर्टिफिकेट बोकेर डा. लेख्दै आएका आयाराम गयाराम नामले चिनिएका बाउरामलाई अस्तिका दिन पिँधमा पुल्ठो बालेर लेखेटेछ् । अनुहार न दनुहार पाण्डव सुनुवार भनेझैँ तर्साउने अनुहार भएकी हिसिलाका पतिलाई त्यसरी लखेटी हाल्नु चाहिँ हुँदैनथ्यो । अरुले महामुर्ख देखे पनि उनले आफूलाई प्रकाण्ड विद्वान ठान्या छन् । विचरा डाकु न बोलाउ लिँडी पुच्छर डोलाउ भनेझै एउटा कार्जेक्रममा गाँथे छन् । तिनको अनुहार देख्नासाथ अरुलाई भुँवरी खनिएछ । त्यसपछि त के चाहिन्छ माने आफै जाने भनेझै हत्यारा, डाका, रगत चुसाहा, लुटेरा भनेर कार्जेक्रममा गाकाले फलाक्न थालि हालेछन् । जंगलमा हुँदा र जंगलबाट बाहिर आउँदा विचराको कत्रो धाक, रवाफ थियो । अहिले सबैल पिँध पछिाडि हैन मुख्यान्जेल तथानाम भन्दै गलहत्याउन थाल्या छन् । हुन त भारुमा एउटा उखान छ जैसा करी वैसा भरनी । हिजो गतिलो कर्म ग¥या भए आज यसरी लघारिनु पर्ने नै
थिएन । लखेटिँदा ती महान बुद्धिजीविको अनुहारमा कालो बाँदल मडारिएको थियो ।
दैनिक ५० लाख कमाउने लेखक

संसारका बडे बडे लेखक, विद्वान, कवि, पत्रकार, साहित्यकार भन्दा अत्याधिक कमाउने लेखक त हाम्रै देशमा रै’छ । नोबेल पुरस्कार विजेताहरुले पनि नेपालका लेखकलाई जित्न नसक्ने भए । कञ्चनपुरतिरका ती लेखक राष्ट्रिय दाजु–भाउुको चाकडी गरेर, आरती गरेर, घण्टा बजाएर सिंहदरबारको घरेलु भवनमा छिरेका थिए । छिर्नासाथ उनमा अद्भूत ज्ञानको विजारोपण भयो । त्यसपछि उनले धमाधम आफ्ना झोले झ्याम्टेहरुलाई सशर्त पजनी गरेर एउटै कृतिबाट माने त्रिभुवन विमान स्थलको अध्यामन, मालदार अखडाहरुमा पजनी गरे । भिजिट भिषा कृतिबाटमात्र तिनले दैनिक ५० लाख रोयल्टी असुले । अरु ठामका कृतिहरुबाट अझ डरलाग्दो कमाए रे । यति धेरै कमाउने लेखक नेपालमा हुनु चानचुने कुरा होइन । तिनको नाम त ग्रिनिज बुकमा उल्लेख गर्नुपर्ने हो ।
तीर्थराज र प्युसामात्र हुन् रे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका सचिव तीर्थराज त एउटा प्युसा मात्र हुन् रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्या । भिजिट भिसाको जालो उच्च तहसम्मै फैलिएको छ रे । दैनिक बाहिर जाने नेपालीहरुबाट करोडौ असुल्दै आएका तीथराजको थाप्लामा बडे बडे भुडी र मुख भएकाहरुको हात नहुने कुरै भएन । भिजिट भिषाले लहरो तान्दा पहरो गर्जने निश्चित छ । यो मुुकलमा एकसे एक गतिला जन्मेका रै’छन् । गतिलाहरुले नै वाइडवडी काण्ड, शरणार्थी काण्ड, एनसेल काण्ड, विमान स्थल काण्ड, लाउडा काण्ड, धमिजा काण्ड, हिलटन होटल काण्ड, कञ्चनपुर जग्गा काण्ड, सुन काण्ड, नुवाकोट दरबार काण्ड, ललिता निवास काण्ड, गोकर्ण रिर्सोट काण्ड गर्ने हुन् । अगतिलाको त्यत्रो ह्याउ ज्यान गए हुँदैन । हुँदा हुँदा बेश्यालय विश्व विद्यालय खोल्न पनि तिनै अगतिलाहरु चुमुक चुमुक गरिरा’छन् । अब अख्तियारको हात त्यो उच्च तहसम्म पुग्छ कि पुग्दैन ? वा बीचैमा गतिलाहरुले लिडुल्को बाइदिन्छन् । त्यो सिन हेर्न सबै आतुर छन् ।
चमत्कारिक ढंगले गरिब घट्यो रे
लाउरेसका एजकना गफास्ट महामन्त्री आच्या मटन काजीले भन्या २०–२५ बर्षमा नेपालमा चमत्कारिक ढंगले गरिबी घट्यो रे । मटनकाजीले ठीकै भने टालेको टोपी, फाटेको जुत्ता, घरखेत साहुलाई जिम्मा लगाएर लालावालालाई जाउलाको जोहो गर्न खाँडी हिडेका गरिब नेपालीको रेमिट्यानस चुसेर पुटुस्स परेका मटनकाजीले गरिब घटेको देख्दा खुशी लाग्यो । बाकसमा ती गरिबको लास आउँदा पनि चुसेको छ, जिउँदो जाँदा पनि चुस्नले गरबी घटेको नदेखेर अर्थोक घट्ने कुरोपनि भएन । तिनै गरिबको पसिना चुसेर करोडौ रकम बाख्रा पालनको नाममा झ्वाम्म पार्ने, अवैध बालुवा खानी चलाएर करोडौ लतार्ने, महामन्त्रीको फुइँ लगाएर सरुवा, ठेक्कापट्टा मिलाई दिएर आर्जन गर्ने, मन्त्रालयहरुमा विचौलिया भन्दा चलाएर अवैध आर्जन गर्ने मटनकाजीले गरिबी चमत्कारीक ढंगले घटेको देख्दा घण्टाघरलाई जंगबहादुरको याद आयो । जंगेको आँखा फुट्यो कि मेरो गर्धन चिलाएको हो, रुख त बाँगैं छ । गरिबी घट्यो भनेर फलाक्दै हिँड्दा पनि तिनका अगुवा पछुवा, झोले, झ्याम्टेहरुले हँ मा हँ मिलाएको किन होला ?
गा“डतन्त्रको विकल्प छैन रे
गाँडततन्त्र माने नामै काफी छ । गलामा गाँड निस्कियो भने सक्नेले औषधिमुलो गरेर फाल्छन् नसक्नेले गल्फनले छोपेर हिँड्छन् । गाँड हेर्दै घिनलाग्दो ढिक्का कुढी, दानादुनी हुन्छ । त्यसैले त्यसलाई कि फाल्छन् कि छोप्छन् । अब हेरम न यतिबेला नेपालको गाँडतन्त्र फाल्ने र छोप्ने बीचमा मल्लयुद्ध शुरु भएको छ । एकथरि गाँडतन्त्र सदाका लागि फाल्न उफ्रिएका छन् अर्कोथरि छोपेर त्यसैको नाममा मागेर आफ्नो धन्दा चलाएर फूर्ति देखाएर बसेका छन् । त्यसरी फूर्ति देखाउनेहरु एकोहोरो रटान लगाइ राखेका छन् गाँडतन्त्रको विकल्प छैन । गाँडतन्त्रमा मानमौजी लुट्न पाइन्छ, सरकारी सम्पत्ति आफूखुशी दोहन गर्न पाइन्छ, सरकारी निकायहरुमा आफन्त र आफ्ना लम्पटहरलाई हुल्न पाइन्छ, भ्रष्टाचार गरेर अकुत आर्जन गर्दा पनि कारबाही झेल्नु पर्दैन, सार्वभौमसत्ता बन्दकी राखेर विदेशीसँग ऋण ल्याएर डकार आउन्ज्याल हसुर्न पाइन्छ, पिर्के सलामी ठोक्न पाइन्छ, जति बदमाशी गरे पनि विरोध गर्नेहरुको जिब्रो थुतर झुटा मुद्धा लगाएर थुन्न पाइन्छ, गिलो आँची आउँदा विदेशमा उपचार गर्न पाइन्छ, अनि गाँडतन्त्रको विकल्प कसरी हुन्छ ?
जनविरोधी क्रियाकलाप नगर्नु
दिन दशा लागेपछि मान्छेको बुद्धि पनि विपरीत हुन्छ, बर्बराउँछ भन्थे हो रै’छ । अब नेपालका पर्धानमन्तरी खप्रओलाई हेरम न । यतिबेला खप्रओको बर्बराहट सानो छैन । अस्तिका दिन त तिनले औषधी नै खान बिर्सेछन् क्यारे । खै कुन्नि के जाति ठाममा गएर फलाक्दै थिए । राजालाई जनविरोधी क्रियाकलाप नगर्नु रे । हैन हौ राजाले तिमीहरुले जस्तो जनविरोधी क्रियाकलाप कहिले ग¥या छन् ? कागले आफ्नो नाम आफै काढ्छ भन्थे हो रै’छ । तिमीहरुको जनविरोधी क्रियाकलापका विरुद्धमा जनता सडकमा आएका हुन् । जनता जागेपछि बर्बराहट शुरु भा’छ । हिजो राजाको पाउमा दाम चढाएर लम्पसार परेको खप्रओले बिर्सिए पनि जनताले बिर्सेका छैनन् । टीका लगाउन राजाको अगाडि डल्लो परेर उभिएको नेपाली जनताले नदेख्या हो र ? कुन मुखले राजालाई जनविरोधी क्रियाकलाप नगर्नु भन्या होला ? राप्रपाका अध्येक्षे राजेन्द्र लिंगदेनले भनेझैँ भाग्नको लागि हेलिकोप्टरको सुविधा पाउँला ।
विचराहरु जुत्ता भोजन गर्ने भए
यतिबेला नेपालका नाम चलेका, विगत ३५ बर्षदेखि सत्तामा आलोपालो अरोहण गरेका नेताको नाम लिँदा भकु¥याई खाइएला जस्तो भा’छ । ३५ बर्षमा यतिविघ्न दंगदति गन्हाउलान् भन्ने घण्टाघरलाई लाग्या थिएन । अब हेरम न लाउरेसका ल्यापल्यापे काजी–कजिनी,, तिनका किचेन क्याविनेटका भान्सेहरु, झालेमालेका खप्रओ, युवा संघका आइकाजी, ताप्लेजुङको ट्वाइलेट थुनुवा, सुकुम्बासी अर्थमन्त्री, जनकपुरे दंगाली पोख्रेल, माउवादीका सुप्रिमो, लारायन काजी, सुन बोक्ने बर्षमान, अराष्ट्रिय पार्टीका माकुने, झल्ला झलु, लगायत साह«ा गन्काए । गन्हाएकैले जहाँ गए नि जुत्ताको भोजन गराउन जनता सडकमा ओइरीहाल्छन् । जुत्ताको भोजन गराउलान् भन्ने त्रासले यिनीहरु हिजोआज बाहिर फेर निस्कन पनि छाडेका छन् । धन्न नेपालका पुलिसले यिनलाई जोगाइद्या छन् । हैन हौ त्यसरी गन्हाएको चाल पाएसी’ सरक्क चुपचाप बसिदिनु नि ? बन्द कोठामा बसर जनताको मथिंगल तात्ने खालका कुरा गरेर किन तारो बन्नु ? कि कसो हौ ?
अन्त्येमा
सर्वोच्च अदालतले अस्तिका दिन गतिलै चेतावनी दिएछ । सामजिक सञ्जाल र न्यायाधीशहरुको मानमर्दन नगर्नु नत्र …..। ठिक्क पा¥यो सर्वोच्चले दलका झोलेहरुले कम्ता उत्पाद मच्चाएका थिएनन् । सर्वोच्च भन्या सर्वोच्च हो । अझ न्यायाधीशहरुको मानमर्दन त गर्नै हुँदैन । फैसला सुनाउन विचराहरुले कम्ता मेहनत ग¥या हुँदैनन् । चौतर्फी दबाब, एकातिर दलका नेताहरुको दबाब, सरकारमा बस्ने प्युसाहरुको दबाब, झोले झ्याम्टेहरुको दबाब । तै पनि गिलासका पानी पिउँदै फैसला सुनाउँछन् । अब त सर्वोच्च अदालतको चेतावनीले झोलेहरु मत्थर हुन्छन् कि ? तर के हुन्थे लागेका बानी न प¥यो । आफ्नो पक्षेमा फैसला आयो भने न्याय मरेको छैन भनेर स्टाटस लेख्छन्, आएन भने आर्थिक चलखेल भनिहाल्छन् । तै पनि अबचाहिँ तिनको घैटोमा घाम लाग्ला कि ?

तपाईको प्रतिक्रिया