एक युवकले खान थाले भ्यागुता, सर्प र सांग्ला कपाकप

टेलिभिजनमा थरीथरीका कार्यक्रम हेरेर केटाकेटी बिग्रिए भन्ने आरोप बाबुआमाको हुन्छ । टिभीमा अपराधीलाई मृत्युदण्ड दिएको सिको गर्दै केही बालबालिकाहरुले एक बालकलाई झुण्डाउादा बालकको मृत्यु भएको भन्ने खबर पनि सुनिएकै हो । तर टेलिभिजनको सिको गर्ने मामिला अब केवल बालबच्चाको मात्र कुरा रहेन । यहाा त २५ वर्षको लाठे युवकले समेत टेलिभिजन कार्यक्रम हेरेरै त्यसको सिको गर्दै अभक्ष चिज खान थालेका छन् ।
भारतको पश्चिम बंगालका एक युवकले टेलिभिजन कार्यक्रमको सिको गर्दै सर्प, किराफट्यांग्रा तथा भ्यागुतो खान थालेका छन् ।
डिस्कभरी च्यानलमा आउने टेलिभिजन सिरिज ‘म्यान भर्सेस वाइल्ड’ हेर्दा हेर्दा ती युवकको आहारा नै
परिवर्तन भएर सामान्य मानिसले खानै नसक्ने कुराहरु खान थालेका छन् ।
ब्रिटिस साहसी यात्री बियर ग्रिल्सको टेलिभिजन शोमा उनले विभिन्न खालका जनावर तथा किराहरु खाएको देखाइन्छ । त्यसैको सिको गर्दै पश्चिम बंगालस्थित बसिरहाटका २५ वर्षीय राजकुमार दासले कााचो माछा, शंखेकिरा, भ्यागुता, सर्प, सांग्ला जस्ता चिजहरु सामान्य खानेकुरा जस्तै गरी नियमित रुपमा खान थालेका छन् ।
सानै देखि उक्त टेलिभिजन कार्यक्रमका ठूलो फ्यान रहेका दास अहिलेपनि सो कार्यक्रम हेर्न छुटाउादैनन् र कार्यक्रम आउादा टिभीमै झुण्डिन्छन् । ‘मैले ६–७ वर्षदेखि नियमित रुपमा यो कार्यक्रम हेर्दै आएको छु र उनले भ्यागुता, सर्प तथा अरु सबै चिज खाएको देखेको छु । त्यसैले मैले पनि त्यसै गर्ने सोाच बनाएा । सुरुमा मलाई केही समस्या भएपनि अहिले भने कााचो माछा, किटपतंग तथा शंखेकिरा सजिलै खान सक्छु’, उनी भन्छन् ।
आफुले यस्ता चिजहरु खान थालेको लामो समय भएको र आफुलाई कुनै समस्या नआएको उनको दाबी छ । पछिल्लो समयमा आफुलाई निकै भोक लाग्न थालेको र दिनमा ८–१० पटक खान थालेको उनको भनाइ छ ।
आफुले आफ्नो यस्तो असाधारण खाने शैलीलाई टेलिभिजन मार्फत विश्वभर देखाउन चाहेको र त्यस्तो अवसर पाउने विश्वास उनको छ । यदि आफुले यस्तो क्षमता देखाउन पाएमा आफ्नो जिवनस्तर सुध्रिन्थ्यो की भन्ने उनी ठान्छन् । दासका बुवाले मासु पोलेर बेच्ने काम गर्छन् र दास बुवालाई सघाउाछन् ।

तपाईको प्रतिक्रिया