धरान । लालीगुरासको राजधानी टिएमजे (तीनजुरे, मिल्के र जल्जले)े क्षेत्रमा यस बर्ष लाली गुरास समयमै नफुलेका कारण लाली गुरास हेर्न गएका सर्वसधारण यस बर्ष निराश भएर फर्किएका छन् । चैत्र वैसाखमा ढकमक्क फुल्ने लाली गुरास यस बर्ष समयमै नफुलेका कारण लाली गुरास हेर्नकै लागि त्यहाँ पुगेकाहरु निराश भएर फर्किएका हुन् ।
लालीगुराँसको राजधानीका रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थलमा रहेको े तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लाली गुरास नफुल्ःदा यस बर्षआन्तरिक पर्यटकलाई निरास बनाएको हो । विगत वर्षहरुमा सो क्षेत्र गुराँस फूलेर रंगिएको हुन्थ्यो । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले संरक्षण गर्दै आएको यो क्षेत्रमा चैत्रको अन्तिम हप्तामा समेत गुरास नफुल्दा गुरास हेर्न जानेहरु फूल हेर्न नपाए पनि तीनजुरेमा रहेको पाथीभरा मन्दिर दर्शन गरेर फर्कन गरेका छन् । काठमाण्डौबाट लाली गुरास फुलेको हेर्न टिएमजे क्षेत्रमा पुग्नु भएकी गीता खड्काले लाली गुरास नफुले पनि पाथीभरा मन्दिर दर्शन गरेर फर्कन पाएकोमा सन्तुष्ट भएको बताउनुहुन्छ । पाथीभरा मन्दिर अग्लो डाँडा रमरणीय स्थलमा भए पनि यहाँको व्यवस्थापन पक्ष भने फितलो पाएको बताउनुभयो । सौचालयको असुविधाले भक्तजनहरुलाई समस्या भएको उहाँको भनाई छ । धरानबाट लाली गुरास फूल हेर्न पुग्नु भएकी निर्मला खड्काको भनाई पनि गीता खड्काको भन्दा फरक छैन ।


लाली गुरा ढकमक्क फुलेको हेर्न जानु भएकी उहाँले कही पनि लालीगुरास फुलेको देख्नुभएन । काठमाण्डौकी गीता जस्तै धरानकी निर्मलाले पनि पाथीभराको दर्शन गरेर फर्किएको बताउनुभयो । विगतका बर्षहरुमा लालीगुरास नगरपालिकाको बसन्तपुरदेखि माथिे टुटे देउरालीबाट उकालो लाग्ने क्रममा सडकमै यत्रतत्र गुरास राताम्मे भएर फुलेको दृश्यले मन लोभ्याउने गर्दथ्यो तर यस बर्ष चैत्रको अन्तिम साता वितिसक्दापनि लाली गुरास नफुल्दा हेर्न गएका सर्वसाधारण निराश भएका हुन् । विगतमा बसन्तपुरका होटलहरु लाली गुरास हेर्न गएकाहरुले खचाखच भरिएको हुने गरे पनि यस बर्ष भने होटल सञ्चालकहरु समेत फुर्सदिला देखिन्थे । उहाँहरुमात्र हैन लाली गुरास हेर्न गएका धनकुटाकी सुम्निमा कार्की र प्रतिमा जोशीले लाली गुरास हेर्नकै लागि टिएमजे क्षेत्रमा आए पनि नफुलेका कारण हेर्न नपाएको बताउनुभयो । बाट डाँडा रंगिन देखिने अपेक्षा गरेका राई टिएमजे क्षेत्रसम्म पुग्दा सीमित केही रुखमा मात्र गुराँस फूलेको बताउँछन् । २ हजार ६ सय ६० मिटरको उचाईमा रहेको यस क्षेत्रमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न गुराँससँगै डाँडामा रहेको पाथीभरा भगवती मन्दिर केन्द्रविन्द्धुको रुपमा रहने गरेको छ । पाथीभरा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष प्रतिक्षा अधिकारीले पानी पर्न ढिला भएकोले भर्खरै कोपिला लाग्ने काम भएकोले चैत्रको अन्तिमसातादेखि फूल फुलेर वैसाख अन्तिम सातासम्म रहने सम्भवना भएको बताउनुभयो । उहाँले यो सिर्जनमा आन्तरिक पर्यटकको घुइँचो हुने भएपनि फूल नफुलेका कारण सर्वसाधारण निराश भएर फर्किने गरेको बताउनुभयो । मन्दिर व्यवस्थापन पक्षका विषयमा भने उहाँले सुधार गरेर लाने प्रतिबद्धता जनाउनुभयो ।
टिएमजे क्षेत्र मुख्यतः तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लाको सीमामा पर्दछ । यस क्षेत्रमा लाली गुरासको पनि २८ प्रजातिका फूल फुल्ने गरेको स्थानीयहरु बताउँछन् । यस क्षेत्रमा गुराँस फूलेको हेर्न चैत्र वैशाखमा भारतको पश्चिमबंगालबाट विदेशी पर्यटकसँगै, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, उदयपुरलगायतबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन । तीनजुरे–मिल्के–जलजले क्षेत्र डिभिजन वन कार्यालय तेह्रथुम मातहत चैते सामुदायिक वन क्षेत्रमा रहेको छ । लाली गुरासको राजधानी भनेर चिनिएको यस क्षेत्रको प्रवद्र्धनका लागि लाली गुरास महोत्सव विगतमा हुने गरेको थियो । तर कोरोना सक्रमणपछि महोत्सव समेत हुन सकेको छैन । महोत्सवले यस क्षेत्रको प्रवद्र्धनमा थप सहयोग पु¥याएको थियो । यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यस्ता धैरै खालका प्रचारात्मक कार्यक्रम गर्न आवश्य देखिएको छ ।
