महोत्तरीबाट प्रतिनिधिसभमा प्रतिनिधित्व गर्ने सांसद विन्दा चौधरीले प्रतिनिधिसभाको माघ २९ गतेको वैठकमा जलबायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँ नेपाल अहिले क्लाइमेट जस्टिसका लागि बिस्व स्तरमा आवाज उठाइ रहेको छ । हामी हाम्रा हिम नदीहरुमा प्रतिकुल असर परेकोमा चिन्तित छौ । हाम्रो यो चिन्ता जायज पनि छ । र, हामी यसका लागि प्रतिबद्धताका साथ अगाडी बढ्नुको बिकल्प पनि छैन् । नेपालको दक्षिणी फेँदमा पर्ने अति कोमल र संवेदनशिल पर्वत श्रिङ्खला हो “चुरे” । पूर्व देखि पश्चिमसम्म 800 किलोमिटरमा तन्किएको यो क्षेत्रले देशको 13 प्रतिशत भूभाग ओगटेको छ । र यस 13 प्रतिशत भूभागमा देशको आधि जनसंख्याको बसोबास रहँदै आएको छ । देशको ठूलो जनसंख्याको जन जीविका, जलभण्डार, जैविक विविधता चुरे क्षेत्रका तीन महत्वपूर्ण पक्षहरु हुन् । सन् 2020 देखि महेन्द्र राजमार्ग अन्तर्गतको कमला कंचनपुर सडक खण्डको स्तरोन्नति कार्य भइरहेको छ जुन असाध्यै राम्रो काम हो ।

महेन्द्र राजमार्गको 1 हजार 27 किलो मिटर सडक स्तरोन्नति गर्न चाइना रेल्वे–२ इन्जिनियरिङ ग्रुप भन्ने कम्पनीले नेपाल सरकारसँग ग्लोबल टेण्डरमा भाग लिँदै ठेक्का पाएको थियो । बिगत 4 वर्षदेखि निर्माण कार्य गर्दै आएको चाइना रेल्वे–२ भन्ने कम्पनीले सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, नरहा गाउँपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका क्षेत्रमा पर्ने नदीहरुमा अवैध र ब्यापक उत्खनन् गरेको तथ्यहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण हुन ढिला भयो की जस्तो लाग्छ । 2079 चैत 11 गते लहान नगरपालिकासँग दुई वर्षको लागि ठेक्का सम्झौता गर्छ । उक्त सम्झौतामा चाइना रेल्वे–२ ले स्काभेटर वा डोजरको प्रयोग गरि उत्खन्न गर्न पाउने छैन् भनी उल्लेख गरेको छ । खुट्टी र सर्रे खोलाको संगमस्थल देखि उत्तर तर्फको विभिन्न बगर जुन नेपाल सरकारले “संरक्षित क्षेत्र” भनी घोषणा गरेको छ त्यसमा समेत चाइना रेल्वे–२ कम्पनीले गैरकानूनी डोजर र स्काभेटरको प्रयोग गरि उत्खनन् गरेको विषय राष्ट्रि मिडीयामा त आएकै छ , यस बिरुद्ध 2081 मंसिर 3 गते सबोच्च अदालतमा रिट समेत दर्ता भएको छ, सभामुख महोदय । खुट्टी खोला आसपासका वस्तीहरु गम्भिर जोखिम मा परेको छ , कृषि कार्य गरेर जिबिका चलाउने सामान्य किसानहरुको जीवन गम्भीररुपमा प्रभावित भएको छ ।हामी सबैलाई थाहा छ कि नेपाल को जल, जंगल र जमीन हाम्रो सुन्दरता हो। र हामी नेपालीको मुटु हो। हाम्रो पहिचान पनि हो। राजमार्ग आसपास बसोबास गर्ने ठुलो जनसंख्या स्वक्ष अक्सिजन लिनबाट बन्चित भएका छन। नेपाली ठेकेदार वा जोकोही लाई चुरे दोहन गर्दा कानून लाग्ने तर चाइनिज कम्पनिले मधेशको लाइफ लाइन मानिने चुरेको दोहन गर्दा हामी कसरी मौन बस्न सक्छौ ? अतः भविष्यमा नेपाली होस या चाइना रेल्वे–२; कुनै विदेशी कम्पनी होस, कसैले चुरे दोहन नगरिकन निर्माण कार्य गरोस भनी ध्यानाकर्षण गराउन चाहन्छु सिरहामा चाइना रेल्वे–२; ले गरि रहेको चुरे दोहनबारे बिस्तृत जानकारी र अध्ययनको लागि संसदी अनुगमन टोली गठन गरियोस भन्ने समन्नीय सभामुखज्यू संग मेरो हार्दिक आग्रह छ। मधेशका अधिकांश जनताहरुको लागि खानेपानीको मुख्य माध्यम भनेको चापाकल नै रहेको छ । जसको प्रमुख श्रोत भनेको जमिनमुनिको पानी हो । आज भन्दा डेढ–दुई दशक पहिलासम्म 30/40 फिट मुनिबाट पानी तान्न सकिन्थ्यो तर आज 300 फिटबाट पनि पानी तान्न सक्ने अवस्था रहेको छैन् । चुरेको रिचार्ज सिस्टम नै ध्वस्त भैसकेको छ । यसमा प्रदेश सरकार, स्थानिय सरकारको अग्रसरता आवस्यक छ। सिरहाको स्थानिय जनप्रतिनिधिहरु मौन बस्नु हुँदैन। सिरहाका जनप्रतिनिधिहरु त यसमा लागेर गैर कानूनी उत्खनन् लाई नियमन र नियन्त्रण गर्नु पर्ने थियो।
