कामको सम्मान हुनुपर्ने मागसहित नर्सिङ दिवस मनाइयो

धरान । मंगलबार राष्ट्रिय नर्सिङ दिवस । धरानमा समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत नर्सहरुले भव्यसताका साथ मनाएका छन् । विहान प्रभातफेरि पछि उनीहरुले प्रतिष्ठानको उपकुलपतिको प्रांगरणमा एक कार्यक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएका हुन् । नर्सलाई सुरक्षित र सम्मान जनक काम गर्न पाउनुपर्छ भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । कार्यक्षेत्रमा काम गर्दै नर्सहरुले व्यस्थताका बाबजुद उनीहरुले आफ्नो पेशालाई मर्यादित र सुरक्षित बनाउन राज्यलाई झक्झक्याउनकै लागि यो दिवस मनाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स निर्मला बास्तोलालेले बताउनुभयो । उहाँले नर्सहरुरुले सेवाभावको भावना लिएर काम गरे पनि जस नपाउने भएकोले सुरक्षित र सम्मानजनक काम गर्न पाउनुपर्छ भन्ने नाराका साथ नर्सिङ दिवस मनाइएको बताउनुभयो । उहाँले क्षमता अनुसारको काम नपाएको, कामको आधारमा श्रेणीमा वृद्धि नगरेको लगायतका कुरामा नेपाल सरकारले ध्यान नदिँदा नर्सिङ पेशामा लागेकाहरु हरेक बर्ष पलायन भएर जाने क्रम बढ्दै गएको बताउनुभयो ।


यस्तै नर्सिङ इन्चार्ज रमानन्द चौधरीले नर्सहरुलाई जहिल्यै राज्यले उपेक्षा गर्ने गरेको बताउदै सम्मानित पेशा नर्स भएपनि राज्यको नजरमा कहिल्यै नपरेको गुनासो गर्नुभयो । उहाँले कार्यरत संस्था तथा नेपाल सरकारले नर्सहरुलाई जहिल्यै शोषण गर्ने गरेको गुनासो पोेख्नुभयो । यस्तै नर्सिङ विभागकी मेट्रोन कला थापाले नर्सहरु असुरक्षित अवस्थामा असम्मानजनक ढंगबाट काम गरिरहेकोले यस बर्ष सम्बन्धित पक्षलाई नर्सहरुको सम्मान गर्नुपर्छ भन्ने कुरालाई दबाब दिदै नर्सिङ दिवस मनाइएको बताउनुभयो । राष्ट्रिय नर्सिङ दिवस नेपालमा हरेक वर्ष जनवरी महिनाको २८ तारिखका दिन मनाइन्छ । विक्रम सम्वत २०१८ सालमा नेपाल नर्सिङ संघको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २८ मा नर्सिङ दिवस मनाउने गरिन्छ भने अन्तर्राष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन मे १२ मा मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया