काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासले भारतको ७६ औं गणतन्त्र दिवसको अवसरमा नेपालका ६ वटा प्रदेशका २९ वटा शैक्षिक संस्थाहरुलाई २३ लाख ५० हजार मूल्य बराबरका पुस्तक एवम् शैक्षिक सामाग्री प्रदान गरेको छ । माघ १३ गते अर्थात २६ जनवरीका दिन दुतावास परिसरमा आयोजित ७६ औं गणतन्त्र दिवसको भव्य समारोहका बीच दुतावासले पुस्तकहरु प्रदान गरेको हो ।
समारोहमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलनसँगै कार्यक्रम शुभारम्भ भएको थियो । सो अवसरमा राजदुत श्रीवास्तवले नेपालमा विभिन्न पेशा, व्यवसाय तथा बसोबास गर्दै आउनु भएका सहभागी भारतीय डायस्पोरका सदस्यहरुलाई ७६ औं गणतन्त्र दिवसको हार्दिक शुभकामना दिनु भएको थियो । भारतीय गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिद्वारा देशबासीका नाममा शुभकामना सम्बोधन दिने परम्परा रहँदै आएको छ । भरतीय राष्ट्रपति द्रौपदी मुर्मुद्वारा देशबासीका नाममा व्यक्त सम्बोधन प्रशारण गरिएको थियो । कार्यक्रममा भारतीय समुदायका सदस्यहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । राजदुत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमति र निकटका नातेदारलाई नेरु ५ करोड रकम वितरण गरी उहाँहरुको सम्मान गर्नुभएको थियो । यसका साथै भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमति र निकटतम नातेदारहरुलाई २३ करोड २९ लाख रकम समेत वितरण गरिएको थियो । उक्त रकम आर्मी गु्रप इन्स्योरेन्स (एजीआइ) कार्यक्रम अन्तर्गत सन् २०२४ का लागि डेथ इन सर्भिस, एक्सिडेन्ट इन्स्योरेन्स र एजीआइ परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश रहेका थिए ।


भारतीय राजदुतावासद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ भारतीय राजदु्तवासले नेपालमा बसोबास गरिरहनु भएका भूतपूर्व भारतीय सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी कार्यक्रमहरु समावेश गरिएको भूपू पत्रिका २०२५ समेत राजदुत श्रीवास्तवले लोकर्पण गर्नुभएको थियो । विज्ञप्तीमा अगाडि भनिएको छ दुतावासद्वारा प्रदान गरिएका पुस्तकहरु दुर्गम क्षेत्रमा रहेका विद्यार्थीका लागि अति उपयोगी हुने दुतावासले विश्वास व्यक्त गरेको छ । पुस्तकका लागि दुर्गम जिल्लाका विद्यालयहरुले आग्रह गरे बमोजिम प्रदान गरिएको हो । कार्यक्रममा २०८१ कार्तिक २६ गतेदेखि मंसिर २६ गतेसम्म आयोजित भारतको जानिए (विकेजे) क्विजमा नेपालका शीर्ष ५० स्कोरहरुलाई सर्टिफिकेट र एचिभमेन्ट प्रदान गरी सम्मान गरिएको थियो । विकजे क्विजको प्रमुख उद्देश्य विदेशी नागरिक तथा विदेशमा बस्ने भारतीय समुदायको भारतका प्रतिको ज्ञान र बुझाईलाई थप अभिवृद्धि गर्नु रहेको थियो । पुरस्कारको अंशको रुपमा विश्वभरका क्विजका शीर्ष ३० विजेताहरुलाई यस महिनाको शुरुवातमा २ हप्ते विकेजे यात्राका लागि भारतमा आमन्त्रित गरिएको थियो । विजेताहरुमध्ये नेपालका निखिल कुमार दाश पनि रहेका थिए जसले भारतको विशेष यात्रा गर्ने अवसर प्राप्त गरेका थिए । कार्यक्रममा विगतका बर्षहरुमा भारत नेपाल सम्बन्धमा भएको प्रगतिका सम्बन्धमा सहभागी एवम् आमन्त्रित विशिष्ट व्यक्तित्वहरुका बीचमा भिडियो मार्फत जानकारी गराइएको थियो । यसैगरि भारतीय राजदुतावा परिषरमा रहेको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरुले मनोरञ्जात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।







