सुन्तलाको उत्पादन कम हुँदा माग धान्नै समस्या

धरान । अहिले सुन्तालको पिक समय हो । पूर्वी पहाडी जिल्लामा उत्पादन भएका सुन्तलाको माग अत्याधिक भए पनि उत्पादन कम हुदा माघ धान्नै गाहूो भएको कृषि उपज बजारले जनाएको छ । पूर्वी पहाडी क्षेत्रमा यतिखेर सुन्तलाको सिजन सुरु भएको छ । तर गतवर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लाहरुमा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ । धरानस्थित कृषि उपज बजारस्थलका अनुसार गत वर्षको तुलनामा ५० प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष यो सिजनमा पौष मसान्तसम्म कृषि उपजबजार स्थल धरानमा ४५ सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । तर, यो वर्ष ३५ सय सय मेट्रिक टन बराबरको सुन्तलाको कारोबार भएको कृषि बजारले जनाएकौ छ । उत्पादन कम हुदा सुन्तलाको मूल्यमा बृद्धि भएपनि माग धान्नै गाह«ो भएको छ । पहाडी क्षेत्र अर्थात उत्पादन भएकै स्थानमा पुगेर विक्रीका लागि ल्याउने गरेका व्यापारीहरुले बोटमै सुन्तलाको मूल्य उच्च रहेको भएपनि माग धान्न कठिन भएको बताएका छन् ।

बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाबाट सुन्तला आउने गर्दछन् । कृषकले बोटमै प्रति केजी १ सय देखि १ सय ५ रुपैयासम्म लिने गरेको र ढुवानी खर्च सबै जोडेर यहा उपभोक्ताले १ सय ५० रुपैया पर्ने कृषि बजारका थोक विक्रेता लाल बहादुर बस्नेतले बताउनुभयो । गत बर्ष यही सिजनमा उपभोक्ताले १ सय रुपैयासम्म तिरेर सुन्तला खरिद गरेका थिए । यस बर्ष जाडोको मौसममा त्यति चाडो नभएकै कारण यस पटक सुन्तलाको माग उच्च रहेको धरानस्थित कृषि बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पर्शुराम कटुवाल बताउनुहुन्छ । उच्च माग भए पनि उत्पादन कम हुदा माग अनुसार धान्न नै मुस्किल परेको बताउनुभयो । सुन्तला उत्पादनमा कमी आउनुको मुख्य कारण सुन्तलाको बोट मर्नु र फुल लागेको वेलामा झर्नु हो । सुन्तलामा देखिने यस्ता रोगहरुको निदानबारे सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ । जसले गर्दा सुन्तला खेतीमा आश्रित रहेका कृषकहरुको पेशा सुरक्षित हुने थियो ।

तपाईको प्रतिक्रिया