मन्त्रीलाई झ्याम कि झ्याम
नेपालका विजुलीमन्त्री आच्या दिपक काजीको पनि दिन साह राम्रा देखिएका छैनन् । जिन्दगीमा पहिलो पटक बुढानिलकण्ठे बाबा र माताको चाकडी गरेर विजुली मन्त्रालयतिर छि¥या थिए । तर झमेलै झमेलामा विचराको दिन वित्न थाल्या छ । कहिले स्काउटको जग्गाको किचलो, कहिले खोलाको लाइसेन्स झोलामा हालेर हिडेको किचलो, कहिले के के को किचलो त कहिले के को किचलो । गएको हप्ता त झन विचराको दिन साह«ै नमज्जाले बित्यो । मन्त्रालयमै विचरामाथि आक्रमण भएछ । विजुली मन्त्री भएपछि यसो फुल्न थाल्या गालामा गोरखातिरका हरि पोख्रेलले झ्याम कि झ्याम बजाइदिएछन् । मन्त्रीको कोठाभित्र चट्याङ्ग–चट्याङ्ग आवाज आएपछि बाहिर उँगेर बसेका सुरक्षेकर्मीहरु दौडिएर भित्र पस्दा त विचराको दुवै गाला लाल लाल भा’थे । सुरक्षेकर्मीले झोलुङकुटी बनाउँदै पोख्रेललाई बाहिर निकाले । मन्त्रीलाई नै बजाउनेमाथि अबचाहिँ दह«ै कारबाही हुने भयो भन्या त फुइøयाँ हुन्थ्यो ? जोरीपारिले थाहा पाए इज्जतै लिलाम हुने डरले उल्टै छोडिदिन विजुली मन्त्रीले आदेश दिएछन् । क्या वात ?
सरकारमा जान हतार छैन रे

पहरोमा गएर टाउको ठोके पनि सिंहदरबार भित्रको कुर्सीमा बस्ने हैसियत नभाका माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउले भन्या सरकारमा जान हतार छैन र । तिनले हतार गर्दा नि केही लछरिदैन, नगर्दा पनि केही लछारिदैन । विगतमा वल्लो घरकोलाई रिझाएर सिंहदबार छिर्ने अनि खपटपट भएसी’ पल्लो
घरकासँग हस्तमिलान गरेर टिकिरहने पासा खेलेका प्रचण्डाउको पासा पल्टनै छाडेको छ । पासा पल्टन छाडेसी विचरा कम्ता तिल्मिलाएका छ्रैनन् । कहिले स–साना गिद्धका झुण्डहरु बटुल्छन् र पर्धानमन्तरी खप्रआले राजीनामा दिनुपर्छ भन्छन् । खप्रओको राजीनामा माग्छन् । राजीनामा माग्न त आफूसँग सरकार बनाउन सक्ने हैसियतको संख्या हुनुप¥यो नि । विचरालाई समय कटाउन गाह«ो छ । हिजोआज यस्तै पानीमा छाडेको अपानबायु जस्ता गफ हानेर भित्रभित्रै पिल्सिएका छन् ।
निधोरै काजीको चेताउनी
निधौरे काजी आच्या लाउरेसका मुखिया र्याले बाले अस्तिका दिन लाउरेबाट सरकारमा सहभागी भा’का मन्तरीहरुलाई घण्टाघरले समेत पत्याउन नसक्ने चेतावनी दिएछन् । त्यो पनि आफन्ै दरबारमा बोलाएर त्यस्तो चेताउनी द्या हुन् । अब ्रहेरम न उनले अचानक लाउरेसका तर्फबाट मन्त्री भा’काहरुलाई भ्रष्टाचार गरेको थाहा पाए भने बाँकी राख्दिनँ भनेछन् । र्याले काजीको त्यस्तो कुरा सुनेपछि घण्टाघरलाई उदेक लाग्या छ । लाग्ने भयो नि । आफूले वान्ता हुन्ज्याल भ्याइ हाले । अरुलाई नखा भन्नु त मनासिश भएन नि । विचरा अहिले मन्तरी भा’काहरु भोलिका दिनमा फेरि मन्तरी नै हुने कुनै ग्यारेन्टी नै छैन । अहिले पनि नभ्याए विचराहरुले ककिले भ्याउने ? बात करता है ?
बिचरा माकुने क्या गर्दा हुन् ?
एकीकृत समाजवादीको जामा लगाइदिएर आफ्नै घरमा आगो झोसेर कुखुराको पोथीले चाक हल्लाएझै हल्लाएर हिडेका माकुनेको राजनीति हरिविजोग होला जस्तो छ । झालेमाले छोडेर माकुनेका पछि लागेकाहरु यतिबेला धमाधम झालेमालेमा फर्कन थाल्या छन् । यसो वातचित गरेर आफू पनि फर्कनु पर्ला भन्ने सोच बनाउँदै गरेका माकुनेलाई शंकर पोख्रेलको भनाईले नमिठो झस्काइदिएको छ । पोख्रेलले एकीकृत समाजवादीका माकुने बाहेक अन्य नेता कार्जेकर्ताका लागि झालेमाले पार्टीको ढोका सदैव प्रवेश गर्न खुल्ला रहेको भन्या थिए । जब मान्छेको घमण्ड र भुडी बढ्छ त्यसपछि उसले चाहेर पनि कसैलाई अंगालो हाल्न सक्दैन । चेतना भया माकुन्याउ ?
घण्टेका छाउराहरुको भागाभाग
नेपालको इतिहासमै सहकारी ठगको मानपदवीबाट विभूषित घण्टेको मलद्वारलाई हरिद्वार सम्झेर कहिले पोखरा, कहिले चितवन, कहिले काठमाण्डौमा भजन गाउँदै हिडेका घण्टेका छाउराहरुको यतिबेला भागाभाग शुरु भएको छ । घरको ढलान गर्दा त्यही झुण्ड कहिले एक ठाउँमा, कहिले अर्को ठाउँमा पुगेझै पुग्ने गरेका छाउराहरुको भागदौडचाहिँ बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेपछि शुरु भएको हो । झुटो प्रचार गर्न, सामाजिक सञ्जालमा आमा चकारी, बाउचकारी गाली गर्न प्रशिक्षित छाउराहरु अब के गर्दा हुन् ? घण्टेका छाउरा बन्न जथाभावि बिना लगाम मुख छोड्न पारंगत हुनै पर्छ । अब अधिवक्ता त्रिपाठीले यिन्का करङ्ग दोब्रयाउने भएसी’ विचराहरु कहाँ जुठे कहाँ जुठेकी आमा भएर भाग्या छन् ।
जुत्ताको मूल्य ५५ हजार
प्रचण्डाउ सत्ताबाट सडकमा आएको पनि आधा दर्जन महिना भयो । मन वहलाउन उनी अस्तिका दिनदेखि विराटनगरतिर टहलिदै छन् । कहिले आफ्ना नन्दीभृंगी दुई चार जना पछुवा लगाएर मनिङ्गवाकमा हिड्छन, कहिले सडक किनारामा पोल्दै गरेको भक्का किनेर कोट्याई कोट्याई खान्छन् । ताजुव लाग्ने कुरा त सर्वहारा वर्गको नेता हुँ भनेर खुब फलाक्थे तर उनले मनिङ्गवाकमा लगाएको जुत्ता मात्र ५५ हजारको रै’छ । जुुत्तामात्र ५५ हजारको लगाउनेले अर्थोक कति महँगा प्रयोग ग¥या होला ? उहिल्यै गणेशमानले भन्या थिए नेपाली जनता भेडा हुन् । भ्या गरेर एउटाले खोल्सीमा हाम फालेपछि सबै भेडा भ्याकी भ्या गरेर खोल्सीमै हाम फाल्छन् । ५५ हजारको मनिङ्गवाक जाने जुत्तामात्र खरिद गर्न तिम्रो औकात के हो भनेर सोध्नु पर्दैन ? यो घण्टाघर पनि वित्थामा छुचो हुन्छ । किन टाउको दुख्या होला ? मेहनत गरेर फुइøााँ पनि त्यति महँगो मनिङ्गवाकको जुत्ता किन्न सकिदैन । बाकी Ïलोरका लागि ।
नेपाला जस्को चर्चा छ
नेपालँ यतिबेला व्यापक चर्र्चा छ रवि, जीवि, छविको । गुमनाम से अच्छा बदनाम ठीक भन्थे हो रै’छ । जति धेरै ठग्नसक्यो त्यति धेरै चर्चा । पहिला पहिला ठग्नुलाई महापाप मानिन्थ्यो । अहिले त ठग्न नसके इज्जतै रहन्न । यी राष्ट्रिय ठगको सबैभन्दा ठूलो खुशी भन्याचाहिँ ठग्दा, दुनियाले थुक्दा, प्रहरी हिरासतमा बस्दा पनि हिङच्च गरेर हाँस्नु नै हो । जस्का मुखमा नि चर्चा छ त्यस्तो ठगेर पनि कति साह«ो नकचरा हँ ? अझ यिनका नन्दीभृंगी, भूत, पिसाचहरु त तिनै ठगको देवत्वकरण गर्न लाग्या छन् । हैट चर्चा होस् त यस्तो ।
अन्तेमा
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले पनि अस्तिका दिन झापड मुक्काको स्वाद पाएछन् । झापाको जामुनवारी चौकमा विद्युत प्राधिकरणका कर्मचाराले थापालाई तोरीको फूल देख्ने गरी बजाएछन् । बजाउने भए नि । विद्युत मर्मतका लागि हिडेका कर्मचारीको गाडीलाई अनावश्यक ओभर टेक गरेर ठालु पल्टन खोज्दा धन्न मुक्का मात्र भेटेछन् । काम न काजसँग पिएसओ समेत लिएर हिडेका थापाले दिउँसै सुरापान समेत ग¥या रै’छन् । गर्ने भए नि शनिवार पिक्निक खाएर उग्दै अरुलाई म भिआइपी हुँ भन्दै थर्काएपछि खाने नै मुक्का हो । अब नेता बजाउने अभियान झापाबाटै शुरु भए जस्तो छ । बेलैमा बुद्धि पु¥याउ है नेता हो ?
