धरान/आजभन्दा झण्डै ३२ बर्ष अगाडि धरानमा सचेत र प्रवुद्ध व्यक्तिहरुको प्रयासमा सप्तकोशी नदीको पानी ल्याई पिण्डेश्वर बाबाधाममा ल्याई पढाएपछि शुरु भएका बोलबम परम्पार आज धरानको र्धािर्मक परम्पराको दृष्टिले महत्वपूर्ण कोशे ढुंगा सावित भएको छ ।
वि.सं. २०४१ सालमा चतराबाट सप्तकोशीको पानी ल्याइ पिण्डेश्वर मन्दिरमा चढाउन थालेपछि शुरु भएपछि धरानमा बोकलबमको शुरुवात भएको पिण्डेश्वर बाबा धाम सििमतिका पूर्व अधयक्ष कृष्णप्रसाद श्रेष्ठको कथन छ ।
साउन महिनाको प्रत्योक सोमबार हिन्दु धर्मालम्बीहरुका आराध्यदेव विशलाई पानी चढाउादा पुण्य प्राप्ति हुने धार्मिक वर्णन अनुसार हिन्दु धर्मालम्बीहरु मात्र हैन गैर हिन्दुहरु समेत बोलबम भनदै पिण्डेश्वरमा नांगा खुट्टा पानी चढाउन पुग्छन् । साउन महिनाको पहिलो सोमबार अर्थात ४ गते पिण्डेश्वर बाबाधाममा अत्याधिक भीड देखियो । धरान भन्दा पनि बाहिरी स्थानबाट आएका भक्तजनहरु बाहुल्यता देखिएको व्यवस्थापन समितिका सदस्यको कथन छ ।
खासगी राउनको तेस्रो अर्थात अन्तिम सोमबार भक्तजनहरुको विगतमा अत्याधिक भीड देखिन्थ्यो । तर यस पटक पहिलो सोमबार नै भक्तजनहरुको धरान–३ तुर्केदेखि मन्तिरसम्म देखियो । सप्कोशीको पवित्र जल चढाउन भक्तजनहरु आइतबार सााझै जल बोकेर धरान आइपुगेका थिए । भक्तजनहरुको दर्शनलाई व्यवस्थित बनाउन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरशीशंकर अग्रवालको अध्यक्षतामा १ सय १ मुल आयोजक समिति गठन समेत गरिएको छ । विगतका बर्षहरु झै यस पटक पनि विभिन्न सामाजिक संघ संस्थाहरुले नि:शुल्क रुपमा पानी , स्वास्थ्य शिवविर, एम्बुलेन्स लगायतका सुविधा भक्तजनलाई प्रदान गरेका छन् ।
पिण्डेश्वर बाबा धाममो महिमालाई पथिक कवि स्वर्गीय लक्ष्मीप्रसाद आचार्यले मृत्यु पर्यन्तसम्म देश तथा विदेशमा प्रचार प्रसार गर्नुभएको थियो । बौद्धिक शास्त्रहरुको गहन अध्ययन गरी धर्म शास्त्र अनुसार पिण्डेश्वर बाबाधामको महिमालार्य पस्तकका रुपमा प्रकाशित गरी पथिक कवित आयाचर्यले भारतको विहार, दार्जिलिङ्ग, सिक्किम, आसाम, नेपालकै विकट पश्चिमी जिल्लाहरुमा पुर्याउनु भएको थियो । चन्दा स.कलन गरी प्रकाशित ती पुस्तकबाटछ वास्तकिविकता र यथार्थताको जानकारी भिएपछि पिण्डेश्वर बाबा धाममा भक्तजनहरको घुइचो लाग्न थोको हो । पिण्डेश्वर बाबा धाममा आउने अधिकांक भक्तजनहरु भारतको सिक्किम, सिलुढी, विहार र नेपालको पश्चिमी भागबाट ज्यादा आउने गरेका छन् । पथिक कवि आचार्यद्वारा प्रकाशित पुस्तकमा धरानस्थित रहेको पिण्डेश्वर बाबाधाम शीर भएको र भारतको वैधनाथ धाम पुच्छर भएको शास्त्रीय आधारमा प्रमाणित गरेको छ ।
आचार्यको पुस्तक प्रकाशित हुनु भन्दा अगाडि धरानबाट समेत बोलबमका तीर्थयात्रीहरु भारतको वैधनाथ धाम पुग्ने गर्थे । तर यो क्रम विगत धेरै बर्षदेखि रोकिएको छ र पूर्व अध्यक्ष कृष्णपइंसाद श्रेष्ठ भन्नुहुन्छ मन्दिर परिसरमा अझ धेरै काम गर्न बाााकी छ ।, श्रेष्ठकै कार्यकालमा मन्दिर परिषरमा धर्मशाला, खानेपानीको समुचित व्यवस्था भएको थियो । जे होस्् पिण्डेश्वर बाबा धाममा पहिलो दिनै ५० हजार भनदा बढी भक्तजनहरुले शिवलिंगमा पानी चढाएका छने । यो संख्या आउादा सोमबार अझ बढ्ने पनि आयोजकको विश्विास छ ।
