चाडवाडका समयमा सुरक्षामा सुनसरी प्रहरी सक्रिय रहने

धरान । चाडवाडका हुने अपराधिक घट्ना, चोरी, कालाबजारी लगायतका क्रियाकलापलाई मध्यनजर गरी सुनसरी प्रहरीले शतर्कता अपनाउदै सुरक्षालाई मजबुत बनाउने भएको छ । प्रहरी पर्धान कार्यालयले पठाएको सकुलर कोशी प्रदैश प्रहरी कार्यायलले पठाएको १८ बुदे सर्कुलर अनुसार सुनसरी चाडवाडलाई सुरक्षित र मर्यादित बनाउन क्रियाशील बनेको हो ।
नेपालीहरुको चाड दशै, तिहार तथा छैठ पर्वलाई मध्यनजर गरी सुनसरी प्रहरीले जिल्ला मातहतका सबै इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, पोष्टहरुमा सुरक्षालाई मजबुत बनाउन सुनसरी पहरीले सर्कुलर जारी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सुमनकुमार तिम्सिनाले बताउनुभयो । उहाँले मातहतका प्रहरीहरुलाई प्रहरी प्रधान कार्यालयले पठाएको सर्कुलर अनुसार प्रहरीलाई तैनाथ बनाइएको बताउनुभयो ।

उहाँले नेपाल र भारतको सीमा नामा हुने चौरी निकासी, लागू औषध कारबारीलाई नियन्त्रण, सडक दुर्घटनालाई मध्यनगर गरी चेकजाँचलाई कडाईसँगै मातहातका प्रहरीहरुलाई अलट भएर बस्न निर्दैशन दिइसकेको बताउनुभयो । उहाँले सर्कुलर अनुसार सरकारी कार्यालय तथा महत्वपूर्ण कार्यालयको सुरक्षा व्यवस्था मिलउने, मठ मन्दिर तथा धार्मिक स्थलहरुको सुरक्षा व्यवस्था मिलाउने, सडक सुशासन तथा सार्वजनिक यातायातको सहज आवागमनसँगै दुर्घटना न्यूनिकरण गर्ने सम्बन्धमा ट्राफिक प्रहरीसँग समन्व्य गरेर संयुक्त चेकजाँच गरिने, पटका तथा विस्फोटक पदार्थको ओसारपसारमा रोक लगाउने, जुवातास, डाइसलगायतका खेलहरुलाई रोक लगाउने लगायतका कुरालाई नियन्त्रण गर्न प्रहरी सक्रिय रहने उहाँले जानकारी दिनुभयो
चाडवाडका समयमा हुने अप्रिय घट्ना तथा चोरी डकैती चाडवाडका समयमा बढी हुने भएकोले आफूसँग भएको प्रहरी जनशक्तिलाई परिचालन गरी जतिसक्दो चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउने प्रहरी सक्रिय रहेकोले यसमा सबै पक्षले प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया