धरान । देश भरमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु मध्येको उत्कृष्ट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अध्ययन अध्यापन सगै उपचार सेवाहरु समेत थप गर्दै आएको छ । अध्ययन अध्यापन, अनुसन्धान र उपचार समेत अब्बल मानिदै आएको प्रतिष्ठानले जलेका विरामीहरुको उपचारका लागी छुट्टे सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका विरामीहरुको उपचारका लागी प्रतिष्ठानले काठमाडौ उपत्यका वाहिर पहिलो पटक वर्न सेन्टर सञ्चालन ल्याउन लागेको हो । वर्न सेन्टरको लागी आवश्यक जनशक्ति को व्यवस्थापन भइसकेको र भौतिक पुर्वाधारको काम समेत अन्तिम चरणमा पुगेको ले १ महिना भित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले जानकारी दिनुभयो ।

यो सेन्टर सञ्चालनमा आए पछि जलेका विरामीहरुले उपचारका लागी काठमाडौ जानु पर्ने बाध्यताको अन्त्य हुने छ । उपकुलपति गिरिले बीपीमा आइसियुको कमीका कारण बिरामीले सास्ती भोग्नु परेकोमा चालु आर्थिक वर्ष भित्र क्षमता बिस्तार गरी १५० वटा आइसियु बेड सञ्चालन ल्याइने समेत बताउनुभयो । १५० बेडको अस्पतालबाट सुरु भएको प्रतिष्ठानमा हाल ९१३ बेडको क्षमतामा सञ्चालन रहेको तथा मेडिकल तथा डेन्टलमा विशेषज्ञ चिकित्सक सेवा, मुटु रोगको क्याथ ल्याब, शल्य चिकित्सा सेवा दिदै आएको छ ।
