नेपालस्थित भारतीय राजदुतावासद्वारा हिन्दी दिवसको आयोजना

काठमाण्डौ । हिन्दी भाषा भाषामात्र नभएर एउटा भावना हो, सँस्कृति हो, धरोहर हो भन्ने नाराका साथ नेपालीस्थित भारतीय राजदुतावासले काठमाण्डौस्थित नेपाल भारत पुस्तकालयमा एक भव्य कार्यक्रमका आयोजना गरी हिन्दी दिवस मनाएको छ । हरेक बर्षको सेप्टेम्बर १४ तारेखका दिन भारतले हिन्दी दिवसलाई विश्वव्यापी रुपमा मनाउदै आएको छ । देशभित्र र देशबाहिर रहेका आÏना कुटनीतिक नियोगहरुले हिन्दी दिवसका अवसरमा कविता वाचन, नृत्य, साहित्यमाथि विमर्श लगायतका कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ । सन् १९४९ मा भारतको संविधानसभाले हिन्दी भारतका अधिकारिक भाषाको रुपमा अपनाएको थियो । प्रत्येक बर्षको १४ सेप्टेम्बरलाई हिन्दी दिवसको रुपमा मनाउनुको प्रमुख कारण हिन्दी भाषाको अस्तित्व कायम राख्नु, एक अर्कालाई हिन्दी भाषाप्रति प्रोत्साहन गर्नु र आउने पिढीलाई हिन्दी भाषाको महत्व दर्शाउनु हो ।


दुतावासद्वारा अयोजित हिन्दी दिवसका अवसरमा साहित्यकार एवम् समालोचक प्रा. रामदयाल राकेशले नेपाली र हिन्दी साहित्यको तुलनात्मक विश्लेषण गर्नुभएको थियो । सो अवसरमा उपस्थित अन्य विद्वानहरुले पनि हिन्दी र नेपाली भाषा साहित्य, दर्शन आदिका बारेमा आÏना धारणा राख्नु भएको थियो । यसैगरि दुतावासस्थित केन्द्रीय विद्यालयका विद्यार्थीहरुले र अन्य सहभागीहरुले समेत हिन्दी कविता वाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया