महिलालाई लक्षित गरी आयोजना गरिएको मेलामा १५ लाखको कारोबार

धरान । सुनसरी उद्योग वाणिज्य संघले आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा राखेको तीदिने महिला उद्यमी प्रदर्शनीले महिलाको घरैलु तथा लघु उद्योगसँगै व्यापार व्यवसाय लागेका महिलाहरुको प्रवद्र्धन गर्न सहयोग पुगेको मेलामा सहभागी महिलाहरुले बताएका छन् । मेला सम्पन्न भएसँगै उनीहरुले यस्तो बताएका हुन् । तीनदिनसम्म सञ्चालन भएको सो मेलामा व्यापार व्यवसाय भन्दा पनि आफ्नो सामानको प्रवद्र्धन गर्न सहयोग पुगेको बताएका छन् ।
संघकै कार्यालय परिषरमा आयोजित कार्यक्रममा महिला उद्यमी तथा व्यवसायीहरुले आफूले उत्पादन गरेको तथा आफ्नो व्यवसायिक फर्मको प्रचारप्रसारमा सहयोग पुगेको बताएका छन् । कारोबार जे जस्तो भए पनि महिलाहरुले भने यस्ता मेलाबाट महिलाहरु उद्यमी र व्यवसायिक बन्न सहयोग पुग्ने बताएका थिए । मेलाबाट १५ देखि २० लाख कारोबार गर्ने लक्ष्य लिए पनि त्यति नभए पनि १०देखि १५ लाखसम्म कारोबार भएको सुनसरी उद्योग वाणिज्य संघकी सदस्य एवम मेला आयोजक समितिकी संयोजक बर्षा अग्रवाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महिला उद्यमीलाई समेट्ने प्रयास गरेपनि महिला व्यवसायीहरुलाई समेत प्रदर्शनमा समिटिएको बताउनुभयो ।

मेलामा महिला उद्यमी र व्यवसायिक फर्मबाट गरी ४१ वटा स्टल राखिएका थिए । महिलाहरुको उत्पादन र व्यवसायलाई प्रवद्र्धन गर्नकै लागि मेला आयोजना गरिएकोले मेला सफलतापूर्वक सम्पन्न भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । प्रदर्शनि मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनीमा राखिएका थिए् । महिलाहरुले समय समयमा यस्ता मेलाको अहायोजना गर्न सुनसरी उद्योग वाणिज्य सघलाई आग्रह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया