भावपूर्ण श्रद्धासुमन

आयो टप्प टिप्यो मिति पुग्यो टारेर टर्दैन त्यो †
इन्दै्र विनति गरुन् झुकेर पदमा त्यो विनति मान्दैन त्यो ††
हाम्रा समादरणीय अभिभावक, विभिन्न धार्मिक एवम् सामाजिक संघ, संस्थामा आवद्ध, समाजसेवी
श्री वृजलाल अग्रवालको यही २०७२ आषाढ ६ गते आइतबार भएको अप्रत्यासित एवम्
अकल्पनीय निधनले हामी स्तब्ध र मर्माहत भएका छौं । यस अपुरणीय एवम्
दु:खद्  घडीमा हामी सर्जिमेड तथा गर्ग डेन्टल समूहका सम्पूर्ण परिवार
स्वर्गीय आत्माको चीर शान्तिका लागि भगवान पशुपतिनाथसाग प्रार्थना
गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौं । दु:खको यस घडीमा
शोक सन्तप्त परिवारजनमा
धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै
समवेदना प्रकट गर्दछौं ।
सर्जिमेड तथा गर्ग डेन्टल समूह
एवम्
सम्पूर्ण कर्मचारी परिवार
धरान–१,  पृथ्वीपथ, सुनसरी

तपाईको प्रतिक्रिया