डिपो कपको उपाधि पुलिसलाई

धरान । डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औ ललित अम्वर डिपो कपको उपाधी पुलिस स्कुलले हात पारेको छ । अत्यन्तै प्रतिस्पर्धामक भएको फाइनल खेलमा पुलिस स्कुलले बराह राइजिङ स्टारलाइ १–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पार्न सफल भएका हो । पुलिस स्कुलका अङ्शु बस्नेतले खेलको दोस्रो आफको ८ मिनट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस पछि निर्धारित समय सम्म दुवै तर्फ कुनै गोल हुन नसके पछि पुलिस बिजेता बनेको थियो । बिजेता पुलिस स्कुलले उपाधी सैगै एघार हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता बराह राइजिङले नगद ७ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । तेस्रो हुने देउराली चिल्ड्रेनले नगद ५ हजार १ सय ११ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी बराहका शिशिर कार्की, हाइस्कोरर  बराहका सुबोध कटुवाल, बेस्ट डिफेम्स पुलिसका रोयल चौधरी र बेस्ट गोलकिपर पुलिसका सन्देश कुस्व घोषित भए । यसैगरी फाइनल खेलको म्यान अफ द म्याच पुलिसका अंशु बस्नेत घोषित भए ।


यसै गरि दिलबहादुर प्लेट च्याम्पियना कार्मेल स्कुलले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता मर्निङ स्टारले नगद १ हजार ५ सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।
बिजेता तथा उपबिजेता खेलाडीहरुलाइ कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल ब्यस्वस्थापन समिति अध्यक्ष अम्बर लिम्बू, प्रमुख अतिथी धरान उपमहानगर उपमेयर अइन्द्र बेघा, भिमज्वाला राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई, ब्यवस्थापन समिती सदस्य सुर्य पन्धाक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको खेलमैदानमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया