दलेरै सिध्याइदिने भए
आलोपालो सत्ताको चास्नी डकारेर उन्मत्त भैरव भा’ का लाँग्रेस, झालेमाले, कमाओवादी, भैस ग्वाला, माकुने खै केजाति हो त्यो कुन्निले पहिचानवादीहरुलाई निमिट्यान्न बनाउन कोशी प्रदेश नामांकन
गरे । अब अहिले आएर तिनलाई कोशी पर्देश नाम भालुको कन्पट भा’छ । भालुबाट उत्रिउ भने भालुले सिध्याइहाल्छ । नउत्रत्रिउ भने कहिलेसम्म भालुसँगै दौडिरहने ? क्या फँसाद । यतिबेला अपुताली पारेर जन्माएको कोशी प्रदेश लेख्या बोर्ड देख्यो कि पहिचानवादीहरुले कालो दलेर कुरुपै बनाउन थाल्या छन् । कोशी पर्देश देख्यो कि त्यसमा कालो पोतियो भन्ने सर्लक्कै बुझे हुन्छ । अर्काको पहिचान मेटाउनु हुँदैन भन्ने कुराको अलिकति त ख्याल गर्नुपर्ने थियो । पहिचानवादीहरुको पहिचान मेटाउने त छदै थिए । आफ्नै जात भाइहरुले समेत छिर्के लगाइदिएर सत्यानाशै गरे । रुख काट्ने
बञ्चराको बीँड पनि काठकै हुन्छ भन्थे हो रै’ छ । –गुइँठे
पानी छोडेर एयरपोर्टको धन्दा

धरानेहरुलाई पानी खुवाएरै छाड्छु भनेर हौवा पिटी मेयरमा जितेका हर्कसँग धरानेहरु पछुतो गर्न थाल्या छन् । धरानेहरुलाई पानी ल्याउन नसक्ने भएसी’ हर्कको धन्दा यतिबेला एयसरपोर्टतिर सोझिएको
छ । एयरपोर्टका लागि कति जग्गा चाहिन्छ, यसका पूर्वाधारहरु के के हुन भन्ने सामान्य ज्ञान समेत नभाका अल्पज्ञानीको एयरपोर्ट धन्दा विचित्रको छ । एउटा एयरपोर्टबाट अर्को एयरपोर्टको दूरी कति हुनुपर्छ भन्ने सम्म थाहा नभएका हर्कले एयरपोर्टको धन्दा चलाएर किन जगत हँसाएका होलान् ? धरानेहरुलाई एयरपोर्ट भन्दा पनि पानी आवश्यक हो । पानीको व्यवस्था गर्न नसकेपछि एयरपोर्ट कि एयरपोर्ट भनेर लिगलिगे दौडमा रहेका हर्कलाई प्राविधिकहरुले ९३ विगाह जग्गा चाहिने भन्दिएपछि एयरपोर्टको धन्दा पनि चल्ने नदेखेपछि हाल अर्को धन्दाको खोजीमा लाग्व्या छन् रे । –गँजडी
कमिशनखोर सरकार
गाँडतन्त्रका महाराजहरु यतिबेला नराम्रोसँग नांगिएका छन् । गाँडे महाराजहरुको मखुण्डो डा. अमरेशकुमार सिंहले उदांगो बनाइदिएपछि साह्राले जिब्रो टोकेका छन् । एनसेल विक्रीबाट लाँग्रेसका महाराज, एमालेका महाराज, माउवादीका महाराज, माकुने, उपिन्दर जादव सबैलाई दह«ै भागबण्डाको सहमति भएछ । नेपालतिरै पैसा लिँदा अरुले चाल पाउँछन् भनेर सिंगापुरमा डलरमा लिने सहमति भएछ । हिजोमात्र गाँडतन्त्रका महाराजहरु एक एक गरेर फु–फुत्त सिगापुर किन दौडिन्छन् भन्या त वात मालको रै’छ । पशुपति शर्माले त्यसै लुट्न सके लुट कान्छा भनेर फलाक्या त हैनन् नि । –भङ्ज्याहा
चुलो नि छाडेनन्
देशका भार भनेर सर्वत्र निन्दा गरिएका कोशी पर्देशका एकचालीस जना सांसदले यतिबेला गति नै छाड्या छन् । हुन त तिनले गिलोमा मानिसको नरक र साह«ोमा ढुंगाबाहेक सबै हसु¥याछन् । यी बोझहरुले दुई चार हजार पर्ने विजुली चुल्हो पनि छोडेनन् । यतिसम्म गिर्लान् भनेर कसैले सोच्या नै थिएनन् । गिर्न पनि कति गिरेका होलान् ? त्यसै प्रदेशसभा खारेज गर्नुपर्छ भनेर जनता उफ्रिएका होइनन् । गाँडे महाराजहरुले आफ्ना झोले, हुक्के, वैठकेहरुलाई व्यवस्थापन गर्न प्रदेश बनाए । जनता र देश धितो राखेर तिनलाई ठुँसाएको ठुँसायै छन् । जाबो विजुली चुल्होधरि नछोड्नेले अर्थोक के चाहिँ बाँकी राख्या होलान् ?–लुइँठे
झ्याम्मै समातिएछन्
नेपालका राजनीतिक दलकाहरु कोही भ्रष्टाचारी भएर सिद्धिने भए, कोही हावा गफ जोतेर सिद्धिने भए, कोही गुण्डागर्दी गरेर सिद्धिने भए, कोही हत्या आरोपबाट सिद्धिने भए तर झालेमालेचाहिँ अनैतिक माने परस्त्रीगमन गरेरै सिद्धिने भयो । कहिले युवा संघका केन्द्रीय अध्यक्षको पार्ट एक दखि पार्ट ८ सम्म सिरियल परस्त्रीसँग जोडिएको समाचार आउँछन् । कहिले कुन झालेमाले नेताको आउँछ । अब त हुँदा हुँदा स्थानीय स्तरका झालेमाले नेताहरु पनि परस्त्री गमन गर्दा गर्दै धमाधम पक्राउ पर्न थाल्या छन् । रामधुनी नगरपालिकाको वडा नं. ७ का वडाध्यक्ष केशव गौतमलाई धरानको एक होटलबाट मैयाँसहित प्रहरीले झ्याम्मै अँठ्याएछ । विनाशकाले विपरीत बुद्धि भन्या यही हो । जनप्रतिनिधि नै अर्काकी जोइमाथि घोडा चढेपछि जनताले के सिक्ने ? –धुन्धुकारी
माकुने लापत्ता
अराष्ट्रिय पार्टीका अध्यक्ष पुतली जुँगे माकुनेको हिजोआज चालचुल छैन । बेला बेला हैसियत भन्दा बढी भुक्ने माकुने किन चुपचाप बस्या होलान् ? कहिले कस्को आलोचाना गर्ने, कहिले कस्को आलोचना गर्ने माकुनेको मुख बन्द हुँदा पनि अरुलाई मात्र हैन घण्टारलाई नि आश्चर्य लाग्य छ । पिै्रmभिसा, फ्रि टिकटका सुत्रधार माकुने युवाहरुलाई वैदेशिक रोजगारका लागि पठाउन व्यस्त भा’त होइन ? मुखले नभ्याए चाकले समेत बोल्ने मान्छेको एकाएक थुतुनो बन्द हुँदा आठौ आ्रश्चर्य जस्तो भा’छ । अर्काका बुई नचढी बाँच्नै नसक्ने तिन्लाई बुई बोक्नेले खदारिदिने धम्की पो दियो कि ? नत्र यस्तो मुर्दा शान्ति त हुनु नपर्ने हो । –बुकुने
जति सरापे पनि हिही
आफ्ना परिवारको व्यवस्थापन गर्न सत्र हजारलाई परमधाम पु¥याउने हाम्रा पर्धानमन्तरी प्रचण्डाउ हिजोआज दाँत देखाएर हिही मात्र गर्न थाल्या छन् । भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको नालायक भन्दा नि हिही गर्छन् । बलात्कारीलाई जोगाएको भन्दा नि हिही गर्छन्, हत्यारालाई आम माफी दिने पिसाच भन्दा नि हिही गर्छन् । माने जे भने हिजोआज प्रचण्डाउ हिही मात्र गर्छन् । हिही गरेरै बत्तीस सिटेले राज ग¥या छन् । क्या गज्जब छ । –बतासे
अन्तेमा
सिंगो देश तताउने अभियन्ता दुर्गा प्रसाईले फागुन १ गते राजालाई राजगद्धीमा बसाउने घोषणा ग¥या छन् । प्रसाईले त्यस्तो घोषना गरेसी’ गणे महाराजहरुको ओठ तालु सुकेकामात्र छैनन् नौनारी गलेर आएको छ । त्यस्तो घोषणा भएसी’ आम सर्वसाधारण भने हर्षित देखिन थाल्या छन् । आखिरीमा प्रसाईले फागुन १ गते नै किन रोजे ? यसमा पनि कुछ न कुछ वात पक्कै छ । अरु दायाँबायाँ दिन, महिना र मिति पनि त तोक्न सक्थे । हेरम प्रसाईको अभियान । –घैँटे
