भारत–नेपाल १७ औं शैन्याभ्यास ‘सूर्य किरण’ उत्तराखण्डको पिथौरागढमा शुरु

पिथौरागढ (उत्तराखण्ड) ।  भारत– नेपाल १७ औं संयुक्त सैन्याभ्यास ‘सूर्य किरण’ भारतको उतराखण्डको पिथौरागढमा मंसिर ८ गतेदेखि शुरु भएको छ । संयुक्त सैन्याभ्यासमा भाग लिन नेपालका ३३४ जना नेपाली सेनाको टुकुडी दुईदिन अगाडि नै पिथौरागढ पुगेको थियो । संयुक्त सैन्याभ्यास मंसिर ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने भारतीय रक्षा मन्त्रालयले जनाएको छ । नेपाल–भारत बीच यस प्रकारको सैन्याभ्यास नियमित प्रक्रिया भएको र दुवै देशले यस प्रकारको सैन्याभ्यास पालैपालो गर्ने गरेको रक्षा मन्त्रालयलको वेभसाइडमा उल्लेख गरिएको छ ।


भारत–नेपाल संयुक्त सैन्याभ्यासमा भारतीय सेनाका ३५४ जना सैन्य टुकुडीको कमाण्ड कुमाउ रेजिमेन्ट बटालियनद्वारा गरिएको छ भने नेपाली सेनाको टुकुटीको कमाण्ड तारादलद्वारा गरिएको छ ।
संयुक्त सैन्याभ्यासको प्रमुख उद्देश्य शान्ति स्थापना अभियानमा संयुक्त राष्ट्रसंघको तालिका मुताविक जंगलयुद्ध, पहाडी तथा अनकन्टार स्थानमा आतंकवाद विरोधी अभियान र मानवीय सहायता तथा आपत्तकालीन राहत सञ्चालन कसरी गर्ने भन्ने रहेको छ । जारी संयुक्त सैन्याभ्यासमा ड्रोनको तैनाथी र ङ«ोनभेदी उपाय, चिकित्सा प्रशिक्षण, विमान उडान, पर्यावरण संरक्षणमा केन्द्रित रहेको जनाइएको छ । यस्ता गतिविधिका माध्यमबाट सेनाले आफ्नो परिचालन क्षमता बढाउने, आफ्नो युद्ध कौसलतामा निखार ल्याउने र चुनौतिपूर्ण परिस्थितिमा आफूलाई कसरी समन्वयकारी र मजबुत बनाउनेमा केन्द्रित रहने जनाइएको छ । अर्कोतर्फ भारत–नेपाल संयुक्त सैन्याभ्यासले दुवै देशको सेनाले आफ्ना विचार र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गर्नेछन् । दुवै देशका सेनाका उत्कृष्ट व्यवहार कार्यकौशलता एक अर्कामा आदानप्रदान गर्ने एकले अर्कोलाई बुझ्ने अवसर समेत प्राप्त हुने जनाइएको छ । सूर्य किरण सैन्याभ्यास भारत र नेपालबीचको वर्तमान मैत्रीपूर्ण सम्बन्ध एक अर्काप्रतिको विश्वास, दुवै देशबीचको गहिरो साँस्कृतिक सम्बन्ध थप मजबुत हुने विश्वास भारतीय रक्षा मन्त्रालयले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । सँगै व्यापक रक्षा सहयोगप्रति दुवै देशको अटुट प्रतिबद्धतालाई समेत संयुक्त सैन्याभ्यासले प्रदर्शित गर्दै एक उत्पादक र फलदायी उद्देश्यका लागि साझा मञ्च समेत तयार गर्ने काम गरेको छ । भारत–नेपाल संयुक्त सैन्याभ्यासको सबैभन्दा ठूलो र महत्वपूर्ण उद्देश्य भनेको साझा सुरक्षा प्राप्त गर्नु र दुवै निकट छिमेकी देशबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनु रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया