नामांकन खारेजीमा ऐक्यवद्धता

इटहरी । कोशी प्रदे्श खारेजीका लागि नौ वटा जातीय संघ संगठनहरुले एक साथ आन्दोलन गर्ने ऐक्यवद्धता जनाएका छन् । सुनसरीको इटहरीमा कोशी प्रदेश नामांकन खारेजी आन्दोलनप्रति शनिवार आदिवासी जनजाति संघ संगठनहरुले संयुक्त ऐक्यबद्धता जनाउँदै संयुक्त आन्दोलन गर्ने उद्घोष गरेका  हुन् ।


सभालाई सम्बोधन गर्दै जनजाति संघ, संगठनका प्रतिनिधिहरुले जबसम्म कोशी प्रदेश नामांकन खारेज हुँदैन तबसम्म आन्दोलन जारी रहने बताएका थिए । सभालाई नेपाल शेर्पा संघका केन्द्रीय महासचिव लाक्पा शेर्पा, सुनुुवार सेवा समाजका संघीय अध्यक्ष अमृत सुनुवार, राष्ट्रिय आदिवासी महिला महासंघकी केन्द्रीय महासचिव शोभा सुनुवार, तमु ह्युल छौँज धीका केन्द्रीय उपाध्यक्ष धनमाया गुरुङ, नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष रमेश स्थापित, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष गेल्जे शेर्पा, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, किराँत राई यायोखका केन्द्रीय उपाध्यक्ष तिलक याम्फु राई, कोशी नामांकन खारेजी आन्दोलन संयुक्त संघर्षसमितिका संयोजक रामभक्त कुरुम्बा, नेपाल मगर संघ प्रदेश १ समितिका अध्यक्ष तेजबहादुर मगर, नेवा देय दबु प्रदेश १ समितिका तर्फबाट इन्द्र श्रेष्ठ, केशरमान गुरुङ र रेवतबहादुर तामाङले सम्बोधन गर्नुभएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको अत्यन्तै कडा सुरक्षा व्यवस्था बीच भएको उक्त सभाको अध्यक्षता नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोले तामाङले गर्नुभएको थियो भने सञ्चालन गंगा थापा मगरले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया