धरान/झण्डै एकबर्ष अगाडि धरानका जागरुक युवाहरुको सक्रियतामा गठन भएको धरान एकता समाजले वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आल्मुनियमका ढोका, झ्याल फिटिङ्ग सम्बन्धी तीनदिने नि:शुल्क तालिम दिएको छ ।
समाजद्वारा आयोजित नि:शुल्क उक्त तालिममा धरान, हाासपोसा, इटहरीका गरी ३० जना सहभागी भएको समाजका महासचिव निश्चल मोहन पलिखेले जानकारी दिनुभयो । समाजमा हुने विकृति, विसंगति विरुद्धको अभियानमा सरिक रहादै आएको समाजले वैसाख १२ गतेको भुकम्पबाट प्रभावित जिल्लाहरुमा पुगेर राहत वितरण र उद्धारको कार्यसमेत गरेको थियो ।
आल्मुनियमका ढोका, झ्याल, फिटिङ्ग सम्बन्धी तालिमको एक समारोहबीच इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदम सिजापतिले समुद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै नेपाली कााग्रेसका पूर्व क्षेत्रीय सभापति एवम् महासमिति सदस्य विनोदकुमार राईले शीप र सामाथ्र्यको कमीका कारण आजका युवाहरु कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यहाा सात सय भन्दा बढी एनजिओ, आइएनजिओ छन् । यी सबैले विकृति फैल्याउने भन्दा अर्को काम गरेका छैनन् । आज हामी राष्ट्रियताका कुरा गर्छाै तर हामी पाखण्डी हौ, हामीमा संस्कार छैन । यहााका युवा व्रेनहरु बाहिर पलायन भइरहेको छ । बाहिरबाट आएको रेमिट्न्यासले देश चलेको छ, हाम्रा परिवारहरुको जिविकोपाजर्न भएको छ । यो राम्रो हैन जबसम्म युवा व्रेन र युवा पाखुराले यहाा काम गर्न सक्दैन तबसम्म देश र हाम्रो आर्थिक अवस्था ठीक हुन सक्दैन, राईले भन्नुभयो ।
समाजका अध्यक्ष सन्नी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कााग्रेसका युवा नेता विनोदराज मोक्तान, श्याम पेख्रेल, मिना पुलामी, समाजका संरक्षक सन्दिप श्रेष्ठ, पिआर कन्सल्टेन्सीका प्रेम लिम्बु, गोविन्द बस्नेत लगायतले बोल्नुभएको थियो भने सञ्चालन विजय अछामीले गर्नुभएको थियो ।
