धरान/आवश्यक बन्दोबस्तीका सामानसहित नेपाली कााग्रेसकी केन्द्रीय सदस्य कविता सरदारको नेतृत्वमा नेपाली कााग्रेस सुनसरीका कार्यकर्ता भुकम्पले क्षति पुर्याएका संखुवासभाको सिजुवा गाविसका स्थानीयको घर टहरा निर्माण गर्न एक ३५ सदस्यीय पुन निर्माण टोली शनिवार त्यसतर्फ लागेको छ ।
पुन निर्माण टोलीलाई नेपाली कााग्रेस सुनसरी क्षेत्र १ ले धरानमा स्वागत सहित विदाई गरेको थियो । क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठको अगुवाईमा गरिएको स्वागत तथा विदाई समारोहमा केन्द्रीय सदस्य सरदारले भन्नुभयो, यस अगाडि हामीले भुकम्पबाट प्रभावित संखुवासभा जिल्लाका केही गाविसमा राहत समाग्री पठाइसकेका छौं । हाल सिजुवा गाविसमा जान लागेको टोलीले पुन निर्माणको काम मात्र गर्छ । कतिदिनसम्म उक्त स्थानमा बस्नुहुन्छ त भन्ने सवालमा केन्द्रीय सदस्य सरदारले भन्नुभयो, त्यो यसै भन्न सकिदैन । दुई चार दिन पनि लाग्न सक्छ, दश पन्द्र दिन पनि लाग्न सक्छ । टोलीमा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायत भातृ संघ संगठनका पदाधिकारी समेत रहेको नेपाली कााग्रेसका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिनुभयो ।
