विद्यार्थीको वृत्ति विकासका लागि चित्रकला प्रयोगिता

धरान । चित्रकलाको माध्यमबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकल विद्यालय नगर समितिले विद्यार्थीहरु सामेल गराएर चित्रकला प्रदर्शनीको आयोजना गरेको छ ।
यो समितिले समय समयमा यस्ता क्षमता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ । पछिल्लो समय यो समितिले विद्यार्थीहरुलाई सहभागी गराई चित्रकला प्रदर्शनको आयोजना गरेको छ ।


विद्यार्थीहरुको क्षमता अपार हुने र बालबालिकाको क्षमतालाई चित्रमार्फत प्रदर्शन गर्न सहयोग पु¥याउन पनि चित्रकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक सुदा सोनीले बताउनुभयो ।
प्रतिष्पर्धामा धरान उपमनगरपालिकाभित्र रहेका २४ जना विद्यार्थीहरु सहभागी थिए । यो प्रतियोगितामा सबै समुदायका विद्यार्थी सहभागी रहेको संयोजक सोनीले बताउनुभयो । यसलाई विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने माध्यमको रुपमा लिन सकिने उहाँले बताउनुभयो । समय समयमा यस्ता कार्यक्रम गर्दा विद्यार्थीहरुसँग भएको क्षमतालाई प्रस्फुटन गर्ने भएकोले यो समितिले गरेको कामलाई सबैले मुल्यांकन गर्न थालेको समितिकी अध्यक्ष आरती अग्रवालले बताउनुभयो । यहाँ धरानका सबै विद्यार्थीहरु सहभागिता रहेको बताउनुभयो । विगतमा कर कापले मात्र चित्रकला सिक्ने भएपनि अहिलेका बालबालिकाहरु स्वस्फूर्त रुपमा चित्रकला बनाउने कलामा आकर्षित हुदै गएको चित्रकार महेन्द्र राई बताउनुहुन्छ । चित्रकलाले विद्यार्थीहरुको बौद्धिक क्षमता बढाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । एक बर्ष अगाडि गठन भएको यो समितिले यस्ता धेरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । यो समितिले गरिब विद्यार्थीरुलाई लक्षित गरेर उसको अध्ययन, बस्ने, खाने, लगाउने लुगा, स्टेशनरीका सामानहरु प्रदान गर्ने गर्छ । समितिको छनौटमा परेको विद्यालयलाई यसरी सम्पूर्ण कुराहरु प्रदान गर्ने गरिएको समितिले जनाएको छ । आयोजित चित्रकला प्रदर्शनीमा ४ देखि ७ बर्ष उमेर समूहबाट पिहु अग्रवाल प्रथम, वियान अग्रवाल दोस्रो, पाखी अग्रवाल तेस्रो र मेधांश अग्रवालले सान्तवना स्थान प्राप्त  गरेका थिए । यसैगरी ८ देखि १२ बर्ष उमेरका छात्र तथा छात्रातर्फ नारायण श्रेष्ठ प्रथम, प्राची श्रेष्ठ द्वितीय, समीक्षा श्रेष्ठ तृतीय र अंश अग्रवालले सान्त्वना स्थान हात पार्न सफल भएका थिए । त्यसैगरी १३ देखि १८ बर्ष उमेर समूहका छात्र तथा छात्रामा तेजस्वी अग्रवाल प्रथम, लावनया अग्रवाल द्वितीय, सलोमी लिम्बू तृतीय र आयुष अग्रवालले सान्त्वना स्थान हात  पारेका थिए । उनीहरुलाई प्रमाणपत्र तथा नगदले पुरस्कृत गरिएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया