धरान । भारतको राष्ट्रिय पर्यटन दिवसका अवसरमा सेप्टेम्बर २७ तारेखका दिन धरानका पर्यटन व्यवसायी एवम् अमना टुर्स एण्ड ट्राभल्सका सञ्चालक अलिम अन्सारी (सत्रुघन) लाई सिक्कम पर्यटन बोर्डले सम्मान गर्ने भएको छ । विगत एक दशक भन्दा बढी समयदेखि नेपाली पर्यटकहरुलाई सिक्किमका विभिन्न स्थानको भ्रमण गराई सिक्किमको पर्यटन विकासमा महत्वपूर्ण टेवा पु¥याएको भन्दै उहाँलाई सम्मान गर्न लागिएको हो ।

श्रावण २५ गते धरानस्थित महेन्द्र वहुमुखी क्याम्पसका विविएमका ५५ जना विद्यार्थीहरुलाई सिक्किम भ्रमणमा लैजाँदा सिक्किमका युवा राजनीतिज्ञ मणिकुमार प्रधानले सिक्किम पर्यटन तथा नागरिक उड्यान, वाणिज्य तथा उद्योग, सूचना प्रविधि मन्त्री बेदुसिंह पन्तसँग अन्सारीको उहाँकै घर गान्तोकमा भेटघाट ्रगराउनु भएको थियो । अन्सारीले नेपालका तर्फबाट गान्तोकमा पु¥याउनु भएको योगदानको जानकार मन्त्री पन्तले पर्यटन व्यवसायी अन्सारीलाई राष्ट्रिय पर्यटन दिवस सेप्टेम्बर २७ का दिन सम्मान गर्ने बताउनु भएको थियो । महेन्द्र वहुमुखी क्याम्पसका विद्यार्थीहरुको चार दिने भ्रमणका क्रममा अन्सारीले गान्तोक, छाँगु, नाम्ची, सानदुप्ची घुमाउनु भएको थियो । श्रावण २६ गते मन्त्री पन्तसँगको भेटघाटका क्रममा पर्यटन सम्बन्धी वार्ता भएको व्यवसायी अन्सारीले बताउनुभयो । मन्त्री पन्तले तपाईले धेरै टुरिष्ट सिक्किममा ल्याउनु भएको सुनेको छु, अत्यन्तै खुशी लाग्यो । टिमिटी टि गार्डेनचाहिँ लैजानु भएको छैन भन्ने मन्त्री पन्तको जिज्ञासामा बाटो केही खराब भएकोले लैजान नसकेको अन्सारीले बताउँदा बाटो ठीक भइसकेको छ, बनाइसकेको छु, भन्ने प्रतिक्रिया मन्त्री पन्तले दिनुभएको थियो । आगामी दिनमा टिमिटी गार्डेनमा समेत पर्यटक लैजाने अन्सारीले मन्त्री पन्त समक्ष बताउनु भएको थियो । टिमटी गार्डेन अत्यन्तै मनमोहन र रोमाञ्चक स्थान हो । सिक्किमको राम्ची क्षेत्रमा रहेको उक्त गार्डेनको प्रख्यात फिल्मी निर्देशक बन्नी प्रधानले एक समय व्यवस्थापनको जिम्मेबारी सम्हाल्नु भएको थियो ।
