घण्टाघरबाट हेर्दा

लद्दु रामले स्वीकारे गल्ति
जता मल्खु उतै लुटुपुटु हुने लद्दुराम भट्टराईले ललिता निवास जग्गा दलाली प्रकरणमा आफूले गल्ति गरेको स्वीकारेका छन् । ठूलो गल्तिचाहिँ होइन रे लद्दुरामले भन्या गल्ति पनि कहीँ सानो र ठूलो हुन्छ ? गल्ति भन्या गल्ति हो । ललिता निवास जग्गा दलाली प्रकरणमा लद्दुरामले नक्कली मोही खडा गरेर सरकारी जग्गा प्लटिङ्ग गरेर बेच्या हुन् भन्ने कुरा त तिनकै थुतुनोले अस्तिका दिन ओकली हाले नि । नक्कली मोही खडा गर्न आदेश दिने लद्दुरामलाई त्यो घरेलु मन्तरी लारायनकाजीले अहिलेसम्म किन अँठ्याउन नसकेको होला ? सुन तस्करका नाइके छोडेर भरियामात्र अँठ्याएर बडो बहादुर देखाउने लारायन काजी आदेश मान्ने, टिप्पणी उठाउनेहरुलाई अँठाएर बडो फूर्ति लाइरा’छन् । माकुनेलाई रातारात बाहिर पठाएर जोगाएझै अब लद्दुराम लाई नि व्यवस्था गर्ला जस्तो छ ।
गाउ“ गाउ“मा सिंहदरबार गलगाँडतन्त्र आउला के के न लछारपाटो लगाउँला भन्या त आम सर्वसाधारणलाई गुएँलाको फूल पो सुँघाइदियो । अब सिंहदबार गाउँ गाउँमा हुन्छ भनेर कन्दनी चुडिउन्ज्याल तिघ्रेहरुले गरेको भाषण त नेपाली जनताले बल्ल बुझ्दैछन् । सिंहदरबार छिर्नेहरुले अक्टोपसले जस्तो चारतिरबाट सोहोरेर ह्याप्स गरेजस्तो अब गाउँका स्थानीय तहमा बस्नेहरुले पनि लुट है पो भन्या रै’छ । अहिले गाउँका सिंहदरबारमा बस्नेहरुले दिन दुगुना राता चौगुना लुट्या छन् । कहिले शत प्रतिशत कर बृद्धि गरेर लुट्या छन्, कहिले फिरन्ते योजना बनाएर कुम्ल्याएका छन्, कहिले के मा डकारेका छन् । आखिरी कुम्ल्याउनु र लुट्नु त रै’छ नि गलगाँड तन्त्र । किसो हौ ?


उपचार नपाएर मर्नु पर्दैन रे
सरकारको एक जना बुख्याँचा माने स्वास्थ्ये मन्तरीले अस्तिका दिन भन्या अब कुनै पनि नेपाली नागरिकले पैसाको अभावमा उपचार नपाएर मर्र्नु पर्दैन रे । अब त झुठको पनि
पराकास्टा नै भयो गाँठे । ती बुख्याँचा मन्त्रीलाई हस्पिटलतिर पठाइदिनु पर्ने । पैसा नहुनेहरु हस्पिटलसम्म पुग्नै सक्दैनन्, पुगिहालेमा तिनले उपचार नपाएर भुईमै छट्टपट्टाएको तिन्नका टोड्के आँखाले हे¥या छन् ? दलालीहरुको अखडा सिंहदरबारमा बस्यो दुुई चार जना गुइँठे युटुबेहरुलाई बोलायो अनि भट्यायो । बस्नेत काजी त अलि गतिला होलान् भन्या त उही ड्याङका मुला पो रै’छन् । हुन त विचरा उनको के दोष ? जस्तो आँगन त्यस्तै नाँँच्न त परिहाल्यो । कि कसो काजी ?
पर्देशका बुले सांसद
हाम्रा कोही पदेशका सासदले गुन्द्रुकको झोलमा इज्जत फाल्न थालेछन् । जाबो एउटा इन्डेक्स चुल्लो समेतमा तरतर्ती र्याल चुहाएर लाइन बसेर ग्रहण गर्न थालेसी दरिद्रको हद पार भएन ? गरिब जनताले खाइ नखाई तिरेको करबाट त्यत्रो सुविधा डकारेकै छन् । जाबो एउटा इन्डेक्स चुल्होमा किन गति छाडेका होलान् ? हुन त यी सबै खाने गा’का हुन् । जे भेट्टाएपनि मजाले खाइदिन्छन् , पचाइदिन्छन् । गति नै छाड्नु परेपछि अलि गतिलै चिजमा छाड्नु नि । आजी गर्नेलाई भन्दा देख्नेलाई कुरी कुरी लागेजस्तो । चुलो खाएको थाहा पाएसी’ सबैले कुरी कुरी भनेसी’ धनकुटाकी तनवा सांसद इन्दिरा थापाले चाहिँ फिर्ता गरिछन् । अरु मुर्दाहरु हिमाल कार्की, सुनिता चौधरी, लखीकुमारी गणेश, ललिता कुमारी चौधरी, सुनिताकुमारी गुरुङ, भूमिप्रसाद  राजवंीशी, मैया श्रेष्ठ, बुद्धिकुमार राजभण्डारी, गयानन्द मण्डल, गीता रानी महतो, जयप्रकाश चौधरी, ज्ञानेन्द्र सुवेदी, डोल्मा तामाङ, इस्रायल मन्सुरी, खगेन्द्र पौड्यालले विरालाले आँची लुकाएर राखेझै राख्या छन् रे ।
ल्हारक्याल सुदन कनेक्सन लुम्बिनी विकास कोषको अध्यक्षमा ल्हारक्याल लामालाई मन्त्री सुदन किराँतले नियुक्ति गरेपछि एकथरि बुझुक्कडहरु विरोधमा हात धोएर पछि लाग्या छन् । बाख्रा बाख्राकै बथान मन पराउँछ, भेडाले भेडाकै बथान मन  पराउँछ । जाबो यति कुरा पनि कस्तो नबुझेका बुझक्कडहरुले । ल्हारक्याल जस्तो महान व्यक्तिको त्यसरी विरोध गर्नु त भएन नि । उनले बैंकको
लकरमा बन्दुक र गोली लुकाउन सक्छन्, क्विन्टलका क्विन्टल सुन बाहिर ल्याएर माउवादीका नेतालाई बाँड्न सक्छन् । उस्तै परे विरोधीहरुलाई गायव पार्दिन सक्छन् । ल्हारकालमा यस्ता खुवी भएसी अरुलाई नियुक्ति गर्ने कुरै आउँदैन । कि ल्हारक्लयाल जस्तो खुबी बनाउनु प¥यो । खुबी चाहिँ नबनाउने अनि विरोधमात्र गर्ने ?
धन्दावाल बाबुछोरा काम्रेड
पहिला पहिला त कम्युनिस्ट बिग्रिए पञ्च बन्थे । अहिले त कम्युनिस्ट बिग्रिए सुन तस्कर बन्दा रै’छन् । अब हेरम न माउवादीका ठूलै बाबु छोरा कम्रेड कृष्णबहादुर महारा र राहुल महरालाई । यी बाबु छोराले रातारात खरबपति हुने धन्दा चलाएको बर्षै भयो । आफ्नो सरकारको विरोध गर्ने अन्य दलका नेतालाई भटाभट अँठ्याएर जाक्न पर्धानमन्तरी र घरेलु मन्तरीले महरा बाबु छोरालाई कम्बल ओढाएर राख्या छन् । सुन तस्करी प्रकरणमा तस्करसँग महराले २२ पटक र उनका होनहार सुपुत्र राहुलले २३४ पटक फोन गरेपछि सुन तस्करीमा बाबु छोराको सलग्नता पुष्टि भा’छ । २५.५० किलो वाल्वाटारतिर पनि पुगेर होला बाबु छोरालाई अँठ्याउने कुरामा तै चूप मै चूप छन् । क्या गज्जब छ वा †
बेकामे मेयरको तडक भडक
पोरखाका मेयर जस्तो वेकामे त नेपालमा कोही होला ? हुन त माकुनेको पार्टीबाट मेयर भा’हुन् क्यारे । जस्तो गुरु स्तै चेला त हुन नै भए । अब हेरम न पोखराको पृथ्वीचौकबाट पृथ्वी नारायण शाहको शालिक हँटाएर बेकामे मेयरले बहादुरी देखाएछन् । पोखरेलीले तिन्का करङ्ग किन नगनेका होलान् ? अब पूर्व पश्चिम राजामार्ग, त्रिभुवन विश्व विद्यालय, एयर पोर्ट, राष्ट्र बैंक, संसद भवन सबै भत्काउनु प¥यो । त्यसपछि पोखराको गुइँठे मेयरको पहिचान के रहन्थ्यो होला ?
अन्तेमा
र्यालेकाजी र जनमति भाउजु नि तिनका वरिपरि पनि झिंगा भन्केझै भन्किने नन्दीभृंगीहरुले काँग्रेस डुबाउने भयो भन्थे हो कि क्या हो ? आफना सांसद, नेतालाई वाल्वाटारे जमिन्दारले भटाभट अँठ्याएर खोरतिर खाँद्दा नि र्याली काजी र चनमति भाउनु चुइँक्क बोल्दैनन् । हुन त र्यालेकाजी र जनमति भाउजुलाई न काँग्रेस जोगाउनु छ न कार्जेकर्ता बचाउनु छ । जताबाट फाइदोको व्यापार चल्छ त्यतै लहसिने हो । कि कसो हौ ?

तपाईको प्रतिक्रिया