मलपोत कार्यालयले आफ्नै भवनबाट सेवा दिन शुरु

धरान । धरान उपमहानगरपालिका वडा नं. १६ मा रहेको कृषि विकास बैंकको भवनमा भाडा सञ्चालन हुदै आएको मालपोत कार्यालय धरान ६ पानबारीको आफ्नै भवनबाट सञ्चालनमा आएको छ ।
दुई बर्ष अगाडि नै भवन निर्माण भइसक्दा पनि राजनीतिक दलका केही नेताहरुले जग्गा प्राप्ति तथा भवन निर्माणमा कार्यालय प्रमुखले भ्रष्टाचार भएको भन्दै नसार्न दबाब दिइरहेको अवस्थामा बुधबारबाट मालपोत कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको थियो । आफ्नै भवनबाट सेवा प्रदान गर्दा कार्यालयकोे करोडौ भाडावापतको रकम जोगिएको छ ।


२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा  धरानमा ल्याइएको थियो । त्यसबेला धरान उपमहनगरपालिकाको भवनबाट सञ्चालनमा आएको कार्यालय त्यसपछि अर्थात ६ महिना पछिदेखि धरान १६ मा रहेको कृषि विकास बैंकको घर भाडामा लिएर सञ्चालन भइरहेको थियो । सुरक्षाको संवेदनशीलता र भ्रष्टाचार भएको भन्दै संघीय लिम्बुवान राष्टिूय मञ्चले पानबारीमा आफ्नै भवन हुदाहुदै पनि सार्नको लागि अवरोध पु¥याउँदै आएको थियो । पाँनबारी गाविस धरान उपमहानगरपालिकामा समायोजन पछि वनेको ६ नं. वडा समेत धरान उपमहानगरपालिकाभित्र परे पनि केही पिछडिएको वडा थियो । मालपाते सञ्चालन भएसँगै सो वडामा चहल पहल बढेको छ । त्यहा लेखापढी सेन्टर र होटलहरु सञ्चालनमा आएका छन् । लामो समयको प्रयासपछि मालपोत कार्यालय धरान ६ पानबारीमा ल्याउन सकिएको मालपोत कार्यालयका प्रमुख चन्द्रप्रसाद मिश्रले बताउनुभयो । स्थानीयहरुले दिएको दुई÷दुई कट्ठामा मालपोत र नापी कार्यालयको भवन निर्माण भएको हो । मालपोतको भवन निर्माण भएपनि नापीको भवन बन्न अझै समय लाग्ने भएकोले नापी कार्यालयलाई पनि भवन निर्माण नहुन्जेलसम्म भाडामै राखेर भएपनि पानबारीबाट नै सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाई छ । उहाँले पार्किङको भने केही समस्या भएको बताउदै यहाँको वडाध्यक्ष लगायत स्थानीयहरुसँग सल्लाह गरेर पार्किङको सुविधालाई पनि चाडै समाधान गर्ने प्रमुख मिश्रले बताउनुभयो । मलपोत कार्यालय यहाँ सर्दा आफूहरुलाई कुनै समस्या नभएको सेवा लिएर मालपोत पुग्नु भएका धरान १५ का अमन उदासले बताउनुभयो । पानबारी पुग्ने बीच सडकमा जंगल पर्ने भएकोले सुरक्षाको चुनौति समेत रहेको भन्दै सार्नको लागि अवरोध पु¥याउँदै आएका केही राजनीतिक दल र धरान १६का स्थानीयहरुको भनाईमा तुक नभएको मालपोत कार्यलयमा सेवा लिन पुगेका सेवाग्राहीहरुले बताएका थिए । स्थानीयहरुले समेत मालपोत कार्यालय पानबारीमा आफ्नै भवनबाट सेवा प्रदान गरेकोमा खुशी व्यक्त गरेका छन् । स्थानीय कल्याणबहादुर बस्नेतले कृषि विकास बैंकको भवनभन्दा फराकिलो, आफ्नै भवनबाट सञ्चालन हुदा पहिलो दिनमै भिडभाड कम देखिएको बताउनुभयो । स्थानीयबासीहरु यहाँ मालपोत कार्यालय सर्दा अत्यन्तै हर्षित बनेको उहाँको भनाई छ । सुनसरीको इनरुवामा मा केन्द्रित मालपोत र नापीको सेवा प्रवाहलाई विकेन्द्रकृत गर्ने उद्देश्यले तत्कालीन मालपोत अधिकृत श्रवणकुमार पोख्रेलेका पहलमा धरानमा ०७१ सालमा ल्याइएको थियो । ०७१ साउन ४ गतेको मन्त्रिपरिषद्को निर्णय र मन्त्रालय अन्तर्गत प्रशासनिक समितिको सोही सालको असोज ६ गते मालपोत कार्यालय सदरमुकाम इनरुवासहित धरानमा समेत राख्ने निर्णय भएको थियो । त्यसबेला धरान उपमहानगरपालिका, विष्णुपादुका गाविस, हाँसपोसा गाविस र बराहक्षेत्र गाविसलाई समेट्ने गरी कार्य सम्पादन गर्ने भनिए पनि तत्कालीन हासपोसा गाविस र अहिले इटहरी उपमहानगरपालका २०का सर्वसाधारणले भने इनरुवाबाटै सेवा लिइरहेका छन् । मालपोत कार्यालयका तत्कालीन प्रमुख भीमप्रसाद गौतम तथा नापी कार्यालयका तत्कालीन प्रमुख कृष्णप्रसाद न्यौपानेले सो क्षेत्रमा एक(एक कट्ठा जमिन लाभ लिएको भन्दै लिम्बुवान मञ्चले विरोध जनाएको तथा कोरोना संक्रमणका कारण पनि मालपोत आफ्नै भवनमा सर्न सकेको थिएन । यो भवन आर्शिवाद आशिषमान जेवीले ०७१ वैसाख १९ गतेदेबाट शुरु भएको र ०७८ असार मसन्तमा सम्पनन भएको हो । ४ करोडको लागतमा ठेक्का दिएको भएपनि यो भवन २ करोड ८० लाखमा निर्माण सम्पन्न भएको थियो । उही प्रकृतिको नापी कार्यालय भने अझै निर्मण सम्पनन भइसकेको छैन । यही आर्थिक बर्षको अषाढ मसान्तभित्रमा नापी कार्यालय पनि आफ्नै भवनमा सर्ने उद्देश्यका धमाधम निर्माण कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया