संगीत दिवसमा खानेपानीकै चर्चा

धरान । धरान संगीत प्रतिष्ठानले धरानमा विश्व संगीत दिवस भव्यताका साथ मनायो । धरान १५ चुम्लुङहिममा आयोजित कार्यक्रममा सांगीतिक माहौलका बीचमा धरानको खानेपानी समस्याको चर्चा समेत भएको थियो । धरान संगीत प्रतिष्ठान १० बर्ष पुगेका अवसर तथा विश्व संगीतको अवसरमा धरान १५ चुम्लुङ हिम भवनमा सांगीगित कार्यक्रम भयो । कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ,
धरानबाट गायनकर्मका लागेर  राष्ट्रिय स्तरमा चर्चा परिचर्चा कमाएका गायक दिप श्रेष्ठ, लोचन भट्टराई लगायत स्थानीय गायक गायिका, बुद्धिजीविहरुको उल्लेख्य उपस्थिति रहेका थिए । २०७० सालमा स्थानीय गायक एवम राजनीतिककर्मी अजय राईको परिकल्पना अनुसार स्थानीय स्तरमा कला र संगीतको जगेर्ना गर्ने उद्देश्यले गठन भएको प्रतिष्ठानले आयोजना गरेको सांगीतिक माहोलमा धरानको खानेपानीको चर्चा चलेको थियो ।


प्रतिष्ठानका अध्यक्ष रमेश  राईले सांगीतको प्रवद्र्धनसँगै स्थानीय स्तरमा गीत संगीतमार्फत राष्टूलाई झक्क्याउने काम प्रतिष्ठानले गरेको बताउनुभयो । धरानको खानेपानी समस्याकै कारण धरानमा
आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन नसकेको तर्क राख्दै मेयर साम्पाङले खानेपानी समस्या समाधानमा गरेको योगदानको प्रशंसा गर्नुभयो । प्रतिष्ठानलाई चलायमान बनाउन विस्तारै भवन गर्ने उद्देश्य रहेको बताउदै यसमा प्रदेश र स्थानीय सरकारको खाँचो रहेको बताउनुभयो । नेपालकी गायिका लोचन भट्टराईले धरानमा गरेका संघर्षको कथा सुनाउदै मेयर हर्क साम्पाङले चलाएको श्रम अभियानमा आफू सरिक हुन नपाएको भन्दै गुनासो पोख्नुभयो । सो अवसरमा मेयर हर्क साम्पाङले धरान संगीत प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय गीतले ओतपोत गीत प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा प्रतिष्ठानका सदस्यहरु त्था गायक दिप श्रेष्ठ र लोचन भट्टराईले कालजयी गीतहरु पस्किदा चुम्लुङहिममा सांगीतिक माहोल तातिएको थियो । सो अवसरमा प्रतिष्ठानले प्रतिष्ठानका संरक्षण, सल्लाहकार र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा मेयर साम्पाङसहित सबैले नाचेर माहौललाई अझै रोमान्चित बनाएका थिए ।

तपाईको प्रतिक्रिया