भारत–चीन जोड्न् पूर्वी पहाडको लाइफ लाइन खाँदबारी किमाथांका सडकको ट्रयाक र स्तरोन्नतिको काम आगामी दुई बर्षभित्रमा पूरा हुँदै

सखुवासभा (खाँदबारी) । बहुचर्चित र राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भारत र चीन जोड्ने पूर्वी पहाडको लाइफलाइन खाँदबारी किमाथांका सडकको ट्रयाक र स्तरोन्नतिको काम आगामी दुई बर्षभित्र पूरा हुने भएको छ । कोशी राजमार्ग अन्तर्गतको जोगवनी देखि संखुुवासभाको खाँदबारीसम्मको १५५ किमी सडक केही बर्ष अगाडि नै कालोपत्रे भइसकेको छ भने खाँदबारीदेखि चीनसँग सीमाना जोडिएको किमाथांकासम्मको १६२ किमी सडकको च्याम्ताङ–थुम्सुर–घोङगोप्पा बीचको १०.५ किमी मध्ये हालसम्म ६५०० मिटर सडकको ट्रयाक खुलेसँगै धमाधम स्तरोन्नतिको काम भइरहेको छ ।
अत्यन्तै कडा चट्टाने भीर रहेको उक्त सडक खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाले उक्त सडक खण्डको ट्रयाकको काम २०७७ फागुन २ गतेदेखि शुरु गरेको हो । प्रारम्भमा नेपाली सेनाले च्याम्ताङ र थुम्सुरमा क्याम्प राखी विस्फोट गरेर ट्रयाक खोल्ने कामलाई अगाडि बढाएको थियो भने हाल एकातिरबाट मात्र ट्रयाक खोल्ने काम भइरहेको स्थानीयले बताएका छन् । भोटखोला गाउँपालिकाका एक जनप्रतिनिधिले दिएको जानकारी अनुसार नेपाली सेनाले केन्द्रबाट दिएको योजनामा बार्षिक लक्ष्य अनुसार काम गरेको छ । उहाँले भन्नुभयो आर्थिक बर्ष २०७७÷ ०७८ मा ५ सय मिटर नयाँ ट्रयाक खुलेको थियो । यसैगरी आर्थिक बर्ष २०७८÷०७९ मा २.५ किमी नयाँ ट्रयाक खुल्यो भने अघिल्लो बर्ष खुलेको ५ सय मिटर ट्रयाकको स्तरोन्नति गर्ने काम सम्पन्न भयो । यसैगरी आर्थिक बर्ष २०७९÷०८० मा ३.५ किमी सडकको नयाँ ट्रयाक खोलेसँगै अघिल्लो बर्ष खुलेको २.५ किमी सडकको ट्रयाकको स्तरोन्नति तथा विस्तारको काम भएको थियो । बार्षिक लक्ष्य अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा दुई किमी सडकको नयाँ ट्रयाक खेल्ने र ३ किमी सडकको स्तरोन्नति तथा विस्तार गर्ने लक्ष्य देखिएको ती जनप्रतिनिधिले बताए । स्रोतले दिएको जानकारी अनुसार बाँकी रहेको २ किमी सडकको ट्रयाक आर्थिक बर्ष २०८१÷०८२ मा सम्पन्न गर्ने र स्तरोन्नति तथा विस्तार गर्ने देखिएको समेत उहाँले बताउनुभयो ।


च्याम्ताङ–थुम्सुर–घोङगोप्पा सडकको १०.५ किमी मध्ये पूर्ण रुपमा ट्रयाक खुल्न अब ४ किमी रहेको स्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार सडकको ट्रयाक खोल्न र स्तरोन्नति तथा विस्तार गर्न बजेटले समेत प्रभाव पारेको  छ । चाुल आर्थिक बर्षमा २० करोड विनियोजन गरेकोमा आगामी आर्थिक बर्षका लागि १० करोड मात्र विनियोजन गरिएको छ । सरकारले अन्यत्र खर्च हुन नसकेको बजेट उक्त सडक खण्डको ट्रयाक खोल्न थप गरिदिएमा कामले थप गति लिने बताइएको छ । यसो भएमा ट्रयाक खुल्न बाँकी रहेको ४ किमी लक्ष्य भन्दा अगाडि नै पूरा हुन सक्ने स्रोतले जानकारी दिएको छ । स्थानीय जनप्रतिनिधिका अनुसार माथिबाटै बार्षिक हिसाबले योजना पेश गरिएको हुँदो रहेछ । योजना स्वीकृत भए अनुसार नै काम हुने हो । यद्यपि अहिले काम गर्ने सवालमा कुनै प्रकारको बाधा, व्यावधान वा समस्या केही छैन । यदाकदा मौसमले भने काममा प्रभाव पार्ने गरेको छ । नेपाली सेनाले पनि मौसमले प्रभावित गर्नुभन्दा अगाडि नै काम कम्पिलट गर्ने गरेको उहाँले सुनाउनुभयो । यसभन्दा अगाडि सरदर भन्दा ज्यादा बर्षा भएका कारण पनि काममा केही प्रभाव परेको थियो । यद्यपि लक्ष्य बमोजिमको समय बाँकी छ । नेपाली सेनासँग इक्युपमेन्टको कुनै कमी छैन । आवश्यक परेको अवस्थामा माथिबाट पनि हेलिकोप्टरबाट सहयोग भइरहेको ती जनप्रतिनिधिले सुनाए । सडकको ट्रयाक खुलेसँगै नेपाली सेनाले ९ मिटर चौडा सडकको स्तरोन्नति समेत गर्ने गरेको छ । स्तरोन्नतिका लागि माथिबाट दिइएको योजना ९ मिटर नै हो । हालसमम २५०० मिटर सडक ९ मिटर चौडाको पूरा भइसकेको स्थानीयले जानकारी दिए । यहाँ स्मरणीय कुरा के छ भने खाँदबारी किमाथांका सडकको च्याम्ताङ–थुम्सुङ–घोङगोप्पा सडकको १०.५ किमी भन्दा अगाडि र पछाडि अन्य निर्माण कम्पनीहरुले सडकको ट्रयाक खोल्ने काम गरेका थिए । खासगरी गोला, सिम्बुङ, हुङगुङ जस्ता स्थानमा सडकको अवस्था अत्यन्तै दयनीय रहेको छ । हिजोआज ती स्थानमा ट्याक्टर समेत आउजाउ गर्न सक्दैनन् । गोला भन्दा माथि सिम्बुङ भन्ने ठाउँमा छ जुन भोटखोला गाउँपालिकामा वडा नं. ४ मा भोटखाला वडा नं. ३ हुङगुङ भन्ने ठाउँमा सडकको ट्रयाक समेत अत्यन्तै साँघुरो रहेको कारण ट्याक्टर समेत छिर्न सक्ने अवस्था छैन । सडकको ट्रयाक खोल्नका लागि नेपाली सेनाले मौसम प्रतिकूल हुनुभन्दा अगावै सामानहरु ट्रान्सपोर्ट गर्ने गरेको छ , अर्का एक स्थानीयले बताए । उनले भने यसो नगरे अर्को आवमा काम गर्न गाह हुन्छ ।
सडकको ट्रयाक खाल्ने काममा हाल १५० जना रहेका छन् । सेनाले सुरक्षा गर्ने, विस्फोट गराउने काम गरेको छ ।

तपाईको प्रतिक्रिया