फोहोर सफा पहिला आफैबाट गर्दा वेस

दलीय हैसियतमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको  सरकार स्टण्ड गरेर आफ्नो आयु लम्ब्याउने एक सुत्रीय योजना केन्द्रित छ ।
पहिलो पटक वहुचर्चित घटनाको रुपमा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई आवश्यक भन्दा बढी उछालेर वर्तमान सरकार आम नागरिकको ध्यान अन्यत्र मोड्न उद्यत रहेको प्रष्ट हुन्छ । भुटानी शरणार्थी प्रमाणिकरण प्रकरणमा सत्ता र शक्तिको उन्मादनमा झण्डै ६ सय ७५ नेपालीलाई भुटानी बनाई अमेरिका लगायत तेस्रो देश पलायनको डिजाइन अब कुनै दलसँग मात्र सीमित रहेन ।
प्रारम्भमा एमालेका केही उपल्लो स्तरका नेता, त्यसपछि नेपाली काँग्रेस हुँदै अब माओवादी र अन्य दलभित्र समेत प्रवेश गरेको छ । लाखौ रुपैया तिरेर नेपाली युवाहरु भुटानी शरणार्थी बन्न किन आतुर भए ? राज्यले यसमा कहिल्यै मन्थन गरेको पाइएन र गर्दैन पनि । युवाहरु सहजै अपाm्नो देशको नागरिकता त्याग्न तयार हुनुले के कुराको संकेत गर्छ ? यसतर्फ निकम्बा र नालायक सरकारले कहिल्यै सोच्ने फुर्सद समेत देखाएन । राष्ट्र, राष्ट्रियता हरेकका लागि प्यारो हुन्छ । त्यसका लागि उसले जस्तोसुकै त्याग गर्न पनि तयार हुन्छ । तर आज युवाहरु सहजै आफ्नो देशको नागरिकता त्याग्न लाखौ खर्च गर्न तयार हुनु शुभसंकेत पक्कै होइन । वास्तवमै भन्ने हो भने नेपालका लागि लोकतन्त्र र गणतन्त्र अभिषाप नै भएको छ । भुटानी शरणार्थी भएर तेस्रो मुलुक पलायन हुने चाहना पक्कै पनि हुँदैन । यही प्रकरणमा लखौ रकम लिएको भन्दै सत्ता पक्षले अर्को दलको केही प्रभावशाली नेतालाई पक्राउ गर्ने, वारेन्ट जारी गर्ने, मानमर्दन गर्ने काम भइरहेको छ। यो पक्कै पनि राम्रो होइन । यसमा भित्री रुपमा सबै राजनैतिक दलको संलग्नता रहेको पाइन्छ । पछिल्लो समय पूर्व गहृमन्त्री तथा नेपाली काँग्रेसका शेरबहादुर देउवा निकटका नेता बालकृष्ण खाँण समेत मुछिन पुगेका छन् । बालकृष्ण खाँणका सिधा सम्बन्ध आरजुसँग नहुने कुरै भएन । खाँण मुछिएपछि आरजु राणाले नक्कली भुटानी शरणार्थी  प्रकरण बन्द गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरिसकेकी छन् । अन्यथा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुको रहस्य आफैमा थप रहस्यमय हो । यतिमात्र होइन आरजुलाई समेत पूर्व गृहमन्त्री खाँण मार्फत २ करोड नजराना पुगेको भन्ने चर्चाले राजनैतिक वृत्त थप गर्माएको छ । विगतमा क्यान्टोमेन्टमा भएको अरबौ घोटालाको जुन फाइल आज पनि अख्तियारदेखि अन्य स्थानमा सुरक्षित  रहेको छ त्यसलाई अब खोल्नु पर्दैन ? आफू विरुद्ध बोल्नेलाई चेतावनी दिने तर अरुका विरुद्धमा यो त ट्रेलरमात्र हो फिल्म चल्न त बाँकी नै छ भन्नुले राजनैतिक प्रतिशोध मात्र भएको पुष्टि हुन्छ । अत ः फोहोरको सुद्धिकरण पहिला आफैँबाट शुरु गर्दा बेश हुने थियो ।

तपाईको प्रतिक्रिया