ग्याँस चुलो र सिलिण्डर वितरण सम्बन्धी सम्झौतामा हस्ताक्षर

राजधानी । नेपालस्थित भारतीय राजदुतावास काठमाण्डौ र महोत्तरी स्थित सुशिला ठाकुर मेमोरियल हेल्थ फाउन्डेशनबीच वैसाख २१ गते महोत्तरी जिल्लामा ग्याँस चुल्हो र सिलिण्डर वितरण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भारत विकास सहकार्य अन्तर्गत ५० लाख रुपैयाँको आर्थिक सहयोगमा उक्त परियोजना विपन्न र सीमान्तकृत परिवारका लागि रहने जनाइएको छ । उक्त परियोजनाले नेपालको मधेश प्रेशको महोत्तरी नगरपालिका वडा नं. ५ का आठ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई ग्याँस सिलिण्डर र चुल्हो वितरण गरिने भएको छ ।


यसै प्रकारको परियोजना यस भन्दा अगाडि मधेश प्रदेशको सप्तरी जिल्लामा समेत सञ्चालन भएको थियो । परियोजना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उज्वला परियोजनाबाट प्रेरित रहेको भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । उक्त परियोजनाको उद्देश्य खाना पकाउने इन्धन जस्तै ग्रामीण र बञ्चित परिवारलाई उपलब्ध गराउने. रहेको छ । सन् २००३ देखि भारतले नेपालमा ५३५ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु मध्ये ४७८ वटा पूरा गरिसकेको छ । जसमध्ये महोत्तरी जिल्लामा ६ वटा परियोजनासहित मधेशमा ८१ वटा आयोजनाहरु रहेका छन् । यी बाहेक महोत्तरी जिल्लाका विभिन्न सामुदायिक असपताल र स्वास्थ्य चौकीहरुलाई भारत सरकारले २३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।
त्र

तपाईको प्रतिक्रिया